कांग्रेस पार्टी भित्रभित्रै दुई चिरा: पौडेल गरम, देउवा नरम

द्वारा प्रकाशित गरिएको हो |
February 1st, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । ओली सरकारद्वारा घोषणा गरिएको वैशाख १७ र २७ गतेको चुनाव र प्रतिनिधि सभा विघटनलाई लिएर नेपाली कांग्रेसभित्र कांक्रोको चिराझै दुईचिरा देखिएको छ । देउवा पक्षले भित्रभित्रै निर्वाचनको पक्षमा लाग्न कार्यकर्ताहरुलाई निर्देशननै दिँदै आइरहेको देखिन्छ भने पौडेल समुहले प्रतिनिधि सभा पुर्नस्थापनाकै पक्षलाई जोड दिइरहेको छ । यसरी संसद पुर्नस्थापना र निर्वाचनको सवालमा देउवा समुह नरम र पौडेल समुह गरम देखिएका छन् । कांग्रेस पार्टीभित्र नीति, सिद्धान्त र बैठकको निर्णय भन्दा नेताहरुको धारणानै हावी भएको पाइन्छ । कांग्रसले एकातर्फ संसद विघटनको विरोध गर्दै केन्द्रदेखि स्थानीय वडा तहसम्म विरोध कार्यक्रम सञ्चालन गरिरहेको अवस्था छ भने अर्काेतर्फ निर्वाचनमा भाग लिने भन्दै प्रतिनिधि सभा पुर्नस्थापनको विपक्षमा अप्रत्यक्ष रुपमा उभिई विरोधाभाष क्रिाकलाप गरिरहेको देखिन्छ । सभापति देउवाको हरेक भनाइ र क्रियाकलापले निर्वाचनको तयारीमा जुटेको भान हुन्छ भने सिटौला लगायतका पौडेल समुह संसद पुर्नस्थापना नभए संविधान नै पत्तुर हुने कुरा गर्र्दै प्रतिनिधि सभा पुर्नस्थापनाको पक्षमा आक्रमक शैलीमा प्रस्तुत हुने गरेका छन् । यस्तै दोधारे शैलीमा कांग्रेसका दुवै समुहले पौष दोस्रो हप्तायतादेखि संसद पुर्नस्थापनाको पक्षमा विरोध सभाहरु गरेर भित्रभित्रै दुई समुहको निर्माण गरिरहेको देखिन्छ । जसमा कांग्रसले १३ पुषमा १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र, २५ पौषमा ३३० प्रदेश सभा निर्वाचन क्षेत्र, ३ माघमा ७५३ स्थानीय तह र ८ माघमा स्थानीय तहका ६ हजार ७ सय ४३ वडाहरुमा र १९ गतेका दिन भातृसंस्थाको नेतृत्वमा ७७ वटै जिल्लाहरुमा विरोध प्रदर्शन गरिसकेको छ भने २४ माघमा सुभेच्छुक संस्थाहरुको नेतृत्वमा र ३० गते सबै जिल्लाहरुमा स्थानीय पार्टी तहकै नेतृत्वमा विरोध प्रदर्शन गर्ने कार्यक्रम कांग्रेसको
रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार