“राई” जात हो या पद, के हो?

द्वारा प्रकाशित गरिएको हो |
February 22nd, 2021
अनुमानित पढ्ने समय : 9 मिनेट
फाईल तस्विर

निनाम कुलुङ ‘मंगले’

गत मंसिर २२, २०७७ को मितिमा बाह्रखरी अनलाइनमा राजुकुमार ‘राई !’ ज्यु, को ‘राई !’ शब्दबारे भ्रम र यथार्थ’ शीर्षकको लेख पढ्न पाईयो । सोही लेख, सोही शीर्षकमा २३ मंसिरमा ‘प्रभाव’ दैनिकमा पनि पढ्न पाईएको थियो । सो लेखमा तपाई हजुर
(राजुकुमार ‘राई !’ ज्यु) ले राई जात हो कि, पद ? भन्ने बारे मानिसहरुमा भ्रम रहेको आशय व्यक्त गर्नु भएको छ । सो कुरोमा यो ‘केहीनजान्ने कुलुङ ढाक्रे’को धेरै विमतिहरु रहे तापनि केही हदसम्म सो कुरो सत्य हो, साँचो हो । तर, असलीयतमा १६ खम्बुका सन्तान राजकुमार राई ज्यु लगायत तपाईँ–हामीहरु नै जानाजान, स्वार्थवश वा राजनीतिक फाइदा (ठूलो झुुण्ड वा समूह देखाएर पद हत्याउने) आशयले राई जातै हो, जसले राई जात होइन भन्दैछ, उसको नागरिकता, जग्गाधनी पूर्जा, पेन्सन पट्टा, वृद्घभत्ता कार्ड, लालपूर्जा, स्कूल, कलेज, विश्वविद्यालय पढेको सर्टिफिकेट, निजामती कर्मचारी परिचयपत्र, विद्यार्थी कार्ड, रासन कार्ड, बेरोजगार कार्ड, बिरामी कार्ड, भरिया कार्ड, मगन्ते कार्ड, दीर्घ रोगी कबार्ड, ड्राइभिङ लाइसेन्स, भोटर कार्ड, सकुम्बासी कार्ड, विदेश जाने पासपोर्ट, आदिमा समेत ‘राई छ !’ भन्दै हिँड्नाले पनि हो । नागरिकता र पासपोर्ट भनेको कुनै पनि मानिस कुन देशको नागरिक हो ? भन्ने आधार दिने÷प्रमाणित गर्ने परिचयपत्र अवश्य नै हो भने, पढाई लेखाईको प्रमाणपत्रले कुनै पनि मान्छे ‘ज्ञान, विवेक, चेतना, बुझाइको स्तर, सोचाइको स्तर, सिर्जनशीलता’ आदिमा ‘‘गोबर
गणेश ! सरह’’ नै भए तापनि उसले औपचारिक रुपमा कति पढेको हो ? भन्ने देखाउने एउटा आधार हो । तर जाति, समुदाय अझ आदिवासी जनजाति हुनलाई त कुनै पनि जातिको ऐतिहासिक भूमि अर्थात् उत्पत्तिथलो, अरु जातिको भन्दा छुट्टै मातृभाषा, अरुको भन्दा छुट्टै भेषभुषा, हामी भन्ने भावना, परम्परागत कानुन, अरुको भन्दा फरक जीवन शैली, गरगहना, धर्म, चाडबाड, संस्कार, संस्कृति, पर्व, जात्रामात्रा, बाजागाजा, लोक जीवन, मिथ वा मिथक, रहनसहन, मूल्य–मान्यता आदि हुनै पर्छ । तर, ‘राई !’ भन्ने कामरेडहरुको त … के हो, के हो ? किनभने, भन्ने वेलामा एक जाति ‘राई !’, २८÷२९ भाषी ‘राई !’ भनेको छ । अनि ‘राई !’ जातिको एनजिओको नाम भने कुनै माइकालाल ‘राई !’को भाषामा नराखेर बान्तावा जातिको भाषामा ‘यायोक्खा’ राखेको छ । त्यस्तै ‘राई !’ जातिको नाच भनेर चाम्लिङ जातिको ‘साकेला’ नाचलाई अपनाएको देखिन्छ । यसरी हेर्दा कथित् ‘राई !’ जातिवाला कामरेडहरुले उखर माउलै गर्दै आएका थिए, विगतमा । तर, अहिले नि ? अहिलेको त कुरै बेग्लै छ, कथित् ‘राई !’ जातिवाला
कामरेडहरुको । किन त ? भन्दा ‘राई !’ जातिवाला कामरेडहरुले जत्ति नै ‘दिनलाई रात ! र रातलाई दिन !!’ भनी प्रमाणित गर्न खोजे तापनि ‘एक कान दुई कान मैदान !’ भनेभैmँ ‘कोदोको ढिँडो समेत खान नपाएका कुलुङे ढाक्रे !’ हरुले (विसं २०६२ ताका राई यायोक्खाका तत्कालीन अध्यक्ष एमबीई कुबरा ज्युले हामी कुलुङहरुलाई दिनु भएको पदवी हो, ‘(कुलुङे ढाक्रे !’) गर्दा कथित् ‘राई !’ जातिवाला कामरेडहरुको पनि ले जत्ति नै ‘दिनलाई रात ! र रातलाई दिन !!’ भनी प्रमाणित गर्ने असफल प्रयासमा ब्रेक लाग्न आँटेको छ । अर्थात् एक जाति ‘राई !’, २८÷२९ भाषी ‘राई !’को जुन डिङ हाँक्ने गर्थे, कथित् ‘राई !’ जातिवाला कामरेडहरुले त्यो काममा ब्रेक लाग्ने काम विसं २०६८ को १२ औं राष्ट्रिय जनगणनामै भएको छ । अर्थात् १६ खम्बुका सन्तानहरु मध्ये कुलुङ लगायत १२ वटा किरातीहरु सोही जनगणनामा अलग्गै जातिको रुपमा आएका छन् । तापनि जात वा जाति हुने (खास गरी जाति वा समुदाय हुने) आधार वा प्रमाण बिना नै ‘२८÷२९ भाषी राई, एक जाति राई !’ भन्दै हिँड्ने कथित् राई जातिवादी कामरेडहरुले गर्दा अभैm पनि अरुजात, वर्ग, समूह र समुदायमा केही भ्रम बाँकी रहेको देखिन्छ । हुन पनि राजा नभएको वर्तमान नेपालका तपाई राजकुमार राई ! ज्युले नै भन्नोस् त, यदि तपाईको जात वा जाति राई नै हो, अनि तपाईको मातृभाषा चाहिँ ‘२८÷२९ वटा छ भने, तपाईँ आप्mनो ‘२८÷२९ वटा मातृभाषामा खरररर…बोल्न सक्नु हुन्छ ? राजा नभएका वर्तमान नेपालका राजकुमार राई ज्यु र राई जाति नै हो भन्ने अन्य राई जातिवाला कामरेडहरु, प्रश्न त वास्तवमै निक्कै गम्भीर पो छ है !?
कथित् राई जातिका बारेमा असलीयतमा १६ खम्बुका सन्तानहरुमै यस्तो स्थिति भएपछि नेपालका अरु जातजाति, समुदाय, समूह, वर्ग, लिंग, धर्म, सम्प्रदायमा त अवश्य नै भ्रम पर्ने नै भयो । तर, अरु जात, समूह, वर्ग वा जाति समुदाय र भाषाभाषीमा भ्रम परे तापनि तपाईँ जस्ता असलीयतमा खम्बुका सन्तानहरुमा भ्रम नपरोस्, भ्रम नरहोस् । किनभने, ऊ वेलाको जमानामा जानेर नजोर अथवा आप्mनो नामको पछाडि ‘राई !’ लेख्दा÷लेख्न पाउँदा ठूलो मान्छे (छोटे राजासरह !) हुन पाइन्छ भन्ने भ्रममा परेर वा अह्मले गर्दा पनि १६ खम्बुका सन्तान हाम्रा मुमा, फोपा, माआः÷मामा (खस नेपाली भाषामा हजुर आमा, हजुर बुबा, आमा, बुबा) लगायतले आप्mनो नामको पछाडि ‘राई !’ लेखे । त्यो पनि धन्य वि.सं. २०२१ सालमा भूमि सुधारर ऐन आएको हुनाले । जब भूमि सुधार ऐन आयो, तब त्यसअघि नेपाल सरकार (केन्द्र सरकार) लाई निश्चित रकम (कर+ठेकीबेठी, बेठबेगार) तिरेर ‘राई !’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई÷चौधरी’, ‘गोवा’ अर्थात् तालुकदार÷जिम्मावाल भएका स्थानीयस्तरका छोटे राजा ! हरुको हातमा सबै कुरो नियन्त्रणमा रहेको हुन्थ्यो । तर, संयोग के भने, जब भूमि सुधार ऐन गाउँगाउँ, टोलटोल, घरघरमा लागू भयो, तब नेपाल सरकारलाई निश्चित रकमकर+ठेकीबेठी, बेठ
(बेगार) तिरेर ‘राई !’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई÷चौधरी’, ‘गोवा’ अर्थात् तालुकदार÷जिम्मावाल भएका स्थानीयस्तरका ती छोटे राजा ! हरुको ‘टिङटिङे !’
हल्लियो । ‘राई !’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई÷चौधरी’, ‘गोवा’ आदिको
‘टिङटिङे !’ हल्लिएको मात्रै होइन कि, उनीहरुको शान, शौकात, मान–मनितो, औकात, डटफट, फाईँफुईँ आदि पनि चिलिम–च्वाँट ! भयो । अर्थात् त्यसपछि उनीहरुको हालत तत्कालीन राजा वीरेन्द्रको वंश विनाशपछि नेपालका राजा भएका माइलो अर्थात दाजै जस्तो चुप लागेर नबस्ने तत्कालीन श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवको हालत आजभोलि जस्तो भएको छ, ती ‘राई !’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई÷चौधरी’, ‘गोवा’ अर्थात् स्थानीयस्तरका छोटे राजा ! हरुको पनि त्यस्तै हालत भयो । त्यसो त अभैm पनि त्यसरी ‘राई !’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई÷चौधरी’, ‘गोवा’ अर्थात् तालुकदार÷जिम्मावाल भएका स्थानीयस्तरका ती छोटे राजा ! हरुका सन्तान दरसन्तानका खलकलाई ‘फलानो जिमुवाल÷जिम्मावाल फलानो तालुकदार÷तालुकीका सन्तान !’ भनेर बोलाउने गरिएकै छ भने, कतिपय त्यस्ता ‘राई !’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई÷चौधरी’, ‘गोवा’ अर्थात् तालुकदार÷जिम्मावालहरुका जेठो छोरोहरु यहीँ (काठमाण्डौमै) प्रशस्तै
भेटिन्छन् ।
तर, यसबारेमा राजा नभएका वर्तमान नेपालका राजकुमार राई ज्यु, तपाईँ–हजुर भ्रममा नपर्नु होस् । किनभने, ‘राई’ नेपालको कुनै जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि एकै रहेका पूर्वका किरातीहरुलाई उनीहरुको भूगोलसमेत फुटाएर विभिन्न पद वा पगरी दिईएको थियो जस्तै जस्तै वल्लो किरातका सुनुवारलाई ‘मुखिया’, माझ किरातका कुलुङ लगायत खम्बुका सन्तानलाई ‘राई’ र पल्लो किरात (लिम्बुवान) का लिम्बु र लाप्चालाई ‘सुब्बा’ पदवी÷पगरी दिईएको थियो÷हो । अनि सबै जातको पूmलबारी नामक किताबमा डोरबहादुर विष्टले लेखेअनुसार ‘…तिरो उठाउँदा जग्गाको नापअनुसर नउठाएर घरधुरीको आधारमा उठाइन्थ्यो । जसले गर्दा थोरै जग्गा हुने ‘राई !’ हरुलाई मर्का पथ्र्थो । त्यसैले ‘किपट प्रथा’ र राई पगरी वा पदवी खारेज हँुदा धेरै जसो ‘राई !’हरु नै खुशी …. ।’ भनी लेखेका छन्, त्यो भनेको वास्तवमै के हो त ? राजा नभएका वर्तमान नेपालका राजकुमार राई ज्यु ?
त्यस्तै सन् २००७ को आदिवासी दिवसको अवसरमा आयोजित औपचारिक कार्यक्रम सकिएपछि सुर भएको प्रश्नोत्तर–उत्तर कार्यक्रममा मैले ‘वास्तवमा राई जात होइन, तर, यो राईलाई जात मान्दा २२ भन्दा बढी किरातीहरुको जातीय अस्तित्व मेटिन आँटेको छ !’ भन्दा भोजपुर जिल्लाका डा. शिवकुमार राईले यो पंक्तिकारलाई ‘भाइ, तपाईले साह्रै रामो प्रश्न उठाउनु भो, किनभने मेरो बाबु पनि ठूलो राई हो÷थियो । भूमिसुधार ऐन आएपछि जग्गा–जमीन रैतीको नाममा सार्नु÷गर्नुपर्ने भयो । तर, मेरो असली राई बाबुले म पो ‘राई !’ यी मेरा रैती÷ढाक्रेहरु कसरी ‘राई !’ भनेर बबाल नै गरेका थिए ! भनी बताएका थिए । स्मरण रहोस्, ‘राई !’ जात वा जाति हो कि ? पदवी वा पगरी मात्रै हो भन्ने बारेमा त्यो वेलाको ठूलो ‘राई !’ अर्थात् ५२ पगरीका ‘राई !’को खलकहरु जस्तै भोजपुर जिल्लाको दिल्पा–अन्नपूर्ण नागी क्षेत्रका मुकारुङ खलक, संखुवासभा जिल्लाको पाङमा, धुपुको लोहोरुङ खलक, संखुवासभा जिल्लाकै मेवाहाङ खलकको ५२ पगरीका ‘राई !’को जेठा छोराहरु धरान, काठमाण्डौ लगायतको सहर–बजारमा अभैm पनि भेटिन्छ, उनीहरुलाई वास्तवमा ‘राई !’ जात हो कि, पदवी वा पगरी मात्रै हो ? सोधखोज गर्दा अझ राम्रो हुन्छ । प्रस्ट कुरो त यस्तो छ है, राजा नभएका वर्तमान नेपालका राजुकुमार राई ज्यु ! त्यस्तै चार्लस म्याकडग्लसले लेखेको ‘द कुलङे राई’ नामक किताबमा पनि ठाउँठाउँमा ‘… राई … द चिफ एन्ड हेडमेन एप्पोइन्टेड वेर÷वेएर गिभन द टाईटल अफ ‘राई !’ (चिफ), ह्विच इभेन्च्युअल्ली केम टु बी एप्लाइड टु द एथ्निक ग्रुप ऐज अ होल । …’, ‘द राई … किपट ओनर÷ओवनर…’, इन दोज डेज राई मेन्ट÷मिन्ट चिफ एन्ड वाज नट डायग्नेस्टिक अफ ग्रुप मेम्बरशीप …, लेखिएको छ, अब राजा नभएको वर्तमान नेपालका राजकुमार ‘राई !’ ज्यु जस्तो राईवादी सरले माथि उल्लेख गरिएको प्रसंगहरु पढेर र, नेपाली भाषामा अर्थ लाएर, राम्रोसँग बुझेर फेरि एकपटक कथित् ‘राई !’बारे अर्को लेख लेख्नु होला ।
तापनि विसं २०४६ को राजनैतिक परिवर्तनपछि नेपालमा संघसंस्था खोल्नलाई केही खुकुलो भएपछि ‘संस्था दर्ता ऐन–२०३४’ अन्तर्गत कथित् राई जातिको नाममा ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र पछि काठमाण्डौ जिल्ला प्रशासन कार्यलय रजिस्टर्ड÷काजिप्रका दर्ता नम्बर(३२८÷०४९÷०५०) दर्ता भएको हो । सो संस्था दर्ता भएपछि कथित् राई जातिको नाममा यायोक्खाका हर्ताकर्ताहरुले बान्तावा जातिको भाषा र चाम्लिङ जातिको संस्कार, संस्कृति (जस्तै साकेला) कुलुङ लगायत खम्बुका सबै सन्तानहरलाई जबरजस्ती लादियो÷लाद्न खोजियो । त्यसपछि कुलुङ समुदायका अगुवाहरुले विसं २०४८÷०४९ मै यायोक्खलाई बाईबाई गरेर कुलुङ जातिका अगुवाहरुले कुलुङ जातिको छुट्टै वा भनौं अलग्गै जातीय संगठन गठन गरेका हुन् । वास्तविकता त यस्तो पो छ है, राजा नभएको देश नेपालको राजुकुमार राई ज्यु ! पछि आएर राईकरणमा परेका सबै खम्बुका सन्तानहरुले पनि वास्तविकता बुभ्mदै गएपछि यायोक्खा नामक एनजिओ छाड्दै गए । तर, अभैm पनि आप्mनो वास्तविक इतिहास र पिता–पूर्खाबारे प्रस्ट नभएका र, आप्mनो मातृभाषा, संस्कार, संस्कृति, भेषभुषा, चालचलन, रहनसहन, परम्परागत कानुन, हामी भन्ने भावना आदि थाहा नभएका वा मतलब नगर्ने केही राई भनिनेहरुले भने अभैm पनि यायोक्खा नामक एजिओको भाषिक सम्बद्घता ! दिएका छन्, खास त कुरो यस्तो पो छ है, राजा नभएको वर्तमान नेपालका राजुकुमार राई ज्यु !
अझ मकवानपुर जिल्लाको केही दनुवार
(आशमान राई !) लाई ‘देवास राई !’ भनेर पनि पछिल्लोपटक कथित् ‘राई !’ जातिको भाषिक सम्बद्घता दिएको छ, राई
योयोक्खाले । तर, ज्योती दनुवार र राजन डोनेका अनुसार ‘देवास’ भनेको दनुवावारहरुको धामी–झाँक्रीले कूल पूजा गर्दा खेलाउने देउता (खोलाको देउ–देवीको) नाम हो । अर्को भनेको राई यायोक्खा नामक एनजिओको जुन नाम ‘यायोक्खा’ छ, त्यो नाम वा भनौं यायोक्खा शब्द कुनै माईकालाल ‘राई !’ को भाषा
(मातृभाषा त झन् हुने कुुरै भएन !) नभएर बान्तावा जातिको भाषा हो भने, राईको साकेला (पहिलेपहिले चण्डी भन्थे) नाच भनेर वर्षमा दुईचोटि उफ्रीपाफ्री गर्ने जनु प्रचलन छ, त्यो नाच पनि कुनै माईकालाल ‘राई !’ को नभएर चाम्लिङ जातिको हो भन्ने त …। यसरी हेर्दा कथित् राई !’ जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओका हर्ताकर्ता राई सर÷राईनी म्याडमहरुले असलीयतमा खम्बुका सन्तानहरुलाई विगतदेखि नै ‘घ्यु बुढो’, ‘घ्यु ढुंग्रोे’ वा भनौं ‘दुहुनो गाई÷भैसीँ !’ बनाई रहेका छन् । तर, तपाईँ हामी कहिलेसम्म कथित् राई !’ जातिको नाममा राई यायोक्खा नामक एनजिओको ‘घ्यु बुढो’, ‘घ्यु ढुंग्रोे’ वा भनौं ‘दुहुनो गाई÷भैसीँ !’ बनी रहने ? वेला छँदै सोचौं है, राजा नभएका वर्तमान नेपालका राजकुमार राई ज्यु !
फेरि पनि तपाईहरुको भनाइअनुसार ‘राई !’ जात वा जाति नै हो भने, त्यो वेला हामी जस्ता सर्वसाधारण जनता अथवा रैती वा ढाक्रेहरुले आप्mनो नामको पछाडि ‘राई’, लेख्दा किन असली ‘राई’हरुले तैँले नपाएको राई किन लेखिस् ? भनेर कारबाही गर्थे ? त्यसो त ‘राई !’ मात्रै होइन, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’ आदिले पनि आप्mनो रैती अर्थात् ढाक्रेहरुले आप्mनो नामको पछाडि ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’ लेखेमा कारबाही गर्थे, आप्mना रैतीहरुलाई । उनीहरुले नगद लगायत आर्थिक जरिवानाहरु गर्ने र ठिँगुरोमा हाल्नेसम्म गर्थे । एकपटक तपाई हजुरले नै यस बारेमा सोधखोज गरेर किताब लेख्ने हो कि ? किनभने, त्यस्ता ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’ आदिका जेठो छोरोहरु अभैm पनि जिउँदै छन् । जो हालसम्म पनि ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’ आदिले नै स्थानीयस्तरमा शासन गर्ने प्रथा कायमै रहेको भए ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’ भएर शासन गरी रहेका हने थिए । प्रस्ट बुभ्mने भाषामा भन्दा यिनीहरुलाई ‘तालुकदार’ वा ‘जिम्मावाल’ पनि भन्ने गरिन्थ्यो । हुन त पद वा पदवी कै सन्दर्भमा भन्नु पर्दा ‘मीर सुब्बा’, ‘काजी’, ‘चौतरीया’, ‘उमराव’, ‘गुरु ज्य’ु, ‘बडा गुरु ज्यु’, ‘बैठके’, ‘हुक्के’, ‘बिचारी’, ‘डिठ्ठा’, ‘थरी’, ‘मुन्सी’, ‘कारबारी’, ‘लेखनदास’, ‘प्रधानमन्त्री’, ‘सिपाही’, ‘पियोन वा पिउन’, ‘कार्यलय सहयोगी’, ‘कुचीकार’, ‘उपप्रधानमन्त्री’, ‘मन्त्री’, ‘राज्यमन्त्री’, ‘सहायकमन्त्री’, ‘प्रधानन्यायाधीश’, ‘न्यायाधीश’, ‘ओकिल वा वकिल’, ‘प्रहरी महानिरिक्षक’, ‘प्रधान सेनापति’ लगायत धेरै पद पाएका मान्छेहरु ब्रगेल्ती छन् । किन हो कुन्नी ? उनीहरुले भने आप्mनो जागिर अवधि सकिएपछि आप्mनो जात वा जाति नै ‘मीर सुब्बा’, ‘काजी’, ‘चौतरीया’, ‘उमराव’, ‘गुरु ज्य’ु, ‘बडा गुरु ज्यु’, ‘बैठके’, ‘हुक्के’, ‘बिचारी’, ‘डिठ्ठा’, ‘थरी’, ‘मुन्सी’, ‘कारबारी’, ‘लेखनदास’, ‘प्रधानमन्त्री’, ‘सिपाही’, ‘पियोन वा पिउन’, ‘कार्यलय सहयोगी’, ‘कुचीकार’, सुचीकार, ‘उपप्रधानमन्त्री’, ‘मन्त्री’, ‘राज्यमन्त्री’, ‘सहायकमन्त्री’, ‘प्रधानन्यायाधीश’, ‘न्यायाधीश’, ‘ओकिल वा वकिल’, ‘प्रहरी महानिरिक्षक’, ‘प्रधान सेनापति’ आदि हो ! भनेको सुनेको छैन, लेखेको देखेको÷सुनेको छैन । तर, ‘राई !’ जात वा जाति होइन भनी ढीलै भए पनि बुझेर हटाउन खोज्दा पनि कसैले ‘राई !’ जात वा जाति नै मान ! भनी जबरजस्ती गर्न मिल्छ ? यस बारेमा राजकुमार राई लगायत अन्य राईवादीहरुले के हो, कसो हो ? सोधखोज गर्ने कष्ट गरे बेस्ट हुन्थ्यो कि ?
त्यसैले अबदेखि राजकुमार राई लगायत राईवादीहरुले ‘राई !’ जातै हो भनी वकालत गर्दा ‘राई !’ को वंंश को हो ? राईको ऐतिहासिक भूमि कहाँ हो ?, राईको इतिहास कति लामो छ ?, भूमि सुधार ऐन आउनअघि सर्व साधारण अर्थात् रैती वा ढाक्रेहरुले राई लेख्दा असली राई अर्थात् ‘जिम्मावाल÷तालुकदार’ भनिने असली राईहरुले किन कारबाही गर्थे ? त्यस्तै राईको मौलिक भेषभुषा के हो ?, राईको मातृभाषा कुन हो ? राईको मातृभाषा कस्तो हुन्छ ? राईको रहनसहन,रीतिथिति, चालचलन, परम्परागत कानुन आदि के हो ? यस बारेमा तथ्य, सवुद, दसी, प्रमाणसहित
देखाउनुहोस् । आगामी दिनमा राईको भन्दै कुलुङको, … को, … को भेषभुषा, भाषा, संस्कार, संस्कृति, रहनसहन आदि नदेखाउनु होला । नत्र भने जानेर वा नजानेर आप्mनो असली जातीय स्वपहिचान गुमाउने भनेको फेरि पनि तपाईहरु र तपाईहरुका सन्तान दरसन्तानको नै हो । त्यसपछि तपाईहरुका छोरा, नातिकै पालामा त नभनौं, तर पनाति, जनाति, खनाति, मनाति, …, … को पालामा अवश्य पनि तपाई हाम्रो सन्ततिले धिक्कार्ने छन् । त्यसैले वेला छँदै विचार गर्नोस् है, राजा नभएको वर्तमान नेपालका राजकुमार राई ज्यु ।
स्मरण रहोस्, आम सर्वसाधारण जनताहरुले वि.सं २०२१ सालमा आएको भूमि सधार ऐन वि.सं. २०२८÷०२९÷०३०÷०३१÷०३२÷०३३÷०३४ तिर (पछिल्लोपटक संखुवासभा जिल्लामा विसं २०५१ म भूमिसधार लागू भएको भनी दूर्गामणि देवानले पनि बताएका छन् । उनी स्वयम् पनि आप्mनो असली ‘राई !’ बाबुको मृत्युपछि विसं २०४५ मा ‘राई !’ भएका थिए ।) गाउँ–गाउँमा, टोल–टोलमा लागू भएपछि मात्रै आप्mनो नामको पछाडि ‘राई !’ लेख्न पाएका थिए÷हुन् । अझ यो पंक्तिकारलाई भोजपुर जिल्लाको बोया घर भएका डा. शिवकुमार राई, जो विसं २०६४ पछि बनेको तत्कालीन माओवादी सरकारको कार्यकालमा राष्ट्रिय योजना आयोग (रायोआ) को सदस्य पनि भएका थिए, ले सन् २००७ को विश्व आदिवासी दशकको अवसरमा काठमाण्डौको मल्ल होटेलमा भएको कार्यक्रममा ‘भाइ, तपाईँले साह्रै राम्रो प्रश्न उठाउनुभो, वास्तवमा मेरो असली अर्थात् तालुकदार वा भनौं जिम्मावाल÷असली
‘राई !’ बाबु÷बुबाले यो ‘रैती’÷‘ढाक्रे’हरुलाई कहाँ ‘राई !’ राई लेख्न दिन्छु ! म पो ‘राई !’ हँु, यिनीहरु कसरी ‘राई !’ भनी अड्डी कसेपछि के गर्ने त, के लेख्ने त ? भनी ५÷६ दिसम्म पञ्च–भलाद्मीहरुको भेला नै बस्नु परेको थियो अरे । सो कुरो माथि नै पनि एक प्रसंगमा लेखिएको छ । अन्ततः भूमिसार ऐन लागू भएसँगै ती असली ‘राई !’ को पद पनि चट् भयो, ‘राई !’ भएवापत आफूले गर्दै आएको ‘राईँ–दाई !’ पनि सकियो ! राजा नभएका वर्तमान नेपालका राजकुमार राई ज्यु लगायत अन्य राई जातिवाला कमरेडहरु, ‘राई !’को बारेमा वास्तविक कुरो त यस्तो पो छ है !
खास गरी नेपालका कुनै पनि जातिलाई आदिवासी जनजाति सूचीमा सूचीकृत नगरेसम्म राज्य र नेपालका अन्य जात, वर्ग, समूह र आदिवासी जनजातिहरुले समेत पनि नचिन्ने (अहिले पनि कुलुङ जाति हौं भनेर भन्यो वा परिचय दियो भन्ने कुलुङ त ‘राई !’ होइन र ? भन्नेहरु केही बाँकी नै छन् ।) भएकाले गर्दा अभैm पनि कुलुङ जातिले आपूmलाई आदिवासी जनजाति सूचीकृत गरियोस् भनी जनस्तरमा व्यापक रुपमा चेतनाको विकास र प्रचारप्रसार गर्ने काम गरी रहेको÷भई रहेको छ । त्यसका लागि २०÷२१ वर्षदेखि विभिन्न राजनैतिक दल र तिनका नेताहरुसँग भेटघाट र लबिङ गर्ने, साथै उनीहरुमार्पmत आप्mनो माग सम्बोधन गर्न अनुरोध गर्ने कामहरु भए÷भएका
छन् । त्यसो त विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा अलग्गै जातिको रुपमा कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ र कुलुङ भाषा वक्ता संख्या ३३ हजार १७० आई सकेको पनि छ ।
नोटः सम्पादक तथा लेख रचना प्रमुख ज्युहरु (गोपाल दाजु+कम्पोजर ज्यु) यो लेखको कमेन्ट गर्नेले आप्mनो फोटा, सम्पर्क नम्बर, इमेल आदि बिना कमेन्ट पठाएमा नछाप्नु÷नराख्नु होला !
ओलोनुव के, रोबु÷रोबुमे !
थप केही बुभ्mनु परेमाः ९८४९९८५९९७, ९८६२४३६०४९, लष्लबmपष्चबतज्ञद्दघ२नmबष्।िअयm

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार