यूरोप ध्वस्त पारेपछि यूरोशियन एशियामा

द्वारा प्रकाशित गरिएको हो |
February 22nd, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

-जी दिलुङ्छा

पाँच हजार वर्षयता यामनया वंशको समुदायले हिंस्रक आक्रमण गरेर युरोप नष्ट गरेको प्रमाण छ । यसको जानकारी आनुवांशिक अनुसन्धानको रिपोर्टले विश्वभर खुलासा भएको छ ।
स्टोनहेन्जको विशाल स्मारक, ठूल्ठूलो ढुंगाले करिब चार हजार पाँच सय वर्ष पहिला बनाइएको थियो । उस स्मारकहरुको स्थापना आजसम्म विवादग्रस्त भएर पनि आज हाम्रो सामुन्ने आनुवांशिक अनुसन्धानले गर्दा थाहा भैसक्यो की त्यो ठाउँ केवल केही समयमा नै नष्ट भए पछि त्यहाँका निवासीहरुको लागि स्मारकको रुपमा बाँकी रह्यो त्यसपछि इंग्ल्याण्डको दक्षिण किनाराबाट स्कटल्याण्डको उत्तर–पूर्व किनारा सम्मको प्रदेशको प्रत्येक ब्रिटिशहरु बाहिरबाट आएको आक्रमणकारीहरुले हत्या गरे । ती मानिसहरु यति छिट्टै कसरी नष्ट भए यो आजसम्म कसैले भेउ पाउन सकेको छैन, तर उनीहरुलाई मारेर उनीहरुको स्थान खोस्ने समुदायहरुको जानकारी अहिले उजागर भैरहेको
छ ।
त्यहाँ आक्रमण गर्ने समुदाय पशुपालन गर्ने यामनया समुदाय थियो । जसले काला सागर९द्यबिअप क्भब० देखि कर्कश पर्वतको उत्तरतिरको युरोशियाको ‘स्टेप’ प्रदेश कब्ज गरेका थिए । उनीहरुले केवल ब्रिटेनमा मात्र आक्रमण गरेका थिएनन् तर ५००० देखि ४००० वर्ष पहिले उनीहरुले सम्पूर्ण युरोपलाई आफ्नो कब्जामा लिएका थिए त्यसैले उनीहरुको आनुवांशिकता आज पनि यस प्रदेशमा देखा पर्दैछ । उनीहरुको आगमनले युरोपमा सामाजिक तथा सांस्कृतिक क्षेत्रमा धेरै परिवर्तन भयो । मृत व्यक्तिको जमिनमा गाड्ने परम्परामा बदलाव आयो । एकाएक लडाकु वर्ग तयार भयो र त्यसपछि हत्या हिंसाको मात्रा निकै ज्यादा बढ्यो । स्वीडेनको गोथेनवर्ग युनिभर्सिटिमा बोल्दै क्रिश्तियसेनको भनाईमा “मुझे अब पुरा यकिन हो गया है की, उस वक्त योरोप मे वडी मात्रा मे नरसंहार हो गया है ।” उनले तथा अन्य अनुसन्धानकर्ताहरुले जब यो इतिहास एकट्ठा जोडनुको लागि य्रयास गरे तब एउटा प्रश्नले सताई रह्यो की, के यामनयाहरु इतिहासमा अति अत्याचारी थिए ?
बाँकी अंश अर्काे अंकमा क्रमश छापिने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार