‘यिनी भीर माहुरी’ कि कुलुङ समुदायका कुलंघार भाग–१

द्वारा प्रकाशित गरिएको हो |
February 1st, 2021
अनुमानित पढ्ने समय : 4 मिनेट
फाईल तस्विर

निनाम कुलुङ ‘मंगले’

वि.सं २०७७ पुस १४ मा ‘तुवाचुङ अनलाइन न्युज पोर्टल’को पत्रकारिता पाठशाला स्तम्भमा ‘सहरमै बसेर कुनाकाप्चासम्म पुगिरहने भीरमाहुरी’ शीर्षकको फिचर÷लेख प्रकाशित भएको रहेछ । जुन फिचर कथित् ‘राई !’ जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर(२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय÷काजिप्रका रजिस्टर्ड नम्बर–३२८÷०४९÷०५०)’ का पूर्व केन्द्रीय सदस्य तथा केन्द्रीय सचिव एवम् कान्तिपुर दैनिकका पत्रकार गणेश … राई ज्युले लेख्नु भएको रहेछ । तर, ‘राई यायोक्खा नामक एनजिओका पूर्व केन्द्रीय सदस्य तथा केन्द्रीय सचिव एवम् कान्तिपुर दैनिकका पत्रकार गणेश … राई ज्युले भूपध्वज थोमरोस्
(राई !) बारे लेख्नु हुँदा वास्तविक कुरोचाहिँ बिरालोले आप्mनो विष्टा लुकाएँ भैmँ धेरै कुरो लुकाएर वा भनौं भूपध्वजले कुलुङ संघ र कुलुङ समुदायका विरुद्घ जताभावी गर्दै, हिँडेको अथवा बाल बोलीमा भन्नु पर्दा ‘आची खाएर !’ हिँडेका बारेचाहिँ केही लेख्नू भएन छ, गणेश … राई ज्युले । यसरी गणेश … राई ज्युको आँखा र व्यवहारले भूपध्वज ज्युले कुलुङ संघ र कुलुङ समुदायकै विरुद्घ जताभावी गर्दै, हिँडेको देख्दादेख्दै पनि सो बारे छिसिक्क उल्लेख नगरी ‘अन्टसन्ट’ लेख्नु भएको रहेछ, अझ भूपध्वजलाई चाहिनेभन्दा पनि बढी नै ‘डेन्टिङ–पेन्टिङ !’ समेत गरेर प्रस्तुत गर्नु भएको रहेछ, त्यसैले भूपध्वजका बारेमा वास्तविकता के हो त ? भनी उनीबारे वास्तविकता लेख्ने प्रयास गरिएको छ । किनभने, उनीसँग मेरो विसं २०५०÷०५१÷०५२ देखि चिनजान भएको हो । सो आधारमा र, सुरुमा मलाई कुलुङ जाति, कुलुङ भाषा, कुलुङ संस्कार, संस्कृति आदिबारे बुझाउने गुरु ! पनि उनै भूपध्वज हुनु भएकोले गर्दा उहाँको बारे थाहा भएका धेरैथोरै कुरोहरु यहाँ लेख्दै छु । भलै बाल बोलीमा भन्ने हो भने, उनै गुरु अर्थात् भूपध्वज ज्युले ‘आची खाएर …!’ यसो भन्नुको अर्थ मैले ‘कसैसँग अतिशय अनुराग र कसैसँग अतिशय द्घेष !’ राखेको पक्कै होइन । त्यसैले भूपध्वज ज्युबारे यहाँ छोटकरीमा केही प्रस्ट्याउने प्रयास गरिएको छ । हुन त यो प्रस्टीकरण लेख सम्बन्धित अनलाइन ‘तुवाचुङ अनलाइन न्युज पोर्टल’मै पठाएको हँु । तर, धेरै पछिसम्म पनि प्रकाशित नभएपछि÷नछापिएपछि फोन गरेर सोध्दा ‘तुवाचुङ अनलाइन न्युज पोर्टल’का सम्पादक दीपेन्द्र ‘राई !’ ज्युले प्रकाशित गर्न असमर्थ÷नसक्ने आशय ! व्यक्त गर्नु भएकोले गर्दा ‘पुनः छहरा साप्तापिशक’मा पठाएको छु । यसरी हेर्दा ‘तुवाचुङ अनलाइन न्युज पोर्टल’का सम्पादक दीपेन्द्र ‘राई !’ ज्यु पनि अन्य राईवादी ! न्युज पोर्टलहरु भन्दा पनि बढी ‘घनघोर राईवादी !’ हुनु भएको हो
त ? … प्रश्न गर्न सकिने देखिन्छ । त्यसैले आशा छ, यो लेख केही लामो भए तापनि ‘छहरा साप्ताहिक’मा महत्वका साथ प्रकाशित हुने छ ।
त्यसो त गणेश … राई ज्यु कस्ता पत्रकार हुनु हुन्छ ? भन्ने त उहाँले विगतमा गर्ने गरेको पत्रकारिता अर्थात् कान्तिपुर दैनिकमा उहाँले पे्रषित गर्ने गरेको ‘आदिवासी जनजाति सम्बन्धी समाचार, विसं २०६८ को जनगणना सम्बन्धी समाचार, रानाथारु सूचीकृत भएको सम्बन्धमा छापिएको समाचार, भाषाभाषी सम्बन्धी समाचार, …’ आदिलाई लिन सकिन्छ । अहिले त्यतातिर नजाऊँ । किनभने, गणेश … राई ज्युले विगतमा गर्ने गरेको पत्रकारिता अर्थात् कान्तिपुर दैनिकमा उहाँले छपाउने गरेको ‘आदिवासी जनजाति सम्बन्धी समाचार, विसं २०६८ को जनगणना सम्बन्धी समाचार, रानाथारु सूचीकृत भएको सम्बन्धमा छापिएको समाचार, भाषाभाषी सम्बन्धी समाचार, …’ आदिले फेरि पनि दोहोर्याएर पढेमा पत्रकारिता पढेका जो कोहीले थाहा पाई हाल्ने छन् । जान्ने सुन्नेहरुले भनेअनुसार पत्रकारितामा ‘फाइभ डब्लु वान एच’ भन्ने सामान्य सिद्घान्त हुन्छ । त्यस्तै अर्को भनाइअनुसार पत्रकार वा भनौं समाचारदाता अथवा सम्वाददाताले समाचारलाई सलल… बगाउने हो, समाचारमाथि आप्mनो विचार वा भनाइ थोपर्ने होइन । तर, गणेश … ‘राई !’ ज्युको पत्रकारिता कस्तो छ भन्ने त … एक पटक त यो पंक्तिकार (म आपैm) पनि (वि.सं २०६९ ताका ११ औं राष्ट्रिय जनगणनाको तथ्यांक प्रकाशित भएपछि) कान्तिपुर दैनिकमा गणेश … राई ज्युले लेखेको समाचार भएको कान्तिपुर दैनिक बोकेरै केन्द्रीय तथ्यांक विभागका तत्कालीन महानिर्देशक उत्तम नारायण मल्ल सरको कार्य कक्षमा भेट्न गएको थिएँ । मैले कान्तिपुरमा प्रकाशित समाचार देखाउन नपाउँदै मेरो आगमन र आशय बुझेर होला उहाँले ‘… त्यही त कुलुङजी, कान्तिपुर दैनिक धेरै बिक्ने पत्रिका भनेर कान्तिपुरबाट पत्रकार मगायौं, तर , ….’ भनी उत्तम नारायण मल्ल सरले पनि हैरान हुँदै जवाफ दिनु भएको थियो । अहिले त्यतातिर यो भन्दा धेरै नजाऊँ । मेरो कुरोलाई नपत्याए थापालथीस्थित केन्द्रीय तथ्यांक विभाग (केतवि) मा गएर उत्तम नारायण मल्ल सरको मोबाइल÷फोन नम्बर मागेर सोध्दा भई हाल्छ, किनभने उहाँले अवकास पाई सक्नु भएको छ । स्मरणीय छ, गणेश … राईको सो समाचारमा ‘कथित् सूचीकृत ५९ जातिको मात्रै तथ्यांक प्रकाशित गर्नुपर्ने आशय थियो । जबकि केन्द्रीय तथ्यांक विभागले भने एकसय २५ जातजातिको तथ्यांक प्रकाशित गर्ने तयारी गर्दै थियो । मेरो कुरोलाई नै पत्याउनु पर्छ भन्ने छैन, त्यसैले त्यो वेलाको कान्तिपुर दैनिक खोजेर हेरे÷पढे हुन्छ ।
जे होस्, गणेश … राई ज्युले जुन व्यक्ति÷भुपध्वज थोमरोस् (राई !) लाई आधार मानेर वा विषय बनाएर बढाईचढाई गरेर फिचर लेख्नु भएको छ, भूपध्वज थोमरोस् (राई !) वास्तवमै त्यस्तै हुन् त ? त्यसैले सो बारेमा कुलुङ जाति वा समुदाय बाहेकका मान्छेहरुलाई भूपध्वज थोमरोस् (राई !) भन्ने व्यक्ति कस्ता हुन् ?, को हुन् ? भन्ने बारे वास्तविकता थाहा नहुने भएकोले गर्दा केही नलेखी रहन सकिन÷सकिन्न पनि । त्यसैले वास्तवमा भूपध्वज थोमरोस् (राई !) को
हुन् ? कस्ता मान्छे हुन् ? भन्ने बारेमा अरु जातजाति र समुदायका मानिसहरुले पनि वास्तविकता थाहा पाउन् भनी यो लेख÷प्रस्टीकरण लेख्दै छु । त्यसो त ‘तुवाचुङ अनलाइन न्युज पोर्टल’ ले मेरो प्रस्टीकरण लेख छाप्नुको सट्टा भूपध्वज थोमरोस्
(राई !) ले नै ‘शरण राई !’को नक्कली नाममा पठाएको अर्को लेख छापी सकेको छ । त्यसैले राई सर÷राईनी म्याडमहरुको एकतर्फी ध्येय नै के देखिन्छ भने, जसरी हुन्छ, ‘कुलुङ जाति र कुलुङ जातिका अगुवहरुलाई बिगारसिङ !’ गर्न सके … हुन्थ्यो भन्ने रहेको हो
कि ? भन्ने देखिन्छ । किनभने, ती नक्कली शरण राई को हुन् ? साँच्चै शरण राई हुन् त ? लेख्ने शैली हेर्दा भूपध्वजकै देखिन्छ । यदि उनी सक्कली शरण राई हुन् भने उनको फोटा, इमेल, मोबाइल÷फोन नम्बरहरु पनि राखेको भए राम्रो वा भनौं अझ तथ्यपरक र वास्तविक हुन्थ्यो । हुन पनि आजभोलि यसरी नै नक्कली नाम आपूmलाई मन नपरेको व्यक्ति, समूह, संघ, संगठन आदिलाई जताभावी आक्षेप लगाएर लेख्ने÷बोल्ने गरिएको हुनाले गर्दा ९९ प्रतिशतभन्दा बढी पत्रपत्रिका, टीभी, रेडियो, अनलाइन आदि सञ्चारमाध्यमहरुले लेखकको फोटा, सम्पर्क नम्बर, इमेल आदि माग्ने गरेको छ । तर, शरण राई को हुन् ? केही खुलाईएको छैन, लेखमा उनको (शरण ‘राई !’ को फोटा पनि छापिएको छैन) यदि शरण ‘राई !’ सक्कली शरण राई हुन् भने शरण राईको ईमेल र मोबाईल नम्बर उपलब्ध गराउनु हुन ‘तुवाचुङ अनलाइन न्युज पोर्टल’का सम्पादक दीपेन्द्र ‘राई !’ ज्युलाई यसै लेखमार्पmत फेरि पनि हार्दिक आग्रह गर्दछु ।
यो लेखको बाँकी अंश आउँदो अंकमा प्रकाशित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार