स्वास्थ्य मन्त्रालयले नै खोपप्रति शंका उब्जायो

द्वारा प्रकाशित गरिएको हो |
January 26th, 2021
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । भारतको अनुदानमा आएको १० लाख कोभिसिल्ड खोप नेपाल भित्रि सकेको भएपनि नेपाली जनताले यो खोपलाई त्यति भरपर्दाे ठानेका छैनन् । कारण यस्ता औषधीहरुको सकारात्मक प्रभाव विश्वमा त्यति देखिएको अवस्था छैन । त्यसैले कतै परिक्षणकै लागि मात्र पहिलो पटक नेपाललाई यो खोप उपलब्ध गराएको त होइन भन्ने गम्भीर प्रश्न उठ्न थालेका छन् । नेपाली जनताको यस्ता भ्रम निवारणको लागि सर्वप्रथम यो खोप राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, पूर्व संसद र उच्च अहोदाका कर्मचारीहरुबाट सुरु गर्नुपर्ने आम धारणा रहेको छ ।
अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको र सेरम इन्स्टिच्यूट अफ इण्डियाले उत्पादन गरेकाो यो ‘कोभिसिल्ड’ खोप कुनै व्यक्तिलाई लगाएकै कारण नकारात्मक प्रभाव देखिएमा सरकारले नै उपचार गर्ने छ भनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरिसकेको छ । स्वास्थ्य मन्त्रालयको यो भनाइबाट ‘कोभिसिल्ड’ खोप प्रति सरकारी निकायनै त्यति विश्वस्त नभएको देखिन्छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले खोप लगाएकै कारण समस्या देखिए सरकारले उपचार गर्ने बताउँदै केही समस्या देखिए उपचार गर्ने हो, उपचार सरकारले गर्छ । खोप ऐन २०७२ मा उपचार तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था छ । उपचार तथा क्षतिपूर्ति व्यवस्थामा उल्लेख कुनै पनि खोप लगाएकै कारण खोप लिएको व्यक्तिको स्वास्थ्यमा गम्भीर प्रभाव परेको ठहरीए सो खोप जुन निकाय वा संस्थाबाट दिइएको हो सो निकाय वा संस्थाले सम्बन्धित व्यक्तिको उपचार गरी क्षतिपूर्ति समेत दिनुपर्ने उल्लेख डा.गौतमले गरेका छन् ।
जस्तै कुनै खोप लगाएकै कारणबाट कुनै व्यक्तिको अंगभंग भई गम्भीर प्रकारको शारीरिक क्षति पुगेको वा निजको मृत्यु भएको कुरा ठहरिएमा निज स्वयंलाई र निजको स्वयंको हकवालालाई खोप दिइने निकाय वा संस्थाबाट क्षतिपूर्ति उपलब्ध गराइने छ । सरकारी निकायको यो भनाईबाट ‘कोभिसिल्ड’ खोपप्रति झनै आशंका उब्जिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार