अमेरिकाका नयाँ चुनौतीहरु

द्वारा प्रकाशित गरिएको हो |
January 26th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

उद्धवप्रसाद गौतम
अमेरिकी राष्ट्रपति जे वाईडेन सामु नयाँ चुनौतीहरु देखा परेका छन् । अमेरिकामा घुसपैठ र विकसित १०८ प्रकारका भ्रष्टाचारीहरु नियन्त्रण उन्मुलन भएन भने अमेरिका संयन्त्र शक्तिशाली देशको रुपमा रहने देखिदैन । संसारका दरिद्र र भ्रष्ट भोगविलासीहरुको विकृति, विसंगती अमेरिकी राजनीति देखि प्रशासन सम्म संक्रमण भएमा अमेरिकाका सबै प्रकारका विकास प्राकृतिक आचरण र व्यवहार भ्रष्ट नष्ट हुन लक्षणहरु देखिन थालेका छन् । संसारका भोग विलासी, माफिया, भ्रष्टहरु अमेरिकामा आर्थिक, राजनीतिक, सामाजिक, आचरण चरित्र र नैतिकतालाई भ्रष्ट बनाई अमेरिकालाई कमजोर बनाई अदृश्य खेलमा सक्रिय भएको खेल अमेरिकी संसदमा भएको उद्दण्ड आक्रमणले पनि पुष्टि गर्दछ । काउन्टी देखि राष्ट्रपति पदसम्म जिम्मेवार जनप्रतिनिधिहरु र पार्टी सदस्यहरु सदाचारी नैतिकवान, चरित्रवान, चेतना ज्ञान र प्राकृतिक व्यवहार पालना गर्ने सच्चा देशभक्त नेतृत्वको विकासको लागि अमेरिकी नयाँ राष्ट्रपतिले विशेष कदम चाल्नुपर्ने देखिन्छ । अमेरिकामा प्राकृतिक आचरण चरित्र र व्यवहारको चुनौतीको रुपमा प्राकृतिक विकास, आर्थिक सम्पन्नता, आर्थिक समानता र मानवीय न्यायको लागि वैदेशिक भ्रष्टहरुको चलखेल बढ्दै गएपछि अमेरिकालाई हेर्ने दृष्टिकोण फरक हुन थालेको देखिन्छ । युरोप अमेरिककी विकासको इतिहास र विकासका लागि योगदान दिने पूर्व महान नेताहरुको आचारण चरित्रको अध्ययन, अनुसन्धान र विश्लेषण गरी त्यसलाई व्यवहारमा गम्भीरतापूर्वक लागू गर्नुपर्ने देखिन्छ । अमेरिकी लालहिमवासी र लालदिप वासीका प्राकृतिक सभ्यताहरु मानवीय र नैतिक आचरणहरु धार्मिक समुदाय संघसंस्था र राजनीतिक दलहरुले कडाईका साथ पालन गर्ने बेला आएको छ । यसको लागि नयाँ राष्ट्र जो वाइडेनले प्राचीन इतिहास र सभ्य, सम्मुनत सन्त नेताहरुको आचरण र चरित्रलाई चिन्तन मनन गरी आगामी नेतृत्व सन्तहरुको हातमा जाने आचार संहिता बनाउनु पर्ने बेला आएको छ । संयुक्त राज्य अमेरिकामा सबै प्रकारका करहरु छल्ने भ्रष्ट सम्पत्तिहरु संरक्षण गर्ने, भ्रष्टाचार र अराजक कामहरु गर्नेहरु बढेको अवस्थामा अमेरिका संसारमा कमजोर बन्न सक्ने देखिन्छ । अमेरिकामा दुई देशका नागरिक बन्नेहरु दोहोरो तेहेरो देशमा सम्पत्तिहरु सञ्चय र परिचालन गर्नेहरुको खोज अध्ययन अनुसन्धान गर्ने स्थायी निकाय, नयाँ संयन्त्रहरु विकास हुनुपर्ने अमेरिकी नेटिभ र माया सभ्यता मान्ने आदिवासीहरुको धारणा रहेको देखिन्छ ।
संयुक्त राज्य अमेरिकाको संसद भवनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक हरुको आक्रमणलाई संसारका राजनीतिज्ञहरुले अमेरिकामा उदण्डता र अमेरिकी विरोधी गतिबिधि बढेको कमजोरी बन्दै गएको आरोपलगाएका छन् । अमेरिकामा अफ्रिकी, दक्षिण अमेरिका र एसियाली देशहरुको शासकहरुको नक्कल भएको लक्षण र संकेतहरु देखिन थालेको पनि विदेशी कुटनीतिज्ञा राजनीतिशास्त्री र सभ्य मानवशास्त्रीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार