यूरोप ध्वस्त पारेपछि यूरोशियन एशियामा

द्वारा प्रकाशित गरिएको हो |
March 2nd, 2021
अनुमानित पढ्ने समय : 6 मिनेट
फाईल तस्विर

गत अंकको बाँकी अंश

जी दिलुङ्छा

५००० वर्ष पहिला पाषाणयुगमा युरोपमा यस्तो समुदाय बसोबास गर्थे जो स्टोनहेन्ज जस्तो विशाल स्मारक बनाउने मानिसहरु थिए, उनीहरु एकअर्कामा आदर–सत्कार गर्थे तथा मिलिजुली स्टोनहेन्ज जस्तो स्मारक बनाउन उनीहरु मन पराउने । “सामुहिक जिन्दगी बिताउन चाहाने मानिसहरु थिए ।” क्रिस्तियनसेनले यसो भन्थे र उनीहरुको पुर्खाैली सम्पत्ति ठुलठुलो ढुंगाको स्मारकहरु जस्ताको त्यस्तै राखिएको छ र ती स्मारकहरु उनीहरुको कब्रस्तानको रुपमा आज पनि यथास्थितिमा छ । केही कब्रमा त २०० भन्दा ज्यादा मानिसहरु दफनाइएको छ ।
उनीहरु स्वभावैले अन्वेषक पनि थिए । जनावरहरुको प्राचीन हड्डिहरुको नमुना हेर्दा भएको पाल्तु जनावरहरुको उपयोग कसरी गर्ने भन्ने ज्ञान थियो, एवं त्यो जनावरहरुको सहायताले गह्रौ चिजहरु कसरी उठाउने र लाने ल्याउने कसरी गर्ने भन्ने पुरा ज्ञान थियो । हुन सक्छ, उनीहरुको साथमा पहियावाला गाडी पनि थियो र यातायातको लागि प्रारम्भिक खालको बाटो पनि बनाएका थिए । उनीहरु एकट्ठा भएर बस्नको लागि ठूलो समुदाय रहन्थे । क्रिस्तियनको अनुसार “ठूलाठूला बस्ती९ःभनब क्भततझिभलत०” जहाँ करिब १५००० जना सम्मको मानिसहरु एउटै बस्तीमा बस्ने गर्थे ।
अर्काे शब्दमा भन्दा प्राचीन पाष्ण युगिन युरोपियनहरु सामुहिक जिन्दगी चलाउथे र विकसित तथा शान्तिप्रिय थिए । पछि स्टेप समुदायको आक्रम

णले गर्दा सबै कुरा बद्लियो ।
पाच हजार वर्ष पहिला दक्षिण पूर्व युरोपको हिस्सा युक्रेन तथा पश्चिमको हंगेरी यी दुई देशबिचमा नयाँ तरिकाले शवहरु गाड्ने परम्परा सुरु भएको होकी जस्तो लाग्दछ । शवहरुको सामुहिक रुपमा गाड्नुको सट्टा प्रत्येक मृत व्यक्तिको बेग्लाबेग्लै गाड्ने परम्परा सुरु भएको थियो । यसलाई पुरातात्विक भाषामा “खाडलको कब्र” भनियो । मृत व्यक्तिको रातो रंगको पाउडरले रंगाइन्थ्यो र कब्रलाई काठको तखताले ढाकिथ्यो । कब्रको माथि केही उच्चो माटोको ढिस्को बनाइन्थ्यो । जसलाई ‘कुरगान’ भनिथ्यो । यसै प्रकारले मृत व्यक्तिको गाड्ने परम्परा ‘स्टेप’ समुदायद्वारा विकसित भएको थियो जुन खासगरी यामनयाहरुले सुरु गरेका थिए । फिनल्याण्डको “युनिभरर्सिटी आफ हेलन्सकी” को पुरातत्वविद् “होलकर हेयड”ले भन्थे की युरोपको अतिप्राचीन इतिहासको दुखद घटना थियो, जसले पुरा युरोपको सामाजिक रुपनै सबै बदल दियो ।
त्यसपछि बदलीएको कार्यले सबै चिज तहशनहश भएर गयो । केही दशक पछि यामनयाहरुको समान सक्रियताले तथा उनीहरुले उपयोग गरेको चिजहरु ४९०० साल पहिले या आसपास तमामा युरोप खण्डमा देखा पर्न थालेको थियो । त्यसपछि ‘कार्डाैड वेअर पिपल’(काठ तथा धातुमा नक्सा बनाउने)को मध्इ तथा उत्तर युरोपमा देखा पर्न थालेका थिए । जसले भाडाकुडा डोरीद्वारा नक्सा भर्ने परम्परा सुरु गरेर यामनयाहरुले समान सक्रियता देखाउन प्रारम्भ गरे । अब यस्तो सवाल पैदा भयो की, यामनयाहरुको रितिरिवाज यति ठुलो प्रदेशमा कसरी यति चाँडो फैसन थाल्यो ?
केही साल पहिले धेरै पुरातत्वविद्हरुको एउटा राय थियो की कल्पना विकास भएर प्रसार हुन्छ । जस्तो की १९९० को अन्तिम र २००० को सुरुमा नोकीया मोबाइलले पुरा युरोपको प्रभावमा पारेको थियो । सन् २०१५ मा अनुवंशशास्त्रिहरुले एउटा वैकल्पिक विचार तयार पारे । हावर्ड मेडिकल कलेजबाट डेभिड रिच र युनिभर्सिटी अफ कोपेनहेगेनको इस्के क्लिरस्लेभ दुई जनाको नेतृत्वमा स्वतन्त्र रुपमा काम गर्नको लागि शास्त्रीहरुको दुई दल बनाएर अनुसन्धान गर्न सुरु गरे की, जर्मनीको प्राचीन कब्रमा गाडिएको जनैधारीहरुको तीन चौथाई मृत मानिसहरुमा यामनयाहरुको आनुवांशिकता प्राप्त भयो । यसको मतलब यो हो की तागाधारीहरु केवल यामनयाहरुका अनुशरण गर्ने मात्र होइन खासगरी उनीहरु त स्वयं यामनयाँहरुको उत्तराधिकारी थिए ।
विमारी, जंग एवं मौतको ताण्डव
युरोशियन स्टेप समान समतल प्रदेशबाट दक्षिण–पूर्व तीरको युरोप समाज जंगली प्रदेशमा यामनयाहरु गए होलान यसको लागि उनीहरुलाई भरोसा नहुँदा त्यो भन्दा पनि ज्यादा घनाजंगलको मध्य तथा उत्तर युरोप जस्तो प्रदेशमा अगाडि बढ्दै जाँदा त्यो पनि उनीहरुलाई उपयोग विहिन भैरहेको थियो । तर अनुसन्धानबाट यस्तो सावित हुन्छ की, यस्तो घना जंगली प्रदेशमा पसेर यामनयाहरुले स्थानीय निवासीहरुको त्यहाँबाट खेदेर जंगली जीवनशैलीको बानी नपरेको भएता पनि स्थानीय निवासीहरुलाई खेदेर यो सबै केही पीढीसम्म गरे । यस्तो तेज रफ्तारमा यामनयाहरुले आफ्नो अतिक्रमणमा कसरी सफल भए यस बारेम ाहेयड आजसम्म सोची रहेका छन् । तर क्रिस्तियनसेनलाई विश्वास थियो की, यसको खुलासा गर्न सकिन्छ र उनको अनुसन्धानको स्वरुप विमारी, जंग तथा मृत्युको ताण्डव माथि निर्धारित छ ।
विचार गर्नुपर्ने कुरा यस्तो छ, यामनायाहरु आउन भन्दा पहिला पुरापाषाण युगको युरोप प्रदेश पनि संकटको स्थितिसाँ जुधिरहेको थियो । त्यहाँको खेतिपातीको कामको जानकारी पुरातात्विक खोजमा प्राप्त भएको पाए । कोशको अध्ययनबाट यस्तो निष्कर्ष निस्कियो की ५३०० साल पहिले उत्तर तथा मध्य युरोपको जनसंख्या घटिरहेको थियो । सन्२०१८ दिसम्बरमा क्रिस्तियन सेन तथा उनको अनवांशिकीविद सहकर्मीले एउटा स्पष्टिकरण दिए की, हालको स्वीडेनमा ५००० साल पहिला पुरापाषाण युगको समुदायको दाँतहरुको अध्ययन गर्दा त्यहाँ ‘महामारीको जीवाणु’(प्लेग ब्याक्टेरीया) पाइयो जुन ब्लाक डेथ(काला ज्वरो)विरामीको पहिलो स्वरुप थियो । अझ ज्यादा विश्लेषण गर्दा पत्ता लाग्यो की ५७०० वर्ष पहिले नै युरोपमा प्लेग रोग फैलिएको थियो ।
दक्षिण पूर्व युरोपको निवासीहरुको संख्या बढेपछि फेरी संख्यामा कमी आउँदा कुनै हैरान हुने विषय होइन भनेर क्रिश्तियनसेनले भन्ने गर्थे । वस्तिमा मिलीजुली बस्ने, ज्यादा भीडभाड बनाएर र अस्वस्थकर ढंगले जनावरसँग् रहनाले यस्तो संसर्गबाट प्लेग रोग फैलन काफी
थियो । त्यहाँबाट मध्य तथा उत्तर युरोपसँग् सम्र्पक गर्न त्यहाँको निवासीहरुले गाडी तथा सडक बनाएका थिए जसले गर्दा सजिलै प्लेग रोग फैलिएको आकलन गरिएको छ । ५७०० वर्ष पछाडि प्लेग विमारीहरु वस्तिमा आगो लगाएर ठाउँ छोडेर अन्त जान्थे । यो कुरा क्रिस्तियनसेन भन्ने गर्थे, त्यसैले त्यो ठाउँ बिमारी तथा मृत्युको केन्द्र भयो होला र यसै पिडाले गर्दा ५४०० साल पहिले तिनीहरुले त्यो प्रदेश छोडेर हिडेका थिए । भनेर क्रिस्तियनसेनको भनाई थियो । उनको मतलब यो थियो की केही समयपछि जब यामनाहरु युरोपमा आएका थिए तब उनीहरुको सामुन्ने मूलनिवासीहरुको जनसंख्या ज्यादै कमी र शक्तिमा ज्यादै दुर्बल थिए त्यसैले यामनयाहरुको विरुद्धमा प्रतिरोध गर्न सक्षम भएनन् । क्रिस्तियनसेनको भनाइमा यसको अर्थ यो होइन की, यामनयाहरु यसरै फैलिएर युरोपियनहरुसँग मिलेर “तागाधारी” हरुको निर्माण गरे । यति धेरै मात्रामा यामनयाहरुको बढोत्तरी भयो यो त केवल उनीहरुको परिवर्तनशील तथा आक्रामक स्वभावले गर्दा भएको थियो । आक्रमणकारीहरु युुवा पुरुष हुन्थे र उनीहरु घोडामा सवार भएर नयाँ प्रदेशमा जान्थे र पछिसम्म पनि उनीहरुको महिलाहरु आक्रमणमा सामेल हुँदैन थिए ।
सन् २०१७ मा एक विवादस्त अनुवांशिक अनुसन्धान स्पष्ट व्यक्त भयो । त्यस समयको कंकालको डिएनए अनुसन्धानले स्पष्ट भयो की वहाँ आएका यामनया समूहमा एक महिलाको तुलनामा पुरुषको संख्या ५ देखि १४ जनासम्म थियो । पुरातात्विक सवुतले यही सावित हुन्छ की, त्यस आक्रमणमा ज्यादा भन्दा ज्यादा पुरुषको संख्या धेरैभन्दा धेरै थियो । उदाहरणको लागि उत्तरपश्चिम डेनमार्कदेखि दक्षिण पूर्व झेंक रिपब्लिकन पर्वतसम्म फैलिएको प्रदेशमा उत्खनन गर्दा पुरुषहरुको कब्रहरु एकसमान थियो तर महिलाहरुको कब्रहरु स्थानीय परम्परा कै मुताविक थियो । यो अनुसन्धान यो कल्पनासँग् मेल खान्छ की, पुरुष तथा उसको वंशज पुत्रले आफ्नो पिताको स्टेप प्रदेशको परम्परा अनुसार पुरा गर्थे तर महिलाहरु स्थानीय हुनाले उनीहरुलाई स्थानीय परम्परा अनुसार गरिवर्तन पाइएको छ ।
“कूल मिलाएर अध्ययन गर्दा यति चाँडो बद्लीनुमा यो सावित हुन्छ की यामनयाहरु स्वभावैले आक्रामक थिए ।”
क्रिस्तियनसेनको अनुसार बसाई आएका यामनयाहरु आत्राmमक थिए यसैले युरोपियनहरुले उनीहरुको आक्रमणको विरो गरे होलान् । यसको प्रमाण जर्मनीको युलाउ भन्ने स्थानमा तागाधारीहरुको कब्रस्थानमा उत्खनन गर्दा साधारण प्रकारको कब्र प्राप्त भयो र प्रत्येक कब्रमा दुई देखि चार ओटा शव पाइयो । तर उक्त कब्रमा केवल महिला र साना बालकहरुको शब थियो । ती महिलाहरुको दाँतहरुको आयसोटोप परिक्षणबाट थाहा भयो की, ती महिलाहरु स्थानीय प्रदेशका थिएनन्, वास्तवमा उनीहरु मध्यमा १३ मध्यमा ५ शवहरुमा
हिंसा । चोटको निशान पाइयो । क्रिस्तियनसेनले यसको अर्थ लगाए की, बसाई आएका यामनयाहरुले महिला माथि निर्दयीपूर्वक हमला गरेर उनीहरुलाई मारे होलान् । उस स्थानमा पुरुषहरुको लास पाइएन त्यसको अर्थ पुरुषहरु आफ्ना जनावरहरु चराउन बाहिर गएको मौका थियो होला र त्यस बखत यामनयाँहरुले स्थानी महिलाहरु माथि हमला गरे र कोही महिलाको हत्या गरियो भने कोही महिलाहरु भागे होलान् र कोही महिलाहरु उनीहरुले कब्जा गरे तर पछि छुटाएको हुनसक्छ भनेर क्रिस्तियनसेनको अनुमान छ ।
क्रिस्तियनसेन पनि ती शवहरुको अनुसन्धानमा सामेल थिए र आस्टियो आर्कियोलोजिकल रिसर्च सेन्टर, जर्मनीमा बोल्दै उनले भने की, नवपाषण युगीन युरोपमा धेरै यस्तो नरसंहार पुरा युरोपमा तत्कालसम्म कहि भएको थिएन । र पनि उक्त उदाहरणले यही सावित गर्छ की ५००० वर्ष पहिला युरोपमा हिंसाचार धेरै हुन्थ्यो । यस्तै प्रकारले अन्य प्राप्त सवुतहरुले पनि यही सावित गर्छ । “युरोपको उत्खनन्बाट प्राप्त कंकालहरुको खोपडीमा धेरैमात्रामा प्वाल पारेको पाइयो । यसलाई क्रिस्तियनसेनले प्रकाश पारेकी, टाउकोमा धेरै मात्रामा चोट भएको हुनाले उपचारको क्रममा त्यहाँको चिकित्सकहरुले ती घाइतेहरुको टाउकोमा प्वाल पारेको हुन सक्छ । यामनयाहरु धेरै मात्रामा आउनाले उत्पन्न भएको हिसंसाको प्रतिक ‘उलाउ’ हो भने वहाँ भएको सम्पूर्ण आक्रमण तथा त्यसले उत्पन्न गरेको हिंसाको प्रतिक हुन सक्दैन । यामनयाहरु जनसंख्या उत्पादनमा स्थानीय भन्दा धेरै अगाडि थिए त्यसैले उनीहरुले स्थानीयसँगको मेलमिलापमा चाडै तागाधारीहरुको संख्यामा वृद्धि र बढोत्तरी गर्न सके होलान् भनेर क्रिस्तियनसेन अनुमान लगाउँछन् ।
यसको पछाडि दुई कारण हुन सक्छ, केही पुरातत्वविदहरु भन्छन् यामनयाहरु घुडसवारीमा निपुण थिए । युरोशिया स्टेप उनीहरुको मूल थलो छाड्न भन्दा पहिला उनीहरु मध्यमा केही यामनयाहरु बन्चरोको प्रयोग गर्न निपुणता हासिल गरेका थिए । स्टेप प्रदेशको विषयमा वर्णन गरे अनुसार प्राचीन ठुलठुला खडा ढुंगामा हातमा बन्चरो लिएको सिपाहीको चित्र कोरीएको पाउँछौ । प्राचीन डिएनए अनुसार उनीहरु निकै अग्लो र उनीहरुको दैनिक खाना पोषणयुक्त थियो होला ।” उनीहरु ज्यादा मात्रामा मटन र दुध खान्थे” “यिनीहरु बहुत सेहतमन्द र तन्दुरुस्त तथा शारीरिक हृष्टपुष्ट थिए ।” क्रिस्तियनसेनको भनाई हो यो ।
एउटा प्रश्न खडा गरि लडाकू युवा यामनयाहरुले युरोप प्रदेश माथि आक्रमण गरेका थिए यस कुरामा हेयड सहमत छन् तर केही स्थानमा उत्खनन गरेपछि उजागर भएको उनको भनाई रह्यो । यति कम उदाहरणको आधारमा यामनयाहरु हिंसा मार्फत सबैतिर फैलिए और पछि गएर उनीहरुको तागाधारीहरुको उत्पन्न गरे भन्ने सकिदैन । यो हेयडको भनाइ थियो ।
तर पुरातत्वविद्हरुले डिएनए अनुसन्धानको आधारमा स्पष्ट पारिएको नयाँ निष्कर्षको मान्य बनाइयो । नर्वेको अस्लो युनिभर्सिटीको ‘मार्टिन फुरहोल्ट’ले एउटा प्रश्न उब्जाई दिए की, अनुवांशशास्त्री(जेनेसिस्ट) युरोपको अतिप्राचीन इतिहास दक्षिण पूर्वको यामनयाहरु, उत्तरपश्चिमको तागधारीहरु ठुलठुलो गुटमा विभाजित हुन्थे तर दुवै गुटहरुमा एकै प्राचीन मूल आनुवांशिकता प्राप्त भयो भनेर मार्टिन फुरहोल्टले भनेका छन् । र नश्ल पिताबाट प्राप्त आनुवांशिकताबाट तयार हुन्छ र पहिचानबाट संस्कृति तयार हुन्छ । “आनुवांशिकशास्त्रहरु नश्लको ध्यान दिन्छ, पुरातत्वविद् पहिचानतिर ध्यान दिन्छ ।” भनेर हेयड भन्ने गर्छन् ।
सन्दर्भः कोलीन वारास विदेशी ब्राह्मणकी मातृभूमि युरेशिया

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार