फेसबुक पनि प्रतिबन्धमा

द्वारा प्रकाशित गरिएको हो |
February 15th, 2021
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । सरकारले नयाँ निर्देशिका तयार गरी फेसबुक, ट्वीटर, युट्युब, भाइबर, इमो, ह्वाट्सएप, इस्टाग्राम, म्यासेन्जर, वीच्यानलगायत सबै प्रकारका सामाजिक सञ्जालहरुलाई दर्ता गरी कानूनी दायरामा ल्याउने भएको छ । संचार मन्त्रायलका अनुसार निर्देशिका प्रारम्भ हुनु भन्दा यता सञ्चालनमा रहेका सबैप्रकारका सामाजिक सञ्जालले तीन महिनाभित्र सूचनाव प्रविधि विभागमा दर्ता गराउनुर्ने छ । दर्ता नहुने सामाजिक सञ्जाललाई सरकारले चाहेमा रोक लगाउन सक्नेछ । साथै दर्ता भएका सामाजिक सञ्जालले निर्देशिकाको नियम उल्लंघन गरेको पाइएमा दर्ता स्वत खारेज हुने नियममा उल्लेख
छ । निर्देशिकामा उल्लेख भए अनुसार दर्ता भएका सामाजिक सञ्जालले प्रचलित नेपालको कानून तथा निर्देशिकाको नियम उल्लंघन गरेमा उक्त सामाजिक सञ्जालको दर्ता स्वतः रद्द हुनेछ । सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने अधिकार निर्देशिकाले सूचना प्रविधि विभागलाई दिएको छ । विभागले सामाजिक सञ्जालमा कस्ता सामाग्री प्रकाशन गर्ने वा प्रशासरण गर्ने हो निक्र्याैल गर्ने अधिकार पाएको छ । विभागको निर्देशन अनुसार सामाजिक सञ्जाल सञ्चालन हुनेछन् । अटेर गरेमा वा उजुरी परेमा विभागले अनुगमन गर्नेछ । दोषी देखिएमा कानून बमोजिम कार्वाहीको भागी बनाउन सूचना विभागलाई निर्देशिकाले अधिकार दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार