के नेपाल भारतको एक प्रान्त हो?

द्वारा प्रकाशित गरिएको हो |
February 22nd, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । आफुलाई विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक ठान्ने भारतले आफुभन्दा कैयौ गुणा सानो छिमेकी मुलुकहरुलाई थिचोमिचो गर्ने गरेको कसलाई पो थाहा छैन होला र । नेपालमाथि पनि उसले यहीक्रम जारी राखेको देखिन्छ । उसले छिमेकीहरुप्रति सिमामिच्ने देखि लिएर सार्वभौमतामाथि खलल पुग्ने काम गरेर दादागिरी देखाउँदै आएको छ । भर्खरै मात्र पनि त्रिपुराका मुख्यमन्त्री विप्लवदेवमार्फत सार्वजनिक भएको अमित साहको भनाइ पनि कम घातक छैन । उनका अनुसार पूर्व भाजपा अध्यक्ष तथा वर्तमान भारतीय गृहमन्त्री अमित साहको श्रीलंका र नेपालमा हाम्रो सरकार बनाउनु अझै बाँकी छ, हाम्रो पार्टीलाई श्रीलंका र नेपालमा विस्तार गर्नुपर्छ र त्यहाँ पनि सरकार बनाउनु पर्छ । भन्ने भनाई जती गम्भीर छ उत्तिकै आपत्ती जनक पनि छ । यसले पनि छिमेकीहरुप्रति भारतीय थिचोमिचोको कुरालाई छर्लंग पारेको छ । यसैगरी २०२० सालमा नेपाली भूमिसुस्तामा प्रवेश गरेर नेपालको सुरक्षाबलका जवानहरुकै हत्या गरेको कहालिलाग्दो घटना नेपाली मनमष्तिष्कमा अझै आलो घाउ भएर बल्झिरहेको छ । २०६१ साल वैशाख २९ गते भारतीय सुरक्षाबलले नेपालको सुस्तास्थित नेपाल प्रहरी चौकीबाट प्रहरी हवल्दार पूर्णबहादुर जिसी र प्रहरी जवान टीकाराम महतोलाई अपहरण गरी विहारमा पुर्याएर बन्दी बनाई उनीहरुमाथि मुद्दासमेत चलाइएको थियो । त्यस्तै वि.सं. २०६४ साल वैशाख १४ गते शुक्रबार भारतीय सीमा सुरक्षाबल १९ नम्बर कम्पनी बथनाहा, भैरवगञ्जका एक जवानले वीरपुर दशगजा क्षेत्रको सयमिटरभन्दा वारीपट्टी नेपाली भूमिमा प्रवेश गरी छुरा प्रहार गर्दा सुनसरीका १९ वर्षीय सन्तोष शाहको घटनास्थलमानै मृत्यु भएको थियो । यसको छ महिना बित्न नपाउँदै भारतीय पक्षले पुनः अर्काे निर्दाेष नेपालीको हत्या गर्नुका साथै सीमावर्ती क्षेत्रमा भारतीय सशस्त्र बलको जवान शिवकुमार ठाकुरले २०६४ कात्र्तिक ९ गते शुक्रबार सिमाको दशगजामा गोली हानी बर्दिया, गुलरियाका रामदुलारे चमारको हत्या गरेको थियो । यसरी नै भारतीय सुरक्षाकर्मीले २०७३ सालमा कञ्चनपुर दशगजा पुर्नवास नगरपालिका ८ का ३४ वर्षीय गोविन्द गौतमलाई गोली हानी हत्या गर्यो । यद्यपी नेपाल सरकारले पछि गोविन्दलाई सहिद घोषणा गर्यो । यी सबै तमासा भारतीय दादागिरी हुँदासम्म पनि भारतसँग बदलाको भावना उजागर गर्नु त कताहो कता उल्टै चाकरीको शैलीमा नेपाली नेताहरु प्रस्तुत भएर नामर्दीपन देखाउँदै आएका छन् । देखावटी रुपमा तत्कालिन प्रचण्ड सरकारले कन्चनपुर घटनापछि काठमाडौंस्थित भारतीय राजदुतसँग स्पष्टिकरण सोधेजस्तो त गरे । परराष्ट्र सचिव शंकरदास वैरागीले भारतीय कार्यवाह राजदूत विनयकुमारलाई मन्त्रालयमा बोलाएर यो विषयमा सोधपुछ गरेजस्तो गरे ।
स्मरणीय रहोस् यस्तै प्रकृतिको घटना हुँदा तत्कालिन प्रधानमन्त्री विपी कोइरालाले भारतीय पक्षको ज्यादतीविरुद्ध कठोर प्रतिक्रिया जनाएपछि तत्कालिन भारतीय प्रधानमन्त्रीले ‘सार्वजनिक रुपमै माफी मागेको इतिहास छ । तर वर्तमान भारतीय पिठ्ठुहरुले अहिलेको अवस्थामा त्यो आवश्यकता ठानेनन् । यस्तै छ हाम्रो देशको जनवादी नेताहरुको
चर्तिकला । स्मरणीय छ, १८१६ को सुगौली सन्धीयता नेपालसँग भारतले कहिल्यै पनि मित्रवत व्यवहारकासाथै एक सार्वभौम राष्ट्रको हैसियतले सन्धी, सम्झौता गरेको रेकर्ड
छैन । जहिल्यै पनि भारतीय स्वार्थमा नेपाली नेताहरुद्वारा सम्झौता गरिएका उदाहरणहरु छन् । घटनाक्रमहरुलाई हेर्दा यस्तो लाग्छ नेपाल भारतको कुनै एक प्रान्त हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार