पुरोहितको नक्कली चेहरा

द्वारा प्रकाशित गरिएको हो |
February 8th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

-जी दिलुङ्छा
भारतीय अखबार इण्डियन एक्सप्रेसको २०१७ अगस्ट २६ तारिखमा प्रकाशित समाचारको आधारमा प्रस्तुत गरीएको लेख ।

सन् २०१७ अगस्ट २६ तारिखको दिन भारतीय अखबार इण्डियन एक्सप्रेसले अवैध हातहतियार कारोबारमा ‘भारतीय मिलिटिूलका कर्णेल पुरोहित’ शीर्षक राखी प्रकाशित समाचारले सिंगो भारतमा तहल्का मच्चाएको थियो । समाचार अनुसार माले गाउँ २००८ मा भएको बम बिस्फोटका अपराधी कर्णेल प्रसाद पुरोहितलाई भारतीय सर्वाेच्च अदालतले जमानत दिएको थियो । पुरोहितको नाम बम विस्फोटमा मुछिनासाथ तत्काल उनलाई सोधपुछको लागि सन् २०११ जुलाई २७ का दिन डिजिएमआई सामु पेश गरियो । बोर्ड आफ इन्क्वारीले कर्णेल पुरोहित कर्मठ हिन्दूवादीहरुसँग साँठगाँठ हुनुका साथसाथै माले गाएँ बम विस्फोटको अपराधी र गैरकानूनी हातहतियार कारोबारमा समेत संलग्न अपराधी भएको ठहर गरिएको थियो । बीओआईपीले उल्लेख गरेअनुसार नीज कर्णेलको हातहतियारको अवैध कारोबारमा प्रत्यक्ष संलग्नता छ । जस अनुसार डिसेम्बर २००६ देखि जनवरी २००७ सम्मको अवधिमा उसले ३२एमएम पेस्टोल ३५ हजारमा मणिपुरबाट स्पेशल कुरियर मार्फत पठाएको खुलासा भएको छ । यसैगरी पुरोहितसँग आर्मस् डिलरबाट किनेको ३२ वेवले एण्ड स्कट रिवाल्वर भएको पनि बिओआईले पत्तो लगाएको थियो । यसैगरी २००७ अगस्ट मा कर्णेल पुरोहितले ४५ रिवाल्वर देवलालीमा सरुवा भएको कर्णेलबाट ३०,००० रुपैयामा किनेको छ भनिएको छ । प्रथम बिओआइको अनुसार लेफ्टिनेन्ट कर्णेल प्रसाद पुरोहित यस्तो अवैध हातहतियार लेनदेनमा लिप्त व्यक्ति हुन् । विओआईका अनुसार ९ एमएमको ७ वटा रिवाल्वर पुरोहितबाट धावडेले किनेको पनि पत्तो लागेको
छ । यी सबै अपराधहरुमा कर्णेल पुरोहितले कबुल गरिसकेको खुलासा गर्दै बिओआईले पुरोहितले धावडेबाट ९ एमएमको पिस्तोल पनि ५० हजार रुपैयामा खरिद गरेका थिए । जुन हतियारबाट आलोक नामक आरएसएस नेताको हत्या गर्न प्रयोग गरिएको थियो । यसैगरी अन्य खर खजाना खरिद गर्नका लागि समय समयमा कर्णेल पुरोहितले अभिनव भारतसँग ३.५ लाख रुपैया लिएको कुरा बिओआईले खुलासा गरेको थियो । अभिनव भारतसँग लिएको उक्त रुपैयाले कर्णेल पुरोहितले ग्रीनेड खरिद गरेका थिए । यसप्रकारको समाधार मिलिटूी रिपोर्टको हवाला दिदँै सन् २०१७ अगस्ट २६ तारिखको अंकमा प्रकाशित गरेको थियो । सो समाचारमा कर्णेल पुरोहित अवैध हातहतियार गिरोहसँग सम्बन्धित संघकै सदस्य रहेको पनि उल्लेख गरिएको छ । जब कर्णेल पुरोहित प्रक्राउ परे तब आरएसएसको असली आतंकवादी दुनियाको पर्दाफास भएको थियो । यता भैयाजी जोशीले मनमोहनसिंहलाई पुरोहितसँग संघको कुनै सम्बन्ध नरहेको बरु उसले त संघ प्रमुख भागवत इन्द्रेशकुमारको हत्या गर्नेसम्मको षड्यन्त्र गरिरहेको थियो भनि एक पत्र लेखि खण्डन पठाएका थिए । भैयाजी जोशी तिनै हुन् जसले सन् २०१४ को ईभीएम घोटाला प्रकरणमा कर्णेल पुरोहितलाई जेलजानबाट बचाएका
थिए । यिनीहरुले प्रज्ञा ठाकुरलाई सन् २०१९ को चुनावमा मद्दत गरेर जिताएका थिए । यहाँ बुझ्नुपर्ने कुरा के छ भने ब्राह्मण कतिसम्म ढोंगी र षड्यन्त्रकारी हुँदा रहेछन् भन्ने कुरा यी सबै घटनाक्रमले पनि पुष्टि गर्दछ । सबुत प्रमाण सहित अवैध हातहतियार प्रकरणमा पक्राउ परेका कर्णेल पुरोहित क्ष्लमष्बल ीबध बलम इचमभच अनुसार फाँसीमा झुण्डिनुपर्ने हुन्थ्यो तर उनी ब्राह्मण भएकै कारण फाँसीबाट बचे ।
१४ साल यतादेखि नै आरएसएससँग साँठगाँठ रहेका पुरोहितसँग ओबिसी नेता अरुण कुमार सँगको भेट कर्नाटकको एक कार्यक्रममा भएको थियो । त्यहा पनि अरुण कुमार र कर्णेल पुरोहित बीच आरएसएस बारे कुरा भएको थियो भनी उक्त पत्रिकाले लेखेको छ । निचोडमा भन्नुपर्दा विभिन्न सबुत प्रमाणहरुका कारण आरएसएसजस्ता आतंकवादी संगठन ब्राह्मणहरुबाटै संचालित भएको र यसको नेतृत्व ब्राह्मणहरुले नै गरेको देखिन्छ । यस आतंकवादी संगठनको कुनै पनि बैठकमा ब्राह्मणदेखि बाहेकका गैरब्राह्मण जातिका व्यक्तिहरुलाई प्रवेश निषेध गरिएको हुन्थ्यो ।
सन्दर्भः विदेशी ब्राह्मणोकी मातृभूमि यूरोशियाबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार