जनताहरु अझै रैती मात्रै

द्वारा प्रकाशित गरिएको हो |
January 26th, 2021
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

जनसंख्याको आधारमा समानुपातिक, समावेशी प्रतिनिधित्व सुनिश्चितता र आत्मनिर्णय सहितको स्वशासनको लागि सबै उपेक्षित, उत्पीडित, जाति, वर्ग, क्षेत्र, लिंग र समुदायले जमानादेखि उठाउँदै आएको पुरानै मागहरु अझै दोहोर्याई रहनु परेको अवस्था छ । यो लोकतन्त्रमा पनि आदिवासी सिमान्तकृत जनता रैतीभन्दा माथि उठेको देखिदैन । प्राप्त लोकतान्त्रिक गणतन्त्र पश्चात पनि उही माग दोहोर्याई रहने अवस्था किन पर्यो ? सहजै अनुमान लगाउन सकिन्छ । आफुलाई आदिवासी भूमिपुत्र तथा सिमान्तकृत समुदायको प्रतिनिधि हौ भन्नेहरु आआफ्नो दलका झोले मात्र बनेकाले निरीह जनताले यस्तो अवस्था झेल्नुपरेको हो । राजतन्त्रको बिदाई र गणतन्त्रको आगमन पश्चात पनि यहाँका भूमिपुत्र, आदिवासी, मधेसी लगायत सिमान्तकृत समुदायहरु आफुप्रति भएको होचा, अर्घेलोबाट अझै मुक्ति खोजिरहेकै छन् । तर मुक्ति कहाँ छ, कोसँग छ र कस्ले दिन्छ ? भन्ने कुरामा उनीहरुमा भ्रम छ । मात्र उनीहरु सामु अन्यौल छ । हरेक समस्याले समाधान बोकेर ल्याएको हुन्छ । प्रत्येक चुनौतीले सम्भावना ल्याएकै हुन्छ भन्ने कुरा विज्ञानसम्मत यथार्थ हो । नेपाली समाजको आजको यथार्थ भनेको पनि राज्य व्यवसथाले पारेको होचो, अर्घेलो, बेइमानीबाट मुक्ति पाउनु हो । जबसम्म नेपालको यथार्थलाई ढाकछोप गरिन्छ र दिग्भ्रमित पारिन्छ तबसम्म सिंगो नेपाली समुदाय चुप लागेर बस्ने छैनन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार