अख्तियारले अब भेदभाव गर्दैन

द्वारा प्रकाशित गरिएको हो |
February 8th, 2021
अनुमानित पढ्ने समय : 4 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । मुलुकलाई चरम भ्रष्टाचारले गाँजेको बखत कुशल प्रशासक र स्वच्छ छविको रुपमा चिरपरिचित व्यक्ति पूर्व गृहसचिव प्रेमकुमार राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नवनियुक्त प्रमुख आयुक्तको रुपपमा माघ १८ गतेदेखि काम थाल्नुभएको छ । लामो समयदेखि रिक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदमा राईको नियुक्तीले भ्रष्ट, दलाल र तिनका मतियारहरु तिल्बिलाउन थालेका छन् भने देशवासीहरुले राईप्रति चासोका साथ हेर्न थालेका छन् । नवनियुक्त प्रमुख आयुक्त राई सालिन, भद्र, निडर र कुशल प्रशासकका रुपमा परिचित छवि भएकाले पनि उहाँको यो नियुक्तिबाट भ्रष्टचारीहरु तिल्बिलाउने र आम नेपालीे साना माछा मात्र होइनन् अब अख्तियारको जालमा ठूला ठूला माछा पनि पर्ने कुरामा विश्वस्त छन् ।
यसअघि सचिवको रुपमा राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रमको कार्यालय, आपूर्ति मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र गृह मन्त्रालयका समेत कार्यभार सम्हालेर अनुभव बटुलिसक्नु भएको छ । यिनै राईको पहलमा बहुचर्चित ललित निवास प्रकरणको पर्दाफास पनि भएको हो ।
राईलाई पूर्वसचिव तृतालको शुभकामना, बधाइ एवं सुझाव
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त हुनुभएकोमा श्री प्रेम कुमार राई र आयुक्तमा नियुक्त हुनु भएका पदाधिकारीहरुलाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त
गर्दछु ।
वर्तमान नेपालको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार हो । यस्को नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक आयोगको रुपमा अख्तियारको ज्यादै महत्वपूर्ण भूमिका रहेको छ ।
धेरै किसिमका सीमाहरुका वावजूद नवनियुक्त पदाधिकारीहरुले देहायका विषयमा ध्यान दिनु हुनेछ भन्ने अपेक्षा गरेको छु ।
१. आयोगमा योग्य र इमानदार कर्मचारीको राम्रो टिम बनाउनु आवश्यक
देखिन्छ ।
२. सरकारले संसदमा पेश गरेका दुई विधेयक (अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐनमा संशोधनका लागि पेश गरेका विधेयक) फिर्ता ल्याएर व्यापक छलफल र विचार विमर्शपछि पुन पेश गर्न प्रयास गर्नु पर्ने देखिन्छ । यी विधेयकमा समावेश गरिएका प्रावधानहरु यथावत पारित भएमा आयोगलाई त्यसपछि काम गर्न थप समस्या पर्नेछ ।
३. विद्यमान कानुनको दायराभित्रै रहेर पनि ठूला र नीतिगत भ्रष्टाचाका केशहरुमा अनुसन्धान गर्न सकिन्छ र अव शुरु गर्नु पर्छ जुन विगत १०÷१२ वर्षदेखि रोकिएका छन् ।
४. मन्त्रिपरिषद (म.प)का नीतिगत निर्णयको परिभाषा नभएको जनाउँदै आयोगले म प का सबै निर्णयलाई नीतिगत निर्णय भनी विगतदेखि पन्छाउँदै आएकोछ । जसले गर्दा भ्रष्टाचार अत्यधिक बढ्न गएकोछ । म प का निर्णयमध्ये करिब ५ प्रतिशत निर्णय मात्र नीतिगत हुने र अन्य निर्णय साधारण हुने हुँदा म प बाट भएका त्यस्ता निर्णयउपर समेत आयोगले अनुसन्धान शुरु गर्नु अत्यावश्यक भएकोछ ।
५. सार्वजनिक, सरकारी तथा गुठी जग्गाको हिनामिना सम्बन्धमा छानविन गर्न गठन भएको आयोग (भट्टराई आयोग)ले दिएका प्रतिवेदनहरुमा उल्लेख भएका विषयमा तत्काल अनुसन्धान शुरु गर्नु पर्ने देखिन्छ ।
६. ठूला आयोजनामा भएका भ्रष्टाचारहरुको अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । उदाहरणको लागि चमेलिया जलविद्युत आयोजना, मेलम्ची खानेपानी आयोजना, बागमती सभ्यता अन्तर्गतका आयोजना, उपत्यका विकास प्राधिकरण अन्तर्गतका आयोजना आदि ।
७. विकास निर्माण सम्बन्धी आयोजनाहरुमा गुणस्तरमा ज्यादै ठूलो भ्रष्टाचार हुने गरेकोछ । आयोगले गुणस्तर मापनको विषयलाई विशेष जोड नदिने हो भने यी क्षेत्रमा हुने भ्रष्टाचारले देशलाई खोक्रो बनाउने छ ।
८. विगतदेखि नै चर्चामा रहेका तर आयोगले पूरा गर्न बाँकी रहेका ठूला भ्रष्टाचारका केशहरुमा शीघ्र निष्कर्षमा पुग्नु जरुरी देखिन्छ ।
९. हुन त सरकारले गर्नु पर्ने हो, तर सरकारले हालसम्म नगरेको एक महत्वपूर्ण कार्यमा पनि आयोगले अग्रसरता लिनु पर्ने देखिन्छ । त्यो हो भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धी अनुसारका नीति, कानुन र संरचनागत विषयमा अध्ययन गरी निजीक्षेत्र लगायत सबै क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रणमा समन्वयात्मक प्रभावकारिता ल्याउने विषय । काठमाडौं । छसस । मुलुकलाई चरम भ्रष्टाचारले गाँजेको बखत कुशल प्रशासक र स्वच्छ छविको रुपमा चिरपरिचित व्यक्ति पूर्व गृहसचिव प्रेमकुमार राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नवनियुक्त प्रमुख आयुक्तको रुपपमा माघ १८ गतेदेखि काम थाल्नुभएको छ । लामो समयदेखि रिक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदमा राईको नियुक्तीले भ्रष्ट, दलाल र तिनका मतियारहरु तिल्बिलाउन थालेका छन् भने देशवासीहरुले राईप्रति चासोका साथ हेर्न थालेका छन् । नवनियुक्त प्रमुख आयुक्त राई सालिन, भद्र, निडर र कुशल प्रशासकका रुपमा परिचित छवि भएकाले पनि उहाँको यो नियुक्तिबाट भ्रष्टचारीहरु तिल्बिलाउने र आम नेपालीे साना माछा मात्र होइनन् अब अख्तियारको जालमा ठूला ठूला माछा पनि पर्ने कुरामा विश्वस्त छन् ।
यसअघि सचिवको रुपमा राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रमको कार्यालय, आपूर्ति मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र गृह मन्त्रालयका समेत कार्यभार सम्हालेर अनुभव बटुलिसक्नु भएको छ । यिनै राईको पहलमा बहुचर्चित ललित निवास प्रकरणको पर्दाफास पनि भएको हो ।
राईलाई पूर्वसचिव तृतालको शुभकामना, बधाइ एवं सुझाव
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त हुनुभएकोमा श्री प्रेम कुमार राई र आयुक्तमा नियुक्त हुनु भएका पदाधिकारीहरुलाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त
गर्दछु ।
वर्तमान नेपालको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार हो । यस्को नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक आयोगको रुपमा अख्तियारको ज्यादै महत्वपूर्ण भूमिका रहेको छ ।
धेरै किसिमका सीमाहरुका वावजूद नवनियुक्त पदाधिकारीहरुले देहायका विषयमा ध्यान दिनु हुनेछ भन्ने अपेक्षा गरेको छु ।
१. आयोगमा योग्य र इमानदार कर्मचारीको राम्रो टिम बनाउनु आवश्यक
देखिन्छ ।
२. सरकारले संसदमा पेश गरेका दुई विधेयक (अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐनमा संशोधनका लागि पेश गरेका विधेयक) फिर्ता ल्याएर व्यापक छलफल र विचार विमर्शपछि पुन पेश गर्न प्रयास गर्नु पर्ने देखिन्छ । यी विधेयकमा समावेश गरिएका प्रावधानहरु यथावत पारित भएमा आयोगलाई त्यसपछि काम गर्न थप समस्या पर्नेछ ।
३. विद्यमान कानुनको दायराभित्रै रहेर पनि ठूला र नीतिगत भ्रष्टाचाका केशहरुमा अनुसन्धान गर्न सकिन्छ र अव शुरु गर्नु पर्छ जुन विगत १०÷१२ वर्षदेखि रोकिएका छन् ।
४. मन्त्रिपरिषद (म.प)का नीतिगत निर्णयको परिभाषा नभएको जनाउँदै आयोगले म प का सबै निर्णयलाई नीतिगत निर्णय भनी विगतदेखि पन्छाउँदै आएकोछ । जसले गर्दा भ्रष्टाचार अत्यधिक बढ्न गएकोछ । म प का निर्णयमध्ये करिब ५ प्रतिशत निर्णय मात्र नीतिगत हुने र अन्य निर्णय साधारण हुने हुँदा म प बाट भएका त्यस्ता निर्णयउपर समेत आयोगले अनुसन्धान शुरु गर्नु अत्यावश्यक भएकोछ ।
५. सार्वजनिक, सरकारी तथा गुठी जग्गाको हिनामिना सम्बन्धमा छानविन गर्न गठन भएको आयोग (भट्टराई आयोग)ले दिएका प्रतिवेदनहरुमा उल्लेख भएका विषयमा तत्काल अनुसन्धान शुरु गर्नु पर्ने देखिन्छ ।
६. ठूला आयोजनामा भएका भ्रष्टाचारहरुको अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । उदाहरणको लागि चमेलिया जलविद्युत आयोजना, मेलम्ची खानेपानी आयोजना, बागमती सभ्यता अन्तर्गतका आयोजना, उपत्यका विकास प्राधिकरण अन्तर्गतका आयोजना आदि ।
७. विकास निर्माण सम्बन्धी आयोजनाहरुमा गुणस्तरमा ज्यादै ठूलो भ्रष्टाचार हुने गरेकोछ । आयोगले गुणस्तर मापनको विषयलाई विशेष जोड नदिने हो भने यी क्षेत्रमा हुने भ्रष्टाचारले देशलाई खोक्रो बनाउने छ ।
८. विगतदेखि नै चर्चामा रहेका तर आयोगले पूरा गर्न बाँकी रहेका ठूला भ्रष्टाचारका केशहरुमा शीघ्र निष्कर्षमा पुग्नु जरुरी देखिन्छ ।
९. हुन त सरकारले गर्नु पर्ने हो, तर सरकारले हालसम्म नगरेको एक महत्वपूर्ण कार्यमा पनि आयोगले अग्रसरता लिनु पर्ने देखिन्छ । त्यो हो भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धी अनुसारका नीति, कानुन र संरचनागत विषयमा अध्ययन गरी निजीक्षेत्र लगायत सबै क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रणमा समन्वयात्मक प्रभावकारिता ल्याउने विषय ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार