आदिवासीरजनजाति को–को हुन् र को–को होइनन् ?

द्वारा प्रकाशित गरिएको हो |
January 26th, 2021
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

इन्द्रबहादुर बराल

नेपालको सन्दर्भमा आदिवासी जनजाति भन्ने शब्द प्रजातन्त्र पुनर्नस्थापनापछि विशेष चर्चामा आउन थाले पनि पहिलो संविधान सभाको अवधीमा निकै स्थान लियो । हुन त २०५८ सालमै आदिवासी÷जनजातिको पहिचान गरि ५९ जाति आदिवासी÷जनजातिमा सूचीकरण भईसकेका छन् ।तथापी जातीयता र क्षेत्रीयताको राजनीतिले उग्ररूप लिएको बेला आदिवासी÷जनजातीहरुले अन्तर्राष्ट्रिय श्रम संङ्ठनको कन्भेन्सन नम्बर १६९ को आडमा आफू मात्रै यस मुलुकको आदिवासी÷जनजाती भएको दाबी गर्दै आएका थिए र छन्
पनि । तर अन्य सामाजिक समूह माथी देखाए को असहिष्णु व्यवहार ले खस क्षत्री हरु को आँखा खोली दियो । तथापि आदिवासी÷जनजाति शब्दको परिभाषाका सम्बन्धमा खस क्षत्री बीच समान धारणा बन्न सकिरहेको थिएन । सदिऔ देखिको नेपाली÷नेपाली बीचको सामाजिक सद्भाव यसरी बिग्रेला भन्ने अनुमानसम्म पनि गरिएको थिएन । माओवादी शान्ति प्रक्रियामा आएपछि र उनीहरु पहिलो संविधान सभाबाट सत्तारोहरणले आदिवासी÷जनजातिको आक्रोश खस क्षत्री माथि खनिन थाल्यो । त्यसबाट झस्किएर स्वयम् सिद्ध आदिवासी÷जनजाति खस क्षत्रीहरु पनि संगठित हुन थाले । आदिवासी÷जनजाति को आक्रोशको निशानमा खस क्षत्रीहरु किन हुन पुगे भन्ने बिषयमा केही प्रबुद्ध खसहरुले बिचार विमर्श गरे र त्यस को निष्कर्ष के निस्कियो भने खस क्षत्रीका बिरुद्ध माओबादीले आदिवासी÷जनजातिलाई उचालेको प्रष्ट ठहर भयो ।
यसै पनि केही आदिवासी÷जनजातिका बुज्रुकहरु खस क्षत्री नै आफ्नो सामाजिक समूहलाई उत्पीडन गर्ने मुख्य शक्ति रुपमा बिषबमन गर्दै थिए । यी सबै घटना क्रमलाई खस क्षत्रीले नजिकबाट नियालेर हेर्ने प्रयत्न गरि रहेका थियो । साथ साथै खस क्षत्रीहरु पनि संगठित हुने क्रम पनि चलिरहेको थियो । तथापि पहिलो सबिधान सभाको अवधी खस क्षत्रीको लागि अन्धकार युग नै हो कि जस्तो भान हुन थाल्यो । “क्षत्री जति फाँसी जा, बाहुन जति कासी जा” जस्ता अशोभनिय नाराले खस क्षत्रीहरुको लामो मौनतालाई तोड्दै गोलबन्द हुन उत्प्रेरित गर्यो । अन्ततः खस क्षत्रको प्रतिरक्षात्मक कदमले पहिलो संविधान सभाको कार्यकाल आफ्नो जिम्मेवारी पूरा नगरी अबसान हुन पुग्यो । पहिचानबादी अराजनैतिक चरित्रले तत्कालीन माओबादी अन्ततः फेस सेभ (मुख लुकाउन)को लागि कहिले काङ्ग्रेस त एमालेको पोल्टामा जानू पर्ने स्थिती
आयो ।
बिषय प्रबेश को क्रममा केही समसामयिक बिषय कोट्याउने काम भए पनि अब माथि उल्लेखित शीर्षमा प्रबेश गरौ । अब रह्यो को आदिवासी÷जनजाति हुन् र को होइन भन्ने बिषयमा ठोस निष्कर्षमा पुग्न जरुरी छ र त्यसको वास्तविक परिभाषा बारे जनकारी हुन आबश्यक पनि छ । आदिवासीका सम्बन्धमा आइ.एल.ओ. कन्भेन्सन नम्बर १६९ कै परिभाषा मान्ने हो भने पनि “कुनै पनि स्वाधिन मुलुकका ती जनता जो उक्त मुलुक बिदेशी अधिनमा पर्दा वा उपनिबेश बनाइदा वा त्यस बर्तमान राज्य सिमाहरु स्थापित हुदाका बखत त्यस ठाउँ मा वा त्यस मुलुक भित्र रहेका क्षेत्रहरुमा बसोबास गर्ने बासिन्दाका सन्तानहरु र जसले उनीहरुको वैधानिक स्थिति जस्तो सुकै भए पनि आफ्नै सामाजिक, आर्थिक, सांस्कृतिक र राजनितिक प्रथालाई सर्बाङ्ग वा आंशिक रुपमा कायम राखेका हुन्छन् तिनीहरुलाई आदिवासी भनिन्छ ।” यो तथ्यले यो मुलुकका खस क्षत्रीहरु आदिवासी हुन् भन्नेमा अब कुनै शंका गरि रहन पर्दैन । नेपालक खसहरु अबैदिक हुन । खसहरुमा वर्ण ब्यबस्थाको कुनै प्रभाब थिएन र जातिपातिको पनि प्रचलन थिएन । तथापी पछिल्लो कालखण्डमा जातीय प्रभाब भने देखिन आएको पनि सत्य हो ।
अब जनजाति बारे छोटो चार्चा तिर लागौ । यद्यपि अहिले नेपालीहरुमा जनजाति भन्ने बितिकै मङोलियन नश्ल भन्ने अर्थमा बुझ्ने गर्द्छन । तर बास्तबिकता त्यसो
होइन । खास कुरा के हो भने आर्थिक, सामाजिक, शैक्षिक, धार्मिक, सांकृतिक रुपले पछाडी परेका र दुरदराजका भिरपाखा र कुना कन्दरामा दुःख जिलो गरि जीवन निर्बाह गर्ने सामाजिक समूहलाई जनजाति भनिन्छ चाहे उनीहरु जुनसुकै नश्लका किन
नहुन् । यस सन्दर्भमा एक पटक जनजाति पृष्ठभुमिका बिद्वान बालाकृष्ण माबोहाङ्गले भनेका थिए म अहिले जनजातीय अबस्थाबाट माथि उठेकाले अब म जनजाति होइन । यसर्थ अब हाम्रो सन्दर्भमा को आदिवासी÷जनजाति हुन र को होइनन् भन्ने बहसको कुनै औचित्य देखिदैन । यद्यपि यो यथार्थतालाई नजरअन्दाज गर्नेहरुको कमि छैनन् । अब बेतुक र सामाजिक सद्भाव बिरुद्धका आवाजहरुले नेपाल र नेपालीको लागि घातक हुने निश्चित हुन्छ भन्ने कटु सत्यलाई हृदयगम गर्दै सम्पुर्ण बिद्वत बर्गको ध्यान नेपाली राष्ट्रियतालाई सुदृढ र सबल बनाउने तर्फ प्रयत्न गर्ने बेला हो यो । झनै बर्तमान राजनितिक परिदृष्यमा राष्ट्रिय एकता र मेलमिलापको खाचो अरु बढी खड्की राखेको सन्दर्भमा यस्ता असान्दर्भिक बिषयहरुको उठान बेतुकको कुरा हो । नेपालका जातीय इतिहास धेरै जसो बिदेशीहरु र केही स्वदेशी ब्राह्मणहरुले लेखी दिएका छन् । जस्ले आफ्नो कलम चलाउछ, निश्चय पनि कहि न कहि आफ्नो हित अनुकुल शब्दहरु चुहाएकै हुन्छ । तसर्थ कुनै पनि इतिहास वा अन्य केही होस त्यसलाई हाँसले जस्तै पानीमा मिसिएको दूध मात्रै खाए जस्तै गरि आफ्नो कमन सेन्स(ऋयmmयm क्भलकभ)को प्रयोग हुन सके सुनमाथि सुगन्ध हुने निश्चित छ । त्यसैले अब कुनै पनि नेपालीको आदिवासी÷जनजाति हुन र को होइनन
भन्ने अनावश्यक बहस लाग्नुको कुनै औचित्य छैन । यसैमा सम्पूर्ण नेपाल र नेपालीको हित निहित हुन्छ भन्ने लाग्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार