राष्ट्रपतिप्रति मेरो सम्मान छ

द्वारा प्रकाशित गरिएको हो |
February 15th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । नेकपाकी नेतृ रामकुमारी झाँक्रीले विभिन्न कार्यक्रमहरुमा राष्ट्रपति माथि खरो रुपमा र गैरकानूनी हिसाबले टिका टिप्पणी र अनेकौ लञ्छनायुक्त भावना प्रष्फुटन गरेको भन्दै नेपाल प्रहरीले उनीमाथि पक्राउ गरी कानूनी कार्वाही गर्न लिखित उजुरी परेपछि प्रहरीले माघ २९ गते पक्राउ ग¥यो । पक्राउ परेकी झाँक्री ६ घण्टापछि कागज गरी प्रहरीबाट मुक्त भईन् । यद्यपी झाँक्रीले मैले कुनै लिखित सर्तनामा गरेको छैन भनेपनि प्रहरीको चार सवाललाई झाँक्रीले दिएको बयान यस्तो छ ।
झँक्रीलाई गरेको ४ सवालको जवाफ यस्तो छ ।
सवाल १ ः तपाईंले मिति २०७७÷१०÷१६ मा गोरखा जिल्लाको सिरानचौक गाउँपालिकामा भएको राजनीतिक भेलामा दिनुभएको सार्वजनिक अभिव्यक्तिको भिडियो देखाइन्छ, के कसो हो ? कुन सन्दर्भमा सो अभिव्यक्ति गर्नुभएको हो ? खुलाइ लेखिदिनुहोस्।
जवाफः मिति २०७७÷१०÷१६ मा गोरखा जिल्लाको सिरानचौक गापामा भएको राजनीतिक भेलामा मैले बोलेको भिडियो देखाउँदा देखीसुनी पाएँ । म नेकपाको केन्द्रीय सदस्य भएकाले राजनीतिक भेलामा संसद् विघठनपछिको राजनीतिक परिवेशको विषयमा राजनीतिक अभिव्यक्ति दिएकी हुँ । म एक जिम्मेवार पदमा रहेकी राजनीतिकर्मी भएकाले नेपालको संविधान २०७२ को धारा १७ ले दिएको अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता हकअन्तर्गत रही आफ्नो अभिव्यक्ति दिएकी हुन् ।
सवाल २ः अखिल नेपाल महिला संघले माननीय गृहमन्त्रीज्यूलाई सम्बोधन गरी मिति २०७७÷१०÷२१ गते ज्ञापनपत्र पढी वाची सुनाइन्छ, ज्ञापनपत्रको बेहोरा के कसो हो खुलाई लेखिदिनुहोस् ।
जवाफः अखिल नेपाल महिला संघले माननीय गृहमन्त्रीलाईज्यूलाई सम्बोधन गरी दिएको ज्ञापनपत्र मैले पढी वाची सुनी हेरी पाएँ ।बेहोरा बुझें । उक्त ज्ञापनपत्र दिने व्यक्तिलाई म खासै चिन्दिनँ । निजहरूले ज्ञापनपत्र के कुन अभिप्रायले दिएका हुन्मलाई थाहा भएन ।मुलुकका सबै संवैधानिक निकाय र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति मेरो सम्मान छ र रहनेछ ।
सवाल ३ः तपाईंले गोरखा जिल्लाको सिरानचौक गाउँपालिकामा भएको राजनीतिक भेलामा सम्माननीय राष्ट्रपतिज्यूको बारेमा व्यक्त गरेको अभिव्यक्तिले सम्मानित संस्था एवं सम्माननीय राष्ट्रपतिज्यूको गरिमामाथि आँच पु¥याउने, धम्की दिने किसिमका अभिव्यक्ति हुन होइनन्? खुलाई लेखाइ दिनुहोस् ।
जवाफः मैले गोरखा जिल्लामा भएको राजनीतिक भेलामा गरेका अभिव्यक्ति राजनीतिक अभिव्यक्ति हुन् । संवैधानिक राष्ट्रपतिप्रतिको मेरो सम्मान हिजो, आज र भोलि पनि उतिकै रहनेछ । सबै निकायले नेपालको संविधान तथा ऐनको परिपालना गर्नुपर्छ भन्ने मेरो जोड छ ।
सवाल ४ः तपाईंले अन्य केही भन्न बाँकी भए खुलाई लेखिदिनुहोस् ।
जवाफः मैले नेपालको संविधान, प्रचलित कानुनको पालना गरी अभिव्यक्ति स्वतन्त्रताको हक, राजनीतिक स्वतन्त्रताको हक उपयोग गरेकी हुँ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार