भूमाफियाहरुको डोजर आतंक

द्वारा प्रकाशित गरिएको हो |
February 1st, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । ‘आफै बोक्सी, आफै झाँक्री’ भनेझै प्रदेश सरकारका उद्योग पर्यटन तथा वनराज्य मन्त्री सुरेश मण्डलले सिराहाको डोम बस्तीमा पक्कि घर बनाइदिने भनि शिल्यान्यास गरेको केही दिनमै पुनः उनैले बन्दाबन्दैको घर बीचैमा रोकेर सिराहाका डोम समुदायलाई बिचल्लीमा पारेका छन् ।
मन्त्रीले शिल्यान्यास गरेपछि पक्की घर पाउने आशामा डोम समुदायले आफ्नो भएको झुप्रो पनि भत्काई दिए । अहिले घर निर्माण नभएपछि उनीहरु बाँसको टाटीले बनाएको झुप्रोमा चिसोमा कठ्याङ्ग्रीन बाध्य छन् । भएको के रहेछ भने पक्की घर बनाउन भनी गत पुष १४ गतेका दिन प्रदेश सरकारका उद्योग पर्यटन तथा वनराज्यमन्त्री सुरेश मण्डल र सोही वडाका वडाध्यक्षका अतिरिक्त र स्थानीय भद्रभलाद्मीको उपस्थितिमा डोम बस्ती निर्माणको शिल्यान्यास गरेको रहेछ । तर घर निर्माण शुरु हुनु अगावै, घर निर्माण कार्य रोक्ने आदेश तीन सुरेश मण्डललेनै दिए । यतिबेला स्थानीय डोमहरु आफ्ना छाप्रो भत्काएको खाली जग्गामा चिउडोमा हाँत राखेर अब के गर्ने भन्ने सोचमा डुबिरहेका देखिन्छन् ।
प्रदेश सरकारको यस्तो रवैयाका कारण डोमहरु यतिबेला धोवीको कुकुरझै घर न घाटका भएका छन् । दुःख दिनुको पनि हद हुन्छ । राजनीतिज्ञ, कर्मचारी र भूमाफियाहरुबाट यसरी नै दिन दुःखीहरुलाई फसाइन्छ । सिराहाका डोमबस्तीमा पनि यही भएको देखिन्छ । डोम अगुवाको अनुसार पछिल्लो पाँच वर्षको अवधिमा भुमाफियाको सेटिङमा तीन÷तीन पटकसम्म घर तोडफोडको घटना घटेको थियो । दुई पटक किर्ते गरेर जग्गा हत्याएका व्यक्तिले मेरो जग्गा हो भन्दै डोजर चलाए भने अहिले बन्दाबन्दैको घर वनको जग्गा हो भन्दै, वन विभागले रोक्यो । अब हामी न्याय खोज्न कहाँ जाऊ, आफ्नो बेदना कोसँग पोखौ, उनले भने । उनका अनुसार यति मात्र होइन वर्षाैदेखि बस्दै आएको हाम्रो जग्गा मेरो हो भन्दै स्थानीय एक शर्मा थरका व्यक्तिले डोजरै लगाएर दुई÷दुई पटक हाम्रो छाप्रो भत्काई दिए । यसपटक त प्रदेशमन्त्रीले नै शिल्यान्यास गरेको पक्कि घरमा बस्न पाउने आशामा आफ्नै झुपडी भत्कायो । तर शिल्यान्यास गरिएको उक्त जग्गा सामुदायिक बनको जग्गा हो भन्दै मन्त्रि स्वयंले नै आफै बोक्सी, आफै झाक्रीको चरितार्थ चित्रण गर्दै आफैले शिल्यानास गरेको डोम बस्तीको घर, निर्माणमा रोक लगाई दिए । स्थानीय बासिन्दाको अनुसार शिल्यान्यास लगत्तै ठेकेदारले ईट्टा र बालुवा र गिट्टी ओसार्न थालिसकेको अवस्था थियो । मन्त्रिकै निर्देशनमा पछि, ती सबै ईट्टा, गिट्टी र बालुवाहरु ठेकेदारले ट्याक्टरमा लोड गरि फिर्ता लगेको थियो ।
अहिले ती दिन, दुःखी डोमहरु यस्तो चिसोमा थोत्रा कपडा र बाँसको कप्टेरोले छेकेको छाप्रोमा चिसोले थल्लिएका छन् । शिल्यानास भएपछि शीत लहर सुरु हुन अगावै उनीहरुले पक्की घरको आशामा आ(आफ्ना झुप्रा भत्काएका थिए । यही कारण अहिलेको कठ्याङ्ग्रीदो जाडोमा उनीहरु मरणको दोसाँधबाट गुज्रिरहेका छन् । प्रदेश सरकारले यस्तो अवस्थामा डोमहरुलाई न नयाँ घर नै बनाई दियो, न त कुनै विकल्पनै दियो । केन्द्रीय सरकारलाई पनि के दोष दिनु र खै उसलाई पनि आफ्नो कुर्सी जोगाउन नै धौ धौ छ विचरा ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार