त्यसोभा अदालतको के काम?

द्वारा प्रकाशित गरिएको हो |
February 15th, 2021
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । अदालतमा मुद्दा विचाराधिन भइरहेको अवस्थामा नारा, जुलुश गरेर अदालतलाई यही गर भनेर दबाद दिन मिल्दैन । यदी मानिसको भीड देखाएर हुने भए किन चाहियो अदालत ? भन्ने प्रश्न गर्नुहुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वाेच्च अदालतमा विचाराधिन रहेको अवस्थामा यसरी नारा, जुलुश लगाएर अदालतलाई दबाब दिन मिल्दैन ।
पार्टीको आदिवासी, जनजाति, विभागले माघ २९ गते राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त आशय व्यक्त गर्नुभएको हो । सो अवसरमा देउवाले नेकपाका पुष्पकमल दाहाल र माधवकुमार नेपाल समुहले माघ २८ गते राजधानीमा गरेको विरोध सभामा संसद पुर्नस्थापना नभए जनविद्रोह हुने चेतावनी दिएका थिए । उनीहरुका सोही चेतावनीका भाषाप्रति देउवाले गम्भीर आपत्ती जनाउँदै यस्तो भनाइ राख्नु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले संसद पुर्नस्थापना भएपनि, नभएपनि अदालतको निर्णय कांग्रेसको लागि मान्य हुने बताउनुहुँदै ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो, संसद पुर्नस्थापना र निर्वाचन दुवैका लागि कांग्रेसी तयारी हालतमा छ ।’ देउवाले गत निर्वाचनमा आफुले हार्ने भन्दाभन्दै पनि निर्वाचन गराएको
बताउनुभयो ।
कार्यक्रममा कांग्रेस आदिवासी जनजाति विभागीय प्रमुख सीता गुरुङ, पूर्व सांसद दिव्यमणि राजभण्डारी, कांग्रेस उपसभापति विमलेन्द्र नीति, आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम, नेपाली आदिवासी जनजाति संघका अध्यक्ष ईन्द्रबहादुर गुरुङलगायतले पनि सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार