—जङ्ग देवान
पृष्ठभूमी
देवान जातिमा जातीय पहिचानको चेतना धेरै पहिलादेखी भए तापनि २०४७ सालको संविधानले सामाजिक संस्था दर्ता गरी आफ्ना समुदायका सामाजिक गतिविधि गर्न छुट दिए पछि खुलारुपमा संगठति हुँदै आएको हो । २०५४ सालमा प्रारम्भिकरुपमा भेला भइ देवान जातिका विषयमा छलफल तथा सरसल्लाह गर्ने गरिएको थियो । यसप्रकारका भेलाले क्रमिकरुपमा छलफल गर्दैगर्दा विधिवतरुपमा देवान जातिको संस्था दर्ता गर्ने निर्णय गरियो । तत्पश्चात विधिवतरुपमा २०६४ सालमा किरात देवान समाजको दर्ता सुनसरीमा गरियो । देवान समाजको प्रधान कार्यालय धरान, सुनसरीमा रहेको छ भने जिल्ला समितिहरु धनकुटा, मोरङ, इलाम र तेह्रथुम्मा रहेका छन् । ती जिल्ला समितिको मातहतमा पालिका तहका समितिहरु पनि सञ्चालनमा रहेका छन् ।
२०६४ भाद्र ५ मा नेपाल सरकारले अन्तराष्ट्रिय श्रम संगठनको आदिवासी जनजातिसम्बन्धी महासन्धि–१६९(१९८९) अनुमोदन गरेपश्चात देवान समाजका अगुवाहरुले उक्त महासन्धिको धारा–१ ले प्रदान गरेको स्वपहिचानको अधिकारलाई कार्यान्वयन गराउन देवान जातिलाई आदिवासी जनजातिको सूचीमा सूचीकृत गराउने अभियान चलायो । आफ्नो अभियानलाई सार्थकता प्रदान गर्न गराउन २०६४ बैशाख २६ मा दर्ता भएको पहिचानवादी १४ किराती समुदायहरुको साझा संस्था आदिवासी किरात महासंघमा आवद्ध हुन पुग्यो ।
आदिवासी किरात महासंघमार्फत किरात देवान समाजका नेतृत्वहरुले आदिवासी जनजाति तथा मानवअधिकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी संयत्र तथा संरचनाहरुका बारेमा जानकारी हासिल गरी समुच्च किरात देवान समाजलाई सशक्तिकरण गर्दै आइरहेको छ । सालमैभएको माग गर्दै आाएको छ । आदिवासीका पहिचानका आवाजलाई तिव्रत्यसकै परिणामस्वरुप किरात देवान समाजको को ऐतिहासिकता केलाउँदा आजसम्मका आदिबासी, अन्य जात जातिहरु कुनै पनि बर्गहरुको जाति तथा थरहरुलाई नियाल्दा मुख्यत वर्ण, काम काजको विवरण र बसोबासो गरेको ठाउँ विशेषको आधारमा भएको पाईन्छ । जस्तो– वर्णश्रमको आधारमा ब्राहमण (बाहुन) तथा क्षेत्री, कामको आधारमा लिम्बु, पदको आधारमा राई, बसोबासोको आधारमा नेवार तथा याक्खा जाति भएका तथ्यहरु हाम्रा सामु छदैछ । कुनै पनि जात तथा थरहरु प्राणीको सृष्टिकाल देखि बनिएर आएका होईनन । समय सापेक्ष विकास हुँदै आएको हो । देवान पनि यस्तै आचरणबाट विकसित भएको किराँत क्षेत्रको एक जात हो ।
देवान जातिमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको परिभाषामा उल्लेख भएका ५ प्रमुख मापदण्डहरु विद्यमान छन् । ती मापदण्डहरु विद्यमान रहे तापनि देवान जातिलाई आदिवासी जनजातिको सूचीमा सूचीकृत नगराउनु देवान जातिमाथि अन्याय गर्नु हो । विभेद गर्नु हो । वहिष्करणमा पार्नु हो । जसले सामाजिक द्वन्द्वलाई प्रश्रय दिइरहेको अनुभुत गराएको छ ।
नेपालको संविधानले बहुजातीय, बहुसांस्कृतिक र धर्मनिरपेक्ष राज्यको सुनिश्चित्ता गरेको छ । तर देवान समुदायलाई राज्यको अभिलेखमा देखाइएको छैन । यसरी देवान जातिलाई पहिचान नदिनु भनेको राज्य स्वयंले संविधानले अवलम्बन गरेको बहुजातीय संरचनाको उल्लंघन गर्नुसरह हो ।
देवान जातिका भाषा, परम्परागत रीतिरिवाज, संस्कृति, सामाजिक संरचना र इतिहासका बारेमा तल चर्चा गरिएका
छन् ।
१. मातृ भाषा
किराँत देवानको मातृभाषा देवान भाषा हो । भाषामा प्रयोग हुने अक्षरहरु यस प्रकार छ ।
१. स्वर वर्ण–९ वटा (अ, आ, इ, उ, ए, ऐ, ओ, औ, अं) ।
२. व्यन्जन वर्ण–२९ वटा (क, ख, ग, घ, च, छ, ज, झ, ट, ठ, ड, ढ, त, थ, ध, न, प, फ, ब, भ, म, य, र, ल, व, स, ह)
०२. परमपरागत रीतिरिवाज
२.१. जन्मः जन्मेको दिन खबर सुने सुतक बार्ने (काम नगर्ने), भोलीपल्ट सुने नबार्ने । नौरन छोरीको ३ दिन र छोराको ४ दिनमा गर्ने ।
२.२. नौरनः अमला वा चिलाउनेको रुखको फेदमा एउटा ढुंगा गाडने, सोको दाँया बाँया तितेपाती वा सिमलीको लिंगो गाडने, दाँय लिंगोमा सेतो र बाँया लिंगोमा रातो धजा लगाउने । ढुंगाको फेदमा २ जोर तितेपातिको पात खप्टाएर राखी त्यो माथी चामल (अक्षेता) सिदर, सुपारी राखिन्छ । ढुंगालाई छोरा भए ४ र छोरी भए ३ फन्को काँचो धागोले बेर्ने । पुर्खालाई नयाँ मान्छे आयो, आयु देउ, स्वस्थ रहोस भन्नको लागि बाँस्ने भालेले पुजा गर्छ ।
२.३ भात खुवाईः बच्चालाई बाजे बोजुले सेतो टिका लगाई दिई सकेपछि टपरी र दुनामा राखेको भात मासु र तिहुन तरकारी पनि हातले खुवाई दिन्छ । त्यसपछि अरुले खुवाउँछ । बच्चालाई नयाँ लुगा लगाई
दिन्छ ।
२.४ छेवार ः मामाले केश खौरि दिने । केशलाई टपरीमा थाप्ने । खौरेर झरेको केसलाई सेतो कपढामा बाँधेर पिपलको बोटमा झुन्ड्यनउने । नुवाइ धुवाइ पछि नयाँ टोपी तथा लुगाफाटा लगाई दिने । यो काम ३ वा ५ वर्षमा गरिन्छ ।
२.५ गुन्यु चोलोः यो कर्म गरिन्दैन।
२.६ (विवाह (छोराको)ःः बेउली ल्यउँदा जन्ती जादैन । केटाको घरमा लगन टिका हुन्छ । लगन गर्दा नङलोमा १ जोर केराको पातमाथी भात र पानीले भरको चिण्डोको मुखमा सानो केराको पात बेरेर लगाउने । कुखुराको भाले र पोथी १ जोर मारेर केराको पातमा रगत चुहाउने । त्यो रगत फोका उठी फुटेमा नराम्रो हुने विश्वास । बेउलाले बेउलीलाई टिका सिदुर र पोते लगाई दिन्छ जग्गे बस्दैन । लगन आफ्नै जातले गर्छ । २.७ विवाह (छोरीको)ः बेउली लिन बेउलासहित ४ जना आउँछ र बेउलीलाई लोकन्दीसँग पठाईन्छ । बेउलाको घरमा बिहे हुन्छ । बिहेपछि लोकन्दीहरु बेउलीको माईतमा फर्कन्छ । उनीहरुको साथमा सपना देख्ने
(सेप्पाङ तोक्मा) को लागि सुगुरको एउटा फिला र १ पाथी रक्सि लएिर बेउलापट्टिको मान्छे आउँछ । बेलुका भात खाई सकेपछि मासु रक्सि खाईन्छ । यसरी आउने मान्छेलाई भोलीपल्ट फर्काइन्छ । बेउली माइतमा बस्छ पछि फर्किन्छ ।
२.८ मर्दाः मान्छेको सास गएपछि लास भनिन्छ । लासलाई सुनपातीले नुहाई नयाँ लुगा फेरि लिन्छ । भुईमा गोबरले लिपी केराको सिंगोपात (टुप्पा भएको) लाई उत्तानो पारी त्यसै माथी लासलाई पुर्व टाउको बनाएर सुताईन्छ र सेतो कपडा ओडाईन्छ । लासको छातीमा १ माना चामाल सेतो कपडामा पोकापारे राखिन्छ त्यसै माथी दुवाई हात राखिन्छ र १ रुपे पैसा निधारमा राखिन्छ जुन पैसा जलाउनु भन्दा पहिला उठाउँछ र क्रियपुत्री बसेको ठाउँमा राखिन्छ । लासलाई जलाईन्छ । १० वर्षभन्दा मुनीको भएमा गाडिन्छ । नौरन नगरी बच्चा मरेमा सो बच्चालाई माटोको हाडीमा लगाई जंगलमा लगेर गाडिन्छ । जुठो बार्दैन । दाँत नफेरिएसम्म १ छाक मात्र जुठो (नुन) बारिन्छ । लास बोक्ने चेथाप (ताप्ची) बनाउँदा बाँसको भाटा टाट्ने नपारी पुरुष भए ४ र महिला भए ३ वटा सलक्क लामो र तेर्सो गरी बाँसमा बाँदिन्छ । कात्रो सेतो हुन्छ र त्यसैको १ टुकूाबाट नाम छाया बनाई टाउकोले थिची राखिन्छ । सेतो कपडाले लासलाई वरिपरि लास नदेखिने गरी बेरिन्छ । त्यही सेतो कपडा पछि क्रियापुत्रीले घुम्टो र लङ्गौटी बनाएर क्रियापुत्री बस्छ । लास लैजादा लासको अगाडि सेतो धजा र लाया छर्दै दुइ जनाले तरवार बाक्छ र हिडछ । लासको पछि रातो ध्जा र उझिण्डो भएको चङ्गेमा अलिकति तेल लगाई १ जनाले बोक्छ र पछि पछि हिडछ । क्रियापुत्री बस्छ । छोराको भए ४ दिन र छोरीको भए ३ दिन्मा नुनतेल छोइइ ज्वाई चेलाबाट चोखिन्छ । चोखिने दिन्मा मृतकलाई पिण्ड लिइन्छ । बर्खानत बार्ने चलन छैन ।
४. छुट्टै साँस्कृतिक पहिचानः देवानको छुट्टै सांस्कृतिक पहिचानका निम्न आधारहरु
छन् । १. प्रकृतिक पुजक । २. किराँत परिवार भित्र देवान जाति बाहेक अरुसँग मांगी, चोरी, मेलमिलाप विवाह हुन्छ । ३. भेषमा छोराले सेतो दौरासुरुवाल, हस्कोट, कालो जुत्ता । छोरीले छिटको बुट्टे गुनियु, छापेको चोलो, गलबी पटुका लगाउने । ४. गरगहनामा ढुंग्रि, बुलाकी, सिसिफुल र हुनेले लुको
(चेप्टेसुन) र सिरबन्दि लगाउँछ । ५. पितृपूजा ठाउँ अनुसार केही फरक पाईएता पनि एकरुपता बनाईदै छ । बोधे धनकुटामा प्रत्येक सााल सबै मिलेर जमेर जमरे औसिको दिन रातो माटोले लिपेको घरमा राखिएको खोर्बे खार्बेनीलाई सुगुर वा कुखुराको भालेले पुजा गरिन्छ । सुम्बेक इलाममा प्रत्येक वर्ष मंसिर १५ गते पितृ तर्पन पुजा सामुहिक रुपले गर्दछ । ६. कुल देवता नयाँ धान बाली खाँदा एउटा बास्ने भालेले बोजु पुजा गरिन्छ । रामबेनीमा बोकाले खडाग निसानालाई कन्ने केटाले पुजा गरिन्छ । बोधे, हाडा आदि गाउँमा नगरा निसानालाई पुजा गरिन्छ । ७. धामी, विजुवा, झाँकि, फेदाङमा हुदैन । ८. फुपु चेला मामा चेलामा विवाहावारी
हुँदैन । ९. धुरी काटेर घर बनाइन्दैन । १०. नमस्कार भन्नु पर्दा सेबावे भनिन्छ । ११. पुजा घर रातो माटोले लिपेको हुन्छ । १२. मुख्य देवता ठाउँ अनुसार बोजु, खोर्बे, खार्बेनी होे । १३. कार्तिक मंसिरमा उधौली । चैत बैसाखमा उभौली पुजा गरिन्छ । १४. घरपैचो, चौतारो आदी बनाउँदा मासु भातको भतेर र ढोल नाच गरिन्छ । १५. चुलामा खाना पकाउने काममात्र हुन्छ चुला पुजा
गरिन्दैन । १६. पहिचानको लागि देवानटार—भोजपुरमा । देवान ढुङ्गा—धनकुटाको लेउती खोला र हात्तिखर्कामा सथै संखुवासभाको आँखिभुईमा । देवान कुवा, देवान कचहरी—धनकुटाको तल्लो कोप्चेको तल । राममन्दिरको निर्माण—मादी रामदेनी संखुवासभा को पिलुवा खोला र माया खोला दोभानमा । त्रैलोक्यसोर मन्दिर निर्माण—कुरुले फेदी फलामेटार, धनकुटा । किराँतेश्वर मनिदर—खुवाफोक कुशेटार, धनकुटा । देवनछाप—इरौटार,
इलाम । देवान गडि—इरौंटार इलाम । देवानगंज—सुनसरी ।
०५. छुट्टै सामाजिक संरचनाः पुख्यौली थलो संखुवासभाको मादी रामदेनी देवान गाउँ
हो । देवान जातको थरमा मादीहाङ, पुत्लुङहाङ, तेन्छोङहाङ, पिनुङहाङ, मोराहाङ छन् । धेरै जसो देवानको थरीहरु अलग अलग झुण्डाको रुपमा बसोबासो छ । जस्तो–तेन्छोङहाङ–चैनपुर आम्बोटे । पुत्लुङहाङ–मादी रामबेनी, बोधे, बेगना, इनामे, तुंखा, पाँचथर आरुबोटे, सुम्बेक इलाम, पाँचथरको सिदिनमा । मादीहाङ–मादीमुलखर्क, तेह«थुमको होडामा, पाँचथरको आङना, थेपाङ, झापाको
गाडागल्ली । मोराहाङ र पिनुङहाङ–मादी मुलखर्क, थेपाङ आदि गाउँहरु । देवान बसोबासो गरेको स्थानमा अरु जातिलाई देवानले बसाएको हो । किराँत देवान समाजले तथ्याङ्क बटुले अनुसार देवानको जनसंख्या २७३७ छ । अरु ठाउँको जनसंख्या लिन बाँकी छ । नेपाल सरकारको निजामति नोकुरीमा छैन, प्रहरी र सेनाको तल्लो दर्जामा केही, वकील छैन । डाक्टर केही, इन्जिनियर
छैन । नर्समा केही, शिक्षामा केही, राजनीतिमा छैन, विदेशमा केही, पत्रकारमा केही, स्नाकोत्तरमा केही । कृषि पेशामा आधारीत अरुको गुलामी भएर बस्न नसक्ने, आफनै बलबुतोमा भर गर्ने स्वभिमानी । अरु जात तथा समुदायसँग ज्यादै घुलमिल भएर बस्न रुचाउने, अभिमानी नहुने । पहिला छुवाछुतको भावनामा प्रेरीत भए पनि हाल कम हुँदै गएको । देबी देवतामा आस्ता राख्ने, अन्धविश्वासलाई प्रश्रय दिने । महिला प्रति उदार भावना राख्ने । अर्काको अधिकालाई हनन नगर्ने । जाई कटक नगर्ने, आई लागे पछि नपर्ने । संयुक्त परिवार बस्दैन । आफुभन्दा ठुलोलाई आदर गर्छ । धेरै जसो घरको मुलि पुरुष हुन्छ ।
०५. लिखित वा अलिखित इतिहासः
(क) लिखित इतिहासः टिपोट वंशवाली अनुसार बिजैपुरका सेनराजाहरुलाई टिका दिएको साल सम्बत १७०९ साल – श्री बिरमान्धातासेन, सम्बत १७३५ साल – श्री सुभैसेन, सम्बत १७८२ साल – श्री महिपतिसेन, सम्बत १७९५ साल – श्री हरिहररायसेन, सम्बत १८०० साल – श्री विसमबरसेन, सम्बत १८०७ साल – श्री बिक्रमसेन, सम्बत १८११ साल – श्री कामदत्तसेन । ज्ञानमणि नेपालद्धारा लिखित नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान नेपालबाट प्रकाशित नेपाल निरुक्त प्रथम संकरण वि.स.२०४० पेज न.ं २८० मा देवानको पुर्बज विजयपुरमा राजा र पदाधिकारीहरुको नाम चोखा राई– वि.स. १७७९, श्रीकान्त राई १८१३। १८१७–१८१८, जसकर्ण राई– १८२२ असोज र माघ, बुद्धिकर्ण राई १८२८–१८२९ छ । सोही किताबको पेज न.ं २८३ मा कामदत्तसेनले रामभद्र पण्डितलाई गरिदिएको स्याहा मोहरको (वि.स.१८१३) फडकेमा र २८४ मा सीरीकान्त रायले तुलाराम पण्डितलाई दिएको बिर्ता मोहर
(१८२१), जसकर्ण राइले रामभदूलाई नै पुराहित्याई काम दिएर गरिदिएको मोहर
(१८२२) । पेज न.ं २९० मा बुद्धिकर्ण राईले रामभद्र पण्डितलाई बिर्ता दिई गरिदिएको मोहर (१८२४) र तुलाराम पण्डितलाई बिर्ता दिएर गरिदिएको मोहर (१८२९) । ललमोहरहरु निम्न छन् ।
— गजदल राई — सम्बत १८४३ साल बैसाखवदी ५ रोज ५ शुभम ।
— पंचकर्ण राये — सम्बत १८४७ साल
— पंचकर्ण राई आशिकराम राई — सम्बत १८४७ साल फगुन…रोज ५ शुभम ।
— पंचकर्ण राई आशिकराम राई — सम्बत १८४८ साल आषाढबदी ३० रोज ६ शुभम ।
— पंचकर्ण राई आशिकराम राई — सम्बत १८५० साल
— आशिकराम राऐ — सम्बत १८५१ साल चैत सुदि ७ शुभम ।
— आशिकराम राई — सम्बत १८५३ साल फागुन सुदि ५ रोज २ शुभम ।
— आशिकराम राये — सम्बत १८५५ साल पौष सुदि ५ रोज ४ शुभम ।
— पंचकर्ण राये — सम्बत १८६५ साल आषडसुदि ६ रोज ४ शुभम ।
— रुपनारायण — सम्बत १८८९ साल आश्विनवदि ९ राज ३ शुभम ।
— महाबिर नरबिर रुपनारान — सम्बत १८९१ साल श्रवाणवदि ४ रोज ५ शुभम ।
— छरुवा त्रिबेणी त्रैलोक्यश्वर मन्दिर सम्बत १९२१ साल फागुनवदि ६ रोज ५ शुभम ।
— त्रैलोक्यश्वर मन्दिर गुठी मिलापत्र— वि.स. १९२६ आषढ वदि ७ रोज ५ शुभम ।
मानाचामाल
— रुपनारायण राई महाबिर राई — सम्बत १८८५ साल बैशाखवदि ११ रोज ५ शुभम ।
— महाबिर रुपनारान — सम्बत १८९२ साल कार्तिकवदि ६ रोज २ शुभम ।
— अर्जि — मिति नलेखिएको ।
प्रकाशनहरु
— देवान एक परिचय र वंशवाली — वि.स.२०५४ ।
— विजयपुर देवान वंशवाली—वि.स.२०५८।
— किरात देवान स्मारीका—वि.स.२०६८।
— देवान भाषा शब्दवाली — वि.स.२०६९।
(ख) अलिखित इतिहास ः सूर्य वंशी, काशी गोत्र, भैसीको मासु, बाम माछा, चेपा र पाहा खान नहुने किम्बदन्ति भिक्षा माग्न आएको एक साधुको तथास्तु बचनबाट युवति गर्भावति भईन । बच्चा जन्माएपछि उनी मरिन । बच्चालाई दुध खुवाउन सोही दिन भैंसी ब्यायो । यि क्रिया कर्म एकै दिन भयो । त्यसैले सूर्य वंशी भएको सुनि आएको ।
(जंग देवान, राष्ट्रिय आदिवासी जनजाति महासंघका उपाध्यक्ष तथा प्रदेश नं. १ का प्रमुख हुन् ।)
पहिचानका लागि संघर्षरत देवान जाति
January 19th, 2021
अनुमानित पढ्ने समय : 7 मिनेट
फाईल तस्विर
ताजा समाचार
लोकप्रिय
© 2021: Chhaharaa मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Elitetechnepal