‘यिनी भीर माहुरी’ कि कुलुङ समुदायका कुलंघार भाग–२

द्वारा प्रकाशित गरिएको हो |
February 8th, 2021
अनुमानित पढ्ने समय : 6 मिनेट
फाईल तस्विर

निनाम कुलुङ ‘मंगले’

गत अंकको बाँकी
हुन त गणेश … राई ज्युले भने जस्तै सुरुमा भूपध्वज थोमरोस् राई ! (पहिले त भूपध्वजले ‘राई !’ लेख्दैन थिए, कतै गणेश … राई ज्युले आपैm ‘राई !’ थपी दिनु भएको हो कि ? जे होस्, यसबारे पनि धेरै टाउको नदुःखाऊँ !) सुरुका केही वर्ष भूपध्वजले कुलुङ जाति, कुलुङ भाषा, कुलुङ संस्कार, कुलुङ वंश (कुलुङ वंशावलीमा धेरै जसो कुलुङहरुको वंश लेख्दा जमानीबुझी भूपध्वजले उल्टा–पाल्टा लेखेका छन् भनी धेरै जसो कुलुङहरुको गुनासो रहेको छ, खासगरी पैसा कम दिनेहरुको । जबकि सो कुलुङ वंशाली भूपध्वजले निजी खर्चमा निकालेको नभएर कुलुङ संघले संस्थागत रुपमा निकालेको
हो । त्यस्तै सो वंशावलीमा यामबहादुर, कुलुङ, इन्द्र होनीत्ती, स्वर्गीय कृष्णबहादुर गान्खु, वीरचन्द्र रिन्हो, भलाकाजी ङोपोचो आदिको धेरै लगानी÷पैसा परेको छ । तर, भूपध्वजले भने आप्mनै लगानीमा र आपूm एक्लैले सो काम गरे जस्तो गरेर जस लिन खोज्ने र, कपी राइटको प्रश्न समेत उठाउने गर्छन् अरे भनी गाइँगुईँ सुनिन्छ ।), कुलुङ संस्कृति, कुलुङ इतिहास आदि बारे केही न केही लेखेका हुन्÷गरेका हुन् । त्यसलाई हामीले नकार्ने भन्ने हुँदैन । तर, त्यही वेलै भूपध्वजले कुलुङ(कुलुङबीचमै पटकपटक फुट ल्याउने काम गरेका थिए÷छन् । जस्तो कि उनले सुरुमा महाकुलुङका कुलुङ र हामी बाहिरका कुलुङहरुबीच एक हुन दिएनन्, सँधै भाँजो हाली रहे । त्यस्तै धरान (लाहुरे समुदाय) का कुलुङ र हामीहरु बीच पनि जहिल्यै एक हुन नदिने प्रयास गरी रहे । अझ भनौं उनले यस्तो गलत कामका लागि नाईटोदेखिको बल लगाएका थिए÷अभैm पनि उनले आपूm जन्मसिद्घ कुलुङ भएर पनि कुलुङ विरुद्घ सकेको गर्न खोज्दै छन् । यसै क्रममा एक पटक त विगतमा कस्तोसम्म भयो भने, भूपध्वजले मलाई ‘धरानमा कुलुङहरुको सम्मेलन छ, ‘सूक्तूम’मा शुभकामना सन्देश लेखी दिनु पर्यो प्रकाशजी’ भने । होला त नि भनी लेखे । तर, उनले त भएको कुलुङ संघ फुटाएर अर्को पो गठन गरे छन् । त्यही वर्षको हिउँद याममा भूपध्वजले धरान (लाहुरे समुदाय) का कुलुङहरु (वीरचन्द्र रिन्हो फोपा लगायत) लाई काठमाण्डौको त्रिचन्द्र कलेजमा बोलाएको भन्ने महाकुलुङका कुलुङ साथीहरुले थाहा पाए । त्यसपछि महाकुलुङका साथीहरुले हामी (चन्द्रसिंह लोवात्ती, इन्द्र होनीत्ती, वाईबी कुलुङ, म … लगायत) लाई खबर गरेपछि महाकुलुङका कुलुङ साथीहरु र हामी तुरुन्तै कमलादी साइडको (घण्टाघरसँगैको) भवनमा गयौं । त्यहाँ भूपध्वज समेत सबै भेला भएका रहेछन् । महाकुलुङका एक जना कुलुङ साथीले जो भूपध्वजको नाता पर्नु हुन्छ,उहाँले धरान (लाहुरे समुदाय) का मानिसहरुकै अगाडि नै भूपध्वजको ‘नाथ्री फुट्ने गरी दोक्च्याए÷पच्काए’ । त्यसपछि बल्ल धरान (लाहुरे समुदाय) का मानिसहरुले पनि भूपध्वजबारे वास्तविक कुरो बुझे, तुरुन्तै भूपध्वजलाई छाडेर धरान
(लाहुरे समुदाय)का मानिसहरु पनि हामीसँगै डिल्लीबजारमा रहेको कुलुङ संघको कार्यलयमा आउनु भयो । त्यसपछि नै हो, तीनवटा रहेको कुलुङहरुको संघ एक भएको । हो, त्यसपछि उनी अर्थात् भूपध्वज भन्ने मान्छेको स्वरुप लिएको … ले जसरी पनि कुलुङहरुलाई बिगार्छु ! भनी घोषित रुपमै सकेसम्म ‘बिगारसिङ !’ गर्ने कामहरु मात्रै गर्दै हिँडिरहेका छन् । तर, कथित् ‘राई !’ जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ
(समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय÷काजिप्रका रजिस्टर्ड नम्बर–३२८÷०४९÷०५०)’ का हर्ताकर्ताहरुका लागि त भूपध्वज जस्ता व्यक्ति ‘ढुंगो खोज्दा देउता मिलेसरह !’ भएको छ ।
त्यसैले त कतिथ् ‘राई !’ जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय÷काजिप्रका रजिस्टर्ड नम्बर–३२८÷०४९÷०५०)’ ले स्थापना गरेको ‘१० हजार नेपाली रुपैयाँ’को “मदनश्वरी राई पुरस्कार” भूपध्वजलाई दिए । तर, भूपध्वजको हालत अहिले कुलुङ समुदायमाझ कस्तो
छ ? गणेश … राई ज्यु लगायत राईहरुले एक पटक सोलुखुम्बु जिल्लाको महाकुलुङ लगायत कुलुङहरुको बाक्लो वस्ती भएका जिल्लाहरु भोजपुर, संखुवासभा, सुनसरी, झापा, मोरङ लगायत जिल्लाहरुमा गएर सोधखोज गरेर भूपध्वजबारे वास्तविक तस्बीर झल्किने गरी अर्को एक फिचर÷लेख लेख्नू होला ।
हुन पनि सुरुमा हामीलाई (खासगरी मलाई) कुलुङबारे पढाउने÷बुझाउने महाकुलुङको तत्कालीन गुदेल–८ नाम्लुङका यीनै भुपध्वज हुन् । तर, भूपध्वज जस्तो मान्छे पछि गएर कथित् ‘राई !’ जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय÷काजिप्रका रजिस्टर्ड नम्बर
(३२८÷०४९÷०५०)’ ले स्थापना गरेको ‘१० हजार नेपाली रुपैयाँको “मदनश्वरी राई पुरस्कार”मा बिके । अन्ततः आपूm जिउँदो रहेसम्म कुलुङ भन्नेहरुलाई बिगार्छु, सप्रिन दिन्न ! भनी हिँडिरहेका छन् । फलतः कहिले मुनु राईको नाममा, कहिले युवराज राईको नाममा, कहिले शरण राईको नाममा, कहिले सोङघेर्वा … को नाममा, कहिले … के को नाममा कहिले … नाममा नानाथरी लेख्द÷बोल्दै हिँडेका छन् । तर, विचरा भूपध्वज राई
ज्यु ! को ज्ञान, विवेक, चेतना र बुझाईको स्तर हेरौं त !? जे भए तापनि भूपध्वजको यस्तो कार्यले कथित् ‘राई !’ जातिको नाममा खुलेको राई यायोक्खा (स्मरण रहोस्, यायोक्खा भनेको बान्तावा जातिको भाषा हो । अर्थ भने मलाई थाहा भएन ।) नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय÷काजिप्रका रजिस्टर्ड नम्बर
(३२८÷०४९÷०५०)’ का हर्ताकर्ता राई सर राईनी म्याडमहरुलाई भने ‘मुतको न्यानो !’ भएको छ । त्यसैले त भूपध्वज जस्ता ‘कुलुङ समुदायका कुलंघार !’ राई यायोक्खाका पूर्व केन्द्रीय सदस्य तथा केन्द्रीय सचिव एवम् कान्तिपुर दैनिकका पत्रकार लगायत राईवादीहरुको नजरमा ‘सहरमै बसेर कुनाकाप्चासम्म पुगिरहने भीरमाहुरी’
हुन्छन् । फलतः गणेश … ‘राई !’ ज्यु लगायत राईहरुले ‘तुवाचुङ’ नामक अनलाईन न्युज पोर्टल लगायत अनलाइन र पत्रपत्रिकामा यसो आक्कलझुक्कल भए पनि भुपध्वजका बारेमा ‘अन्ट–सन्ट !’ (लिम्बु भाषामा भन्नु पर्दा मेन्जोसेन्जो !’) जीवनी वा भनौं बायोग्राफी लेखी दिन्छन्, भूपध्वजलाई कोड गरे जस्तो गरेर आप्mनो लेखमा उद्घृत् गर्छन् । तर, असली लेखक वा स्रोत व्यक्तिचाहिँ अरु नै हुन्छन् । जस्तै केही महिनाअघि डा. तारामणि उर्पm कृष्णमणि राईले नयाँ पत्रिका दैनिकको ‘झन नयाँ’÷शनीबारीय परिशिष्टांकमा एक लेख लेखने क्रममा महाकुलुङ क्षेत्रको सत्तो÷सोताङमा ‘राई !’ भएका बस्नेतहरुको सन्दर्भलाई (लेखमा किटेर राई भन्न नसकेर÷नचाहेर शासक मात्रै लेखिएको
छ ।) लिन सकिन्छ । त्यसरी डा. तारामणि उर्पm कृष्णमणि राईले नयाँ पत्रिका दैनिकको ‘झन नयाँ’÷शनीबारीय भनिन्छ,लेख्ने क्रममा भूपध्वजलाई कोड गरे तापनि यो पंक्तिकारले लगभग २०६३÷०६४÷०६५ देखि फुटकर लेखहरुमा सो बारे लेख्दै आएको हो भने, ‘किराती कुलुङ’ नामक किताबमा इन्द्रबहादुर कुलुङको किताबमा पनि महाकुलुङ क्षेत्रमा कहिले र को–को व्यक्तिहरु ‘राई !’ भए ? भन्ने सन्दर्भ–स्रोतको रुपमा उल्लेख गरिएको छ । तर, ‘मर्ने वेलामा कमिलाको पनि प्वाँख उम्रन्छ अरे !’ भन्छन् । यही त होला … !
खासमा, उनी (भूपध्वज) आपूm जन्मसिद्घ कुलुङ हुन् । तर, उनी आपूm कुलुङ भएर पनि (उनी थोमरोस थरका कुलुङ हुन् । कुलुङले थरलाई पाछा भन्ने गर्छन् ।) यसो गरी हिँड्दा ‘मेरो मात्रै होइन, मेरो छोरा, नाति, पनाति, खनाति, जनाति, मनाति, …, …सम्मलाई कस्तो असर हुन्छ ? भविश्यमा आउने पुस्ताका कुलुङ समाजले कसरी हेर्छ ? भन्ने हेक्का राख्नुपर्ने थियो कि ? हुन त म आपूm बाहेक यो धरतीमा जान्ने÷बुभ्mने अरु कोही छैन ! भन्ने अहम् भएका÷बोकेका भूपध्वज ज्युलाई कसले मात्रै सम्झाएन, कसले मात्रै बुझाएन ?? अर्को भनेको भूपध्वज ज्युले यसरी जहाँ पनि, जहिले पनि कुलुङ जाति र कुलुङ जातिका अगुवाहरुलाई कू–बुद्घि लगाएर बिगारसिङ ! मात्रै गर्दै हिँड्दा÷हिँड्न खोज्दा कयौं पटक त ठाऊँका ठाऊँ गएर महाकुलुङ लगायतका कुलुङ वन्धुहरुले ‘भूपध्वज ज्युको ‘नाथ्री फुट्ने गरी पच्काएका÷दोक्च्याएका !’ पनि छन् । त्यस्तै केही वर्ष अघिदेखि संखुवासभा, मोरङ, सुनसरी लगायत जिल्लाका गाउँठाउँमा जाँदा भूपध्वज ज्युलाई खाना र वास समेत दिन छाडेका छन् । तर, विचरा भूपध्वज ज्युको …..फर्केन ।
त्यसो त कुलुङ जातिका यस्तै कलंकहरु नै कथित् राई जातिका बुद्घिजीवी, लेखक, पत्रकार, प्रा., डा., प्राडा, भाषाविज्ञ, मुन्दुम÷मुन्धुमविद (कुलुङ जातिले ‘रीदूम’ भन्छन्, मुन्धुमलाई) आदि लगायत अगुवा भनिनेहरुलाई प्यारो लाग्छ, । किनभने, कथित् राई जातिको नाममा बान्तावा जातिको भाषा र कथित् राई जातिको चाडपर्वको नाममा चाम्लिङ जातिको साकेवा (उफ्रीपाफ्री गर्ने नाच !) कुलुङ जाति लगायत सबै खम्बुका सन्तानहरुलाई लाद्न पाएका छन् । त्यसो त कथित् राई जातिको नाममा बान्तावा जातिको भाषा र कथित् राई जातिको चाडपर्वको नाममा चाम्लिङ जातिको साकेवा (उफ्रीपाफ्री गर्ने नाच !) लादेपछि वा भनौं लाद्न खोजेपछि नै हो, कुलुङ जातिका अगुवाहरुले विसं २०४८÷०४९ तिरै कुलुङ जातिको अलग्गै संगठन बनाएको । त्यसैले पनि राई यायोक्खाका हर्ताकर्ताहरुमा कुलुङ जातिका अगुवाहरु र समग्र कुलुङ जातिप्रति ठूलो ‘द्घेष र रिसराग’ रहेको प्रस्टै देखिन्छ । त्यसैले त ‘भूपध्वज भन्ने व्यक्ति कुन बारीमा फलेको मुला हो ?’ भन्ने राम्रोसँग थाहा भए तापनि यसो ‘डेन्टिङपेन्टिङ’ गरेर भए पनि जानीबुझीकनै गणेश … ‘राई !’ ज्यु लगायत कथित् ‘राई !’ जातिवालाहरुले ‘तुवाचुङ’ लगायत अन्य न्युज पोर्टलहरु र छापामाध्यमहरुमा भूपध्वजका बारेमा यसो अन्ट–सन्ट (लिम्बु भाषामा भन्नु पर्दा मेन्जोसेन्जो !’) जीवनी वा भनौं बायोग्राफी लेखी दिन्छन्, कतै कोड पनि गरिदिन्छन् । तर, वास्तविक जानकारी वा भनौं स्रोत व्यक्ति भने अर्कै हुन्छ । कठै बरा !
त्यसो त गणेश … राई ज्युले आप्mनो लेखको एक ठाऊँमा प्रसंगै नआउनु पर्ने विषय पनि जबरजस्ती उठाएकालेखेका
छन् । जस्तै “… समाजलाई एनजिओको रुपमा दर्ता गर्ने, …आइएनजिओबाट सहयोग लिने …, हुँदाहँुदा ‘बहुभाषा एक जाति’का रुपमा … किरात … भित्र …. याक्खा छुट्टीन पुगे । सुनुवार छुट्न गए । कुलुङ लगायतले …” भनी लेख्नु भएको छ । गणेश … राई ज्युले किन यसरी लेखे होलान् त ? भन्दा उनी स्वयम् कथित् ‘राई !’ जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ
(समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय÷काजिप्रका रजिस्टर्ड नम्बर–३२८÷०४९÷०५०)’ को पूर्व केन्द्रीय सदस्य र केन्द्रीय सचिव भएको नाताले पनि उनलाई सीसीओ, डीफीड, जाईका, जीटीजेड, नर्वेजियन फन्ड, डानिडा–ह्युगो, युएसआईडी, एक्सन एड, युके एड, युएसएड आदि बाट र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय÷काजिप्रका रजिस्टर्ड नम्बर–३२८÷०४९÷०५०)’ ले ल्याएको डलर येन, प्रैmंक, क्रोन, गिल्डर, पाउन्ड, युरो आदिको हिसाव किताब देखेरै÷हेरेरै र, विदेशी दातृ निकाय र आइएनजिओहरुले दिएको डलर येन, प्रैmंक, क्रोन, गिल्डर, पाउन्ड, युरो आदिको हिसाव किताबको अनुभव भएरै नै होला भन्न सकिन्छ । हुन पनि विसं २०६२÷०६३ को परिवर्तपछि गठन भएको राई यायोक्खा नामक एनजिओको नयाँ कार्य समितिमा एक जना राईको नाममा ‘एनजिओ को–अर्डिनेसन कमिटि’ नै गठन गरिएको थियो । सो नेम प्लेट देखेपछि यो पंक्तिकारले तत्कालै गोरखापत्र दैनिकमा राई यायोक्खाले जातीय स्वपहिचान खोजी रहेका कुलुङ समुदायका अगुवाहरुलाई डलर खान ‘राई !’ फुटाउन लागे ! भनी आरोप लगाउँछन् तर, डलर भने उनीहरु आपूm नै ‘एक जाति राई, २८ भाषी राई !’ को नाममा विभिन्न दातृ निकाय र आइएनजिओबाट ल्याएर खान्छन् !’ भनी लेखेको थियो । स्मरणीय छ, त्यसपछि यायोक्खाले सो ‘नेम प्लेट’ नै हटायो । खास कुरो त यस्तो छ त, गणेश … राई ज्यु !
‘हायाम ओलोनुव के !!!’
नोटः थप केही जानकारी चाहिएमा ९८४९९८५९९७, ९८६२४३६०४९
लष्लबmपष्चबतज्ञद्दघ२नmबष्।िअयm
यो लेखको प्रतिक्रिया बिना नाम, बिना फोटो, बिना फोन÷मोबाइल नम्बर, फेक नाम, नक्कली नाम, बिना इमेल, … , नछाप्नु होला, सम्पादक ज्यु !

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार