जनगणना–२०७८ मा कुलुङ जातिका अगुवाहरुले खेल्नुपर्ने भूमिका

द्वारा प्रकाशित गरिएको हो |
January 26th, 2021
अनुमानित पढ्ने समय : 5 मिनेट
फाईल तस्विर

निनाम कुलुङ ‘मंगले’
नेपाल सरकारले हरेक १०–१० वर्षमा गर्ने राष्ट्रिय जनगणना आगामी जेठ २५ देखि असार ७ गते (विसं २०७८) सम्म हुँदैछ । स्मरणीय छ, यो नेपालको १२ औं राष्ट्रिय जनगणना हो ।
हुन त विसं २०६८ को ११ औं राष्ट्रिय जनगणना मै कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ र कुलुङ जातिको मातृभाषी संख्या ३३ हजार १७० आएको छ । सोही आधारमा नै केन्द्रीय तथ्यांक विभागले आगामी १२ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिका लागि जातिगत र भाषागत कोड उपलब्ध गराएको छ । यसरी केन्द्रीय तथ्यांक विभागले आगामी १२ औं राष्ट्रिय जनगणनाका लागि कुलुङ जातिलाई उपलब्ध गराएको ‘जातिगत कोड–६२’ रहेको छ भने, कुलुङ ‘मातृभाषागत कोड(३३’ रहेको छ । त्यसैले हामीहरुले हाम्रो समुदाय (कुलुङ) लाई जनगणनबारे बताउँदा वा प्रशिक्षित गर्दा यही अनुसार गरौं÷
गराऊँ । स्मरण रहोस्, हामीलाई कसैले
(वास्तविकता नबुझेर कुलुङ(कुलुङबीचमै पनि) ‘कुलुङ’ मात्रै होइन, कुलुङ ‘राई !’ लेखौं भन्न सक्छन् । तर, त्यसरी ‘कुलुङ’ मात्रै नलेखेर, कुलुङ ‘राई !’ लेख्दा हाम्रो ‘कुलुङ’ को जनसंख्या फेरि पनि विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा जस्तै ‘राई !’ मा गाभिन जान्छ र, कुलुङको जनसंख्या कम आउँछ । त्यसैले हामीले फेरि पनि वि.सं २०६८ मा जस्तो कुलुङ ‘राई !’ लेखेर हाम्रो असली कुलुङ जातीय स्वपहिचान र जनसंख्या नहटाऊँ÷नघटाऊँ ! किनभने, विसं २०६८ मा पनि हाम्रा सोझासाझा कुलुङहरुलाई र कतिपय ठाउँमा त पढालेखा भनिएका र जनगणनामा खटिएकै कुलुङहरु र कुलुङ संघको केन्द्रीय कार्य समितिमा रहेका जिम्मेवारहरुले समेत जात वा जातिको महलमा ‘कुलुङ’ मात्रै लेख्नुको सट्टा कुलुङ ‘राई !’ लेखे । फलतः … । विसं २०७४ को स्थानीय निर्वाचनपछि त्यस्ता केही कुलुङहरुले स्थानीय तहमा ‘कुलुङ’ संघको सिफारिसमा ‘उहाँको नागरिकतामा ‘राई !’ वा गाई !’ …!, जे भए तापनि उहाँ जन्मसिद्घ रुपमै कुलुङ हो’ भनी सिफारिस गरेर पठाएपछि मनोनित पनि भएका छन् । त्यसैले अब उहाँहरु जस्ता व्यक्तिहरुले पनि विसं २०६८ को जनगणनाको सन्दर्भलाई कुलुङ बारे गरेको÷भएको भूललाई जोडेर प्रचारप्रसार गर्न अग्रिम मोर्चामा आउनु पर्छ, यो वेला ।
हुुन त हामी कुलुङहरुका लागि मूख्य वाधक रहेको र, विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनाको तथ्यांक आउने वेलामा कुलुङ जातिको अलग्गै तथ्यांक प्रकाशित नगर्न केन्द्रीय तथ्यांक विभागलाई समेत अनेक धाक–धम्की र दवाव दिने ‘राई !’ यायोक्खा (स्मरण रहोस्, यायोक्खा भनेको बान्तावा जातिको भाषा हो । अर्थ भने मलाई थाहा भएन ।) नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर(२६५६, रजिस्टर्ड नम्बर(३२८÷०४९÷०५०) का हर्ताकर्ता राई सर राईनी म्याडमहरुको पनि अब केही जोर(जुलुम ! नचल्ने भो भन्ने त कुलुङहरुले पाएको जातिगत कोड ६२ र भाषागत कोड ३३ ले प्रमाणित गरेको छ । यसले धेरथोर त्यस्तै हो, तर, १२ औं जनगणनामा पनि कुलुङ जातिको जनसंख्या र भाषागत तथ्यांक आउने पक्का भयो । त्यसैले हाम्रो वास्तविक संख्या देखाउन वा भनौं जनगणनामा कुलुङ लेखाउन लागि परौं । यसका लागि ‘धन हुनेले धन, जन हुनेले जन, समय हुनेले समय, … हुनेले … दिऊँ !’ भन्ने मेरो सबै कुलुङ वन्धुहरुमा एक पटक फेरि पनि हार्दिक अनुरोध छ ।
अर्को भनेको हामी (कुलुङ) हरुले विगत ‘२१÷२२ वर्ष देखि गाँठो देखिने पेन्ट र फित्तावाल चप्पल लाएर, प्mयाट्ट–फ्याट्ट गर्दै हिँडेको र, कहिलेकाही त “चिया–नास्ता समेत नखाई” कतिपयले लाखौं नगद वा … का साथै आप्mनो अमूल्य समय दिएका छन्, बुद्घि घोटेका छन्, अनेकौं ठाऊँमा धाएका छन्, यसरी धन, समय, बुद्घि लगायतको … मा काम गरेको÷खटेको फल धन्य आज म जिउँदो हुँदै देख्न भोक्न पाउने भएँ !, त्यसैले म धन्य सम्झन्छु आपूmलाई । अझ महत्वपूर्ण कुरो कुुलुङ जाति आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ को दफा २
(क) अनुसार आदिवासी जनजाति सूचीमा सूचीकृत हुन बाँकी नै छ । हुन पनि हामीले जत्ति नै कुलुङ राई होइन, नेपालका अरु जात वा जातिसरह कुलुङ पनि अलग्गै जाति हो भने तापनि आदिवासी जनजाति सूचीमा नपरेसम्म कसैले पनि कुलुङ अलग्गै जाति हो भनेर गन्दैन÷भन्दैन !
हुन सुरुमा हामीलाई (खासगरी मलाई) कुलुङबारे पढाउने÷बुझाउने महाकुलुङको तत्कालीन गुदेल–८ नाम्लुङका भुपधोज जस्तो मान्छे पछि गएर कथित् ‘राई !’ जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, रजिस्टर्ड नम्बर(३२८÷०४९÷०५०)’ले स्थापना गरेको ‘१० हजार नेपाली रुपैयाँको “मदनेश्वरी राई पुरस्कार”मा बिकेर र, आपूm जिउँदो रहेसम्म कुलुङ भन्नेहरुलाई बिगार्छु, सप्रिन दिन्न ! भनी हिँडिरहेका छन् । फलतः कहिले मुनु राईको नाममा, कहिले युवराज राईको नाममा, कहिले सोङघेर्वा … को नाममा, कहिले … के को नाममा कहिले … नाममा नानाथरी लेख्द÷बोल्दै हिँडेका छन् । तर, विचरा भुपधोज ज्यु ! को ज्ञान, विवेक, चेतना र बुझाईको स्तर हेरौं त !? जे भए तापनि भुपधोजको सो कार्यले कथित् ‘राई !’ जातिको नाममा खुलेको राई यायोक्खा (स्मरण रहोस्, यायोक्खा भनेको बान्तावा जातिको भाषा
हो । अर्थ भने मलाई थाहा भएन ।) नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, रजिस्टर्ड नम्बर–३२८÷०४९÷०५०) का हर्ताकर्ता राई सर राईनी म्याडमहरुलाई भने मुतको न्यानो भएको छ । फलतः राई यायोक्खाका पूर्व केन्द्रीय सदस्य तथा केन्द्रीय सचिव एवम् कान्तिपुर दैनिकका पत्रकार (तर, उनको पत्रकारिता कस्तो छ ? सो बारे पत्रकारिता जानेका÷पढेकाहरुले उनले लेख्ने वा भनौं दिने आदिवासी जनजाति, जनगणना, भाषाभाषी, आदिवासी जनजाति सूचीकरण आदिबारेको समाचार र उनले गर्ने गरेको समाचारको कोडलाई हेर्ने÷पढ्नेहरुले थाहा पाई हाल्छन् ।) गणेश ‘राई !’ ज्युले ‘तुवाचुङ’ नामक अनलाईन न्युज पोर्टलमा भुपधोजका बारेमा अन्ट–सन्ट (लिम्बु भाषामा भन्नु पर्दा मेन्जोसेन्जो !’) जीवनी वा भनौं बायोग्राफी लेखी दिन्छन् । विचराहरु, हुन पनि ‘मर्ने वेलामा कमिलाको पनि प्वाँख उम्रन्छ अरे !’ भन्छन् । तिगत कोड ६२ र भाषागत कोड ३३ ले को पनि अब केही जोर–जुलुम ! नचल्ने भो भन्ने त कुलुङहरुले पाएको जा सचिव एवम् कान्तिपुर दैनिकका पत्रकार गणेश राई ज्युले तुवाचु नामक अनलाईन न्युज पोर्टलमा जीवनी वा भनौं बायोग्राफी लेखी दिन्छन् । जातिगत कोड ६२ र भाषागत कोड ३३ ले प्रमाणित गरेको छ । यसले धेरथोर त्यस्तै हो, तर, १२ औं जनगणनामा पनि कुलुङ जातिको जनसंख्या र भाषागत तथ्यांक आउने पक्का भयो ।
किनभने, उनी आपूm जन्मसिद्घ कुलुङ भएर पनि उनी थोमरोस थरका (कुलुङले थरलाई पाछा भन्ने गरिन्छ) कुलुङ हुन्, यसो गरी हिँड्दा ‘मेरो मात्रै होइन, मेरो छोरा, नाति, पनाति, खनाति, जनाति, मनाति, …, …सम्मलाई कस्तो असर हुन्छ ? कुलुङ समाजले कसरी हेर्छ ? भन्ने हेक्का राख्नुपर्ने थियो कि ? हुन त म आपूm बाहेक यो धरतीमा जान्ने÷बुभ्mने अरु कोही छैन ! भन्ने अहम भएका÷बोकेका भुपधोज ज्युलाई कसले मात्रै सम्झाएन, कसले मात्रै बुझाएन ??? अर्को भनेको जहाँ पनि, जहिले पनि कुलुङलाई बिगारसिङ ! मात्रै गर्दै हिँड्दा कयौं पटक ठाऊँका ठाऊँ गएर महाकुलुङ लगायतका कुलुङ वन्धुहरुले ‘भुपधोज ज्युको नाथ्री फुट्ने गरी दोक्च्याएका’ पनि छन् । त्यस्तै केही वर्षदेखि संखुवासभा, मोरङ, सुनसरी लगायत जिल्लाका गाउँठाउँमा जाँदा भुपधोज ज्युलाई खाना र वास समेत दिन छाडेका छन् । तर विचरा भुपधोज ज्युको …..फर्केन । तर, कुलुङ जातिका यस्तै कलंकहरु नै कथित् राई जातिका अगुवाहरुलाई प्यारो लाग्छ, । किनभने कथित् राई जातिको नाममा बान्तावा जातिको भाषा र कथित् राई जातिको चाडपर्वको नाममा चाम्लिङ जातिको साकेवा (उफ्रीपाफ्री गर्ने !) कुलुङ जाति लगायत सबै खम्बुका सन्ताहरुलाई लादेपछि कुलुङ जातिका अगुवाहरुले विसं २०४८०४९ तिर नै कुलुङ जातिको लअलग्गै संगठन बनाएको हो । त्यसैले पनि राई यायोक्खाका हर्ताकर्ताहरुमा कुलुङ जातिका अगुवाहरु र समग्र कुलुङ जातिप्रति ठूलो ‘द्घेष र रिसराग’ रहेको छ । त्यसैले त ‘भुपधोज कुन बारी फलेको मुला हो ?’ भन्ने थाहा भए तापनि यसो ‘डेन्टिङपेन्टिङ’ गरेर भए पनि जानीबुझी गणेश ‘राई !’ ज्यु लगायत कथित् ‘राई !’ जातिवालाहरुले ‘तुवाचुङ’ लगायत अन्य न्युज पोर्टलहरु र छापामाध्यमहरुमा भुपधोजका बारेमा यसो अन्ट–सन्ट (लिम्बु भाषामा भन्नु पर्दा मेन्जोसेन्जो !’) जीवनी वा भनौं बायोग्राफी लेखी दिन्छन् । कठै बरा ! ….
त्यस्तै संखुवासभाका एकजना कुलुङ पनि थिए, जो ‘कुलुङले खान दिँदैन, प्रकाश जी, कुलुले खान दिँदैन निनाम जी’ भनी जहिल्यै भन्थे । तर, दुःखको कुरो उनी लगभग २ वर्षअघि बितिसके । त्यसैले उनका बारेमा अब अरु धेरै के नै लेख्नु होला र ? किनभने …
अनि म नि ? किनभने, मैले केही समयअघि आदिवासी जनजातिबारे अबदेखि लेख्दिन भनी सार्वजनिक रुपमा घोषणा गरेको छु । र, म यसमा अभैm पनि अडिग छु । तर, के यसको मतलब कथित् ‘राई !’ जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर(२६५६, रजिस्टर्ड नम्बर(३२८÷०४९÷०५०)’ ले मलाई किनेको हो हो ? म बिकेको हुँ ? वा म नै बिकेर हो त ? के म २÷४ पैसामा बिक्ने मान्छे हो ? किनभने, मैले आदिवासी जनजातिबारे अब देखि लेख्दिन भन्ने बित्तिकै यो निनाम कुलुङ ‘मंगले’ भन्ने मान्छे पनि भुपधोज जस्तै बिकेछ, ‘राई !’ यायोक्खा नामक एनजिओले किनेछ ! भन्ने गाईँगुईँ चल्यो अरे ! त्यसैले अभैm पनि मेरो बारेमा आन्द्रा(भुँडी थाहा भएका वा पाएका मान्छेहरुलाई मेरो बारेमा सोध(खोज गर्नु होला !!!??
‘हायाम ओलोनुव के !!!’
थप केही जानकारी चाहिएमा ९८४९९८५९९७, ९८६२४३६०४९
नोटः साथै यो लेखको प्रतिक्रिया बेनामी, फेक वा झूटो नाम र सम्पर्क नम्बर बिनाको आएमा नछाप्नु होला, सम्पादकज्यू ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार