माफिया र डा. केसीको साँठगाँठ

द्वारा प्रकाशित गरिएको हो |
February 8th, 2021
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । अवैध रुपमा सञ्चालन भइरहेको बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर बिर्तामोड

झापालाई अनुबन्धन दिनको लागि अनसनका विज्ञ डा.गोविन्द केसीसँग साँठगाँगठ भएको अस्पताल स्रोतबाट बुझिन आएको छ । उक्त अस्पताललाई काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिनको लागि रु.२५ करोडसम्मको लेनदेन साँठगाँठ अस्पतालका डाइरेक्टर दुर्गा प्रसाईसँग वार्तालाप भएको बताइएको छ । दुर्गा प्रसाईले पूर्व प्रधानमन्त्री झलनाथ खनाल, माधव नेपाल, पुष्पकमल दाहालसमेतलाई अनुबन्धनको लागि साँठगाँठ गरेको कुरो मार्सी चामल प्रकरणले नै उजागर गरिसकेको छ ।
काठमाडौं विश्वविद्यालयले यस अघि नै चार मेडिकल कलेजलाई अवैध रुपबाट सञ्चालन गर्ने अनुमति दिएको कुरो पनि सार्वजनिक नभएको होइन । त्यसभित्र केएमसी, नोबेल कलेज विराटनगर, मणिपाल शिक्षण अस्पताल पोखरा, काठमाडौं मेडिकल कलेज, धुलिखेल कलेजलगायतका मेडिकल कलेजहरु विवाद मुक्त हुन सकेको छैन । त्यसरी नै झापामा अवैध रुपमा सञ्चालन भइरहेको बीएमसी मेडिकल कलेजलाई पनि गैरकानूनी ढंगले स्वीकृत दिनको लागि काठमाडौं विश्वविद्यालय तयारी हालतमा रहेको अस्पताल स्रोतबाट बुझिएको छ । यस कार्यमा प्रधानमन्त्री स्वयंमको पनि हात रहेको कुरो राजनीतिक वृत्तमा टिप्पणी गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार