देउवा र सीके राउतलाई उत्तिकै चुनावको हतारो

द्वारा प्रकाशित गरिएको हो |
February 22nd, 2021
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । नेपाली कांग्रेसले मात्र होइन अर्काे जनाधार रहेको मधेशवादी दलले पनि चुनावमा जान हतारो गरेको
छ । मधेशमा खासै पकड नभएका केपी ओलीलाई मधेसमा स्थापित सीके राउतको जनमत पार्टीले चुनावको तयारीमा सक्रियता देखाउनाले प्रधानमन्त्री ओलीको कदमलाई थप टेवा पुगेको छ । स्मरणीय छ स्वतन्त्र मधेशका लागि संघर्षरत सीके राउत मूलधारको राजनीतिमा आएदेखिनै प्रधानमन्त्री ओलीको निकट रहँदै आएका थिए । एघार बुँदे सम्झौता गरे मूलधारको राजनीतिमा आएका राउतको नेतृत्वमा खडा भएको जनमत पार्टीलाई मधेसका जनताको समर्थन रहेको छ । प्रतिनिधि सभा विघटन विरुद्धमा प्रचण्ड–नेपाल समुह र जनता समाजवादी पार्टी नेपाललगायतका केही दलले विघटनको विरोध जनाईरहेको परिप्रेक्ष्यमा सीके राउतको जनमत पार्टीले प्रधानमन्त्रीकै कदमलाई होस्टेमा हैसे गरेर ओलीलाई त्रान दिने काम गरेका छन् ।
यसैगरी नेपाली कांग्रेसका सभापति देउवाले नुवाकोटको एक कार्यक्रममा बोल्दै आन्दोलनको साथसाथै निर्वाचनको तयारीमा जुट्न आम कार्यकर्तालाई निर्देशन दिँदै भनेका छन्– ‘निर्वाचन हुँदै हुँदैन भन्दाभन्दै भईहाल्यो भने चुनावको तयारी नपुग्ने भएकाले अहिले देखि नै तयारी थाल्दा के बिग्रन्छ । त्यसैले की राजनीति छाडौं कि त चुनावमा
लागौ । दुईवर्षपछि होस् या अहिले नै होस् आखिर चुनाव त भएरै छाड्छ । त्यसैले चुनावको तयारी गर्दैमा केही बिग्रनेवाला
छैन । चुनावसँग डराएर हुँदैन । संसद विघटन गराउन सक्ने ओलीले चुनाव पनि गराएरै छाड्लान् । यसै भएर हामीले चुनावको तयारी थाली हाल्नुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार