पुनः प्रचण्ड जातीयमुक्तिकै पक्षमा?

द्वारा प्रकाशित गरिएको हो |
January 26th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । कम्युनिष्ट नेताहरु पुनः ढाँटको खेती गर्न जनताबीच गएका छन् । भागबण्डा मिलेको दिनसम्म उनीहरु ठट्टैठट्टामा दिन बिताउँथे, जब भागबण्डामा किचलो भयो त्यसपछि औडाहा मान्दै जनताको धाक छोड्न जनताकैबीच जान थालेका
छन् । प्रचण्ड–नेपाल, झलनाथ खनाल अहिले यही नाटक गरिरहेका छन् । ओलीलाई सच्याउन सकिएन भनि जनता समक्ष गुहार माग्न थालेका छन् । यिनीहरुलाई देश र जनताको माया भए पश्चिम रुकममा जातीय विभेदका कारण मृत्युवरण गर्न पुगेका युवाहरु र कञ्चनपुरकी निर्मला पन्त प्रकरण जस्ता विषमा किन चुँ सम्म बोलेनन् । आफ्नो हुँदो भए जताततै ठीक देख्ने, जब भने जस्तो हुँदैन तब चिसो भुइमा पनि पलेटी कस्ने र टाउँको चिलाउँदै छ– मेरो टाउकोले अब हिंसात्मक आन्दोलन खोज्दैछ भनेर ‘हात्तीलाई नाङ्लो ठट्टाएर तर्साउन खोजे’झै तर्साउन खोजिरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधि सभा असंवैधानिक ढंगले विघटन गरेपछि आनदोलनमा उत्रिएका दाहाल–नेपाल नेतृत्वको नेकपाले माघ ९ गते शुक्रबार नेवा राज्यमा दोस्रो पटक प्रदर्शन गर्यो । सोही ¥यालीमा प्रचण्डले सम्बोधन गर्दै पहिलो पटक साँचो कुरा बोल्दै भने– ‘राजा महाराजाको श्रीपेच झिकेर लात्ताले हान्न सक्ने नेपाली जनताले हामीलाई त्यसैगरी बर्हिगमन गराउने छन् ।’ भन्दै संविधान बनिसकेपछि देश विकासको गतिमा गएको भनेर सोचिए पनि त्यो सम्भव नभएकोले आत्मलोचनाको लागि जनताबीच आउनु पर्यो भनि आफुहरुले संविधान निर्माणको क्रममा त्रुटी गरेको सहर्ष स्वीकार गरे । यसरी ठक्कर पाएपछि र भाग खोसिए पछि प्रचण्डहरुले पहिलो पटक साचो बोलेको सुनियो । प्रम ओलीले प्रचण्ड एण्ड कम्पनीलाई ठक्कर नदिएको भए उनीहरुले पनि यसरी जनताबीच आत्मलोचना गर्दैनथे । यस कुरामा प्रम ओली सम्पूर्ण ऐतिहासिक पृष्ठभूमि सहितको थातथलोको पक्षमा उत्रिएका पहिचानवादीहरुको निमित्त धन्यवादको पात्र बनेका छन् ।
जनयूद्धताका प्रचण्ड–बाबुरामहरुले नेपाली जनताबीच कसरी भ्रमको खेती गरेका थिए । त्यसलाई एकपटक स्मरण गर्नैपर्छ । त्यतिबेला माओवादीले उत्पीडित समुदायलाई जनयूद्धको आधार बनाएर, आर्य, खस, अर्थात कथित हिन्दू उच्च जातिवादको भण्डाफोर गर्दै सामन्तवादी सरकार ढाल्न भन्दै जनयुद्धताका प्रचण्ड–बाबुरामहरुले आदिवासीलाई उकास्न सम्म उकासेको जगजाहेरै छ । त्यसबेला बाबुराम भट्टराईले जनयुद्धको कमाण्डरको हैसियतले २०५३ साल फागुन ३० र १ गतेको नयाँ मोर्चा(सन्ध्याकालिन काठमाडौंबाट प्रकाशित हुने पत्रिकामा एक लेख लेखि ‘नेवार जातिले माओवादी जनयुद्धमा नलागे, नेवारको जातीय मुक्ति नहुन ठोकुवा समेत गरेका थिए । नेवारलाई मात्र नभएर यसैगरी हरेक जातजातिलाई उक्साएर जनयुद्ध शुरु गर्दै आफ्नो नीहित स्वार्थपूर्तिको लागि जनयुद्धलाई बीचैमा तुहाई क.प्रचण्ड र क.बाबुराम भट्टराईले जातीय सवाललाई तिलाञ्जली दिदै आदिवासी समुदायको बुई चढेर प्रमको कुर्सीमा पालैपालो बसेपछि जातीय, क्षत्रीय, स्वायत्तता, आत्मनिर्णयको र स्वशासनको सवालहरु चटक्कै बिर्सिदिएका छन् । जसले उनीहरुलाई पनि घातक बन्न पुग्यो । जातीय क्षेत्रीय आधारमा संघात्मक जातीय व्यवस्था आदिवासी समुदायको ढुकढुकी हो । यी मागहरु स्वभावैले न्यायोचित र जायज छन् । स्वशासन र आत्मनिर्णयको अधिकार दिइनुपर्ने कुरा गर्दा कतिपयले बिखण्डनवादीको बिल्ला भिराउँछन् जुन वैज्ञानिक र व्यवहारिक छैन । वास्तवमा त्यस्तो होइन त्यस्तो भ्रम कसैमा हुन्छ भने त्यो २५० वर्षदेखिको एकात्मक सामन्ती ब्राह्मणवादी राज्यसत्ताबाट ग्रसित सोचको परिणाम नै हो । आत्मनिर्णयको अधिकारले मुलुक झन् धेरै मजबुत चट्टनझै बन्छ । यसै प्रशंगमा लेनिनले के भनेका छन् भने– ‘सम्बन्ध विच्छेदको अधिकार घरलाई तहस नहस गर्न नभई झनै मजबुत र सुमधुर बनाउनको लागि त्यस्तो अधिकार दिइएको हुन्छ ।’ माओवादीले जनयुद्धताका यो सवाललाई महत्वकासाथ अगाडि ल्याएपछि राष्ट्रिय समस्याको रुपमा स्थापित त भयो तर माथि उल्लेख गरिएझै अहिले यो मुद्दालाई पूर्व माओवादीहरुले नै बिर्सिदिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार