पहिचान बिनाको भूमिपुत्र?

द्वारा प्रकाशित गरिएको हो |
February 8th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

अदालतको फैसलाले प्रतिनिधि सभा विघ काठमाडौं । जनआन्दोलनको शक्तिबाट राजनैतिक परिवर्तन भएपछि जनयुद्ध र आन्दोलनमा सुरुदेखि उठ्दै आएको, प्रमुख मुद्दाहरु ऐतिहासिक पृष्ठभूमिको आधारमा जातीय पहिचान सहितको संघीय प्रदेशहरु, अहिले आएर ‘गुमनाम अवस्था छन् । लिम्बुवान, खम्बुवान, तमुवान, मगरात, ताम्सालिङ, नेवामण्डल, थरुहट आदिका सवाल जनयुद्धताका मात्र उठे त्यसपछि गुमनाम । अहिले हण्डर र ठोक्कर खाएपछि तत्कालिन नेकपा माओवादीका सुप्रिम कमाण्डर उर्फ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
(पुष्पकमल दाहाल)बाट पुनः प्रचण्ड हुन जनताबीच उही ‘गुमनाम’ पुराना मागहरुलाई स्मरण गर्न थालेका छन् । जनताले अब उनको कुरो पत्याउलान या नपत्याउलान आफ्नै ठाउँमा छ । मूलवासी, आदिवासी, सीमान्तकृत समुदायलाई उक्साएर उनीहरुलाई भोट बैंक बनाएर यी समुदायकै थाप्लोमा प्रहार गर्ने यथास्थितिवादी दलहरुको नक्कल उनीहरुले पनि गरे र एकपटक बहुमत ल्याएर र देशमा हालीमुहाली पनि गरे । राजनैतिक दलहरुका यही सोचका कारण मुलुक जहिले पनि ‘चुचे ढुंगो, उहि टुंगो’को अवस्थाबाट गुज्रिरहेको छ ।
दलहरु सँधै नीति र सिद्धान्तभन्दा भागबण्डामानै हड्डिमा कुकुर झुतखेलेझै झुत खेल्ने परिपाटीले गर्दा देश यसरी विलखबन्धनमा पर्दै आइरहेको हो । अंशबण्डाको खेलले न्यायलयलाई समेत छोडेन । व्यभिचारले हरेक निकायलाई गाँजेको छ । जताततै फरियाबाद(डनवाद हावी छ । जनता अभाव र महँगीको मारमा छन् । कोरोनाले पनि उही गरिब–निमूखालाई नै जक्डाएको छ । बिहान खायो, बेलुकी के खाऊको अवस्थामा रहेका नेपाली जनताको संख्या दिनप्रतिदिन बढ्दो छ । सरकारी निकायमा आसीन व्यक्तिहरु कमाउ धन्दा र आफन्तहरुलाई काखी च्याप्नमै तल्लिन छन् । नेताहरुलाई जनताको कुनै चिन्ता छैन । यहाँ जताततै स्वार्थकै खेल खेलिन्छ । नीहित स्वार्थकै कारण कुनै दल, फुट्दैछन् त कुनै जुट्दैछ । नेकाको शरीर एक भएपनि दुई चीरा भएको छ । जसपामा कुन दिन ‘भूइचालो’ जाने हो यसै भन्न सकिने अवस्था छैन । राप्रपाको हालत पनि जसपाकै जस्तो छ । नेकपाको नौटंकी त सतहमै छ ।
यावत सवालहरुले गर्दा देशभक्त जनताहरु निराश छन् । राजनैतिक नेतृत्वपंक्तिले जनहति कार्यप्रति ठोस् कदम नचाल्दा मुलुकको पूर्वाधार दिशाविहीन बन्दैछ । नेताहरु देश र जनताको चासो भन्दा विदेशी प्रभुहरुको आर्शिवाद थाप्नमानै व्यस्त छन् । विदेशीले मुलुकमा नांगो नाँच नाँचिरहँदा पनि, दल र दलका नेताहरुलाई कुनै वास्ता छैन ।
कांग्रेसलाई राष्ट्रघातीको आरोप लगाउने नेकपा राष्ट्रघातीको सवालमा तुलामा जोखे एक लाल कम छैन । वर्तमान राजनैतिक परिदृश्यलाई अवलोकन गर्ने हो भने नेताहरु जनहीतकारी भन्दा निहित स्वार्थ खातिर ‘मेरो गोरुको बाह्रै टक्का’को शैलीमा छन् । ओली सरकार प्रतिनिधिसभा ब्यूँतने त कुरै छोडौ, तोकिएकै मितिमा चुनाव हुन्छ भन्ने कुरामा रटान लिईरहेको छ भने पुष्पकमल(नेपालहरु प्रतिनिधिसभा ब्यूँतेन भने यहाँ आँधी बेहरी ल्याइन्छ भनिरहेका छन् । यही मौकामा पहिचानवादी शक्तिहरु सलबलाउनु पर्ने हो तर उनीहरु अहिले लापता भएका छन् ।
२०७२ सालको घोषित संविधान मुलुक र मुलुकबासीको भावना अनुरुप नभएकै कारण मधेसी, भूमिपुत्र, सीमान्तकृत जनताले त संविधान घोषणा हुनासाथ च्यातिदिएका हुन्, ठाउँठाउँमा जलाई पनि दिएका हुन् । यस्तो अवस्थामा समुदाय र मुलुकको हीत चिताउने ठूला राजनैतिक दलभित्र रहेका भूमिपुत्र र सीमान्तकृत समुदायका व्यक्तिहरुले जातीय पहिचान र साझासवालका सम्बन्धमा आ(आफ्ना पार्टी भित्रै विद्रोह गरेर आआफ्ना समुदायको साथ दिए उत्तम हुने कुरा भूमिपुत्र, आदिवासी, मधेसी, सीमान्तकृत समुदायको विश्लेषण छ ।टनै भए पनि तोकिएकै दिन चुनाव नहुने

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार