महेन्द्र दुरदर्शी राजा थिए -वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी

द्वारा प्रकाशित गरिएको हो |
February 22nd, 2021
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

यहाँ “प्रणाली छैन, सन्तुलन र नियन्त्रण छैन, नत औचित्य छ, न त विकास नै
छ । यसैकारण यहाँ राजनीति जसरी बिग्रिदै गएको छ न्यायलय पनि त्यसैगरी नै बिग्रदै गएको छ ।”
९४ वर्षीय पाका वरिष्ठ अधिवक्त कृष्ण प्रसाद भण्डारीको भनाई हो यो । अझै उहाँ थप्नुहुन्छ “मैले चौसिे राजाको फैसला पढेको छु, किराती राजाको फैसला र राणाकालीन फैसला पनि पढेको छु, तर ती मैले पढेको फैसलाहरुमा औचित्य विपरीत फैसला भएको पाइन । अहिले यहाँको कानूनले काम गरेको छैन, कानून भन्दा मागि औचित्य हुन्छ, न्याय पाउन औचित्य र विकास हुनुपर्छ । संविधान र कानूनलाई वेवास्त गरेर औचित्य र विकासलाई हेर्नुपर्छ ।” पञ्चायतमा राजा महेन्द्र धेरै सोच पुर्याउने मान्छे लाग्यो, उनले न्यायलयलाई कहिल्यै छोएको मलाई थाहा भएन । पञ्चायती व्यवस्थामा यस्ता फैसला पनि छन्, जुन पञ्चायतको बर्खेलापमा पनि फैसला भएका छन् । अदालतलाई मात्र होइन वकिललाई पनि राजा महेन्द्रले
छोएनन् । विश्वेश्वरप्रसाद कोइरालाले पनि न्यायलयलाई प्रभाव पार्ने कुनै काम
गरेनन् । ती समयमा न्यायलय पनि राम्रो थियो । विश्वनाथ उपाध्याय राम्रो प्रधानन्यायधीश हुन् । तर विश्वनाथ प्रधानन्यायधीश हुँदा अन्य न्यायधीश राम्रा थिएनन् । विश्वनाथबाट अरु न्यायधीशलाई कडाई हुन्थेन । केदारनाथ उपाध्याय पनि राम्रै न्यायधीशमा गनिन्छन् । हरिप्रसाद प्रधान र अर्जुन प्रसाद सिं सुधारवादी न्यायधीश
हुन् । गोपाल पराजुली घुस खान्थे, तर राम्रा न्यायधीश मानिन्थे । उनले घुस खाए पनि धेरै राम्रा फैसला गर्थे । घुस नखानेले न्याय राम्रो दिएको छैन, किनभने घुस नखानेको बुद्धि हुँदैन । अहिले घुस खाँदैनन्, तर राम्रा न्यायदिन पनि सक्दैनन् । मैले कैयौ न्यायधीशलाई देखे, जो भ्रष्ट छन्, तर तीनमा ज्ञान र विद्या उच्च कोटिको देखे, धेरै मुद्दामा ती भ्रष्टले न्याय दिएको पाए ।
(सर्वाेच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीले गर्नुभएको बहसको झिनो अंश)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार