काठमाडौं । भेट हुँदा कुकुर–बिरालोझै ङ्यारङ्यार र ङुरङुर परिहाल्ने शिर्ष नेताहरु फोनमा समेत झगडा पर्ने डरले अब एक अर्कालाई केही सन्देश र सुझाव दिनुपरे सामाजिक सञ्जालको साहारा लिन थालेका छन् । आफ्ना सभापति देउवालाई पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाउन वरिष्ठ नेता रामचन्द्र पौडेलले सामाजिक सञ्जालको साहारा लिएर उक्त कुराको पुष्टि गरेका छन् । नेता पोडेलले देशमा एकपछि अर्काे राजनीतिक घटनाक्रम विकसित भइरहेको भन्दै कांग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तयार पार्न तत्काल केन्द्रीय कार्य समितिको बैठक बोलाउन आवश्यक रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत सभापति देउवालाई यसरी आग्रह गर्नुभएको हो ।
यसैगरी पूर्व राजा ज्ञानेन्द्र शाहले पनि सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरु रहेसम्म आम नागरिकलाई आफ्नो जीविका चलाउन धौ(धौ हुन गएको बताउनु भएको छ । ट्वीटमार्फत राजाले सत्ताको खेलमा बन्द, हड्ताल गर्नु अमानवीय क्रियाकलाप रहेको उल्लेख गर्नुहुँदै जनमतको अनादर गरि कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्य नहुने कुरामा उहाँले जोड दिनु भएको छ ।
राजा–कांग्रेस ट्वीटरमा
February 8th, 2021
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर
ताजा समाचार
लोकप्रिय
© 2021: Chhaharaa मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Elitetechnepal