ईतिहासमा नेपाली कम्युनिष्टको फुट र अकर्मन्यता

द्वारा प्रकाशित गरिएको हो |
January 19th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

नेपालको कम्युनिष्ट आन्दोलनमा फुट र विभाजनका पछाडि पार्टी नेतृत्वको अकर्मन्यता एउटा मूल कारण हो भने अर्काे पार्टीमा विकसित संशोधनवादी विचलन नै प्रमुख रहँदै आएको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा संशोधनवादी धारको मार्गमा पार्टीका अग्रसरता १९५५ देखि नै हुन थालेको हो । जब १९५५ मा भएको दोस्रो पार्टीको सम्मेलनले पार्टीको पहिलो घोषणा पत्रलाई परिमार्जन गर्दै आफ्नो क्रान्तिकारी कार्यक्रमलाई फेर बदल गर्यो । त्यो संशोधन गरेर पार्टीले राजावादी र प्रतिक्रिया शत्तिललाई समेत मान्न हुने खालका कार्यक्रम अगाडि सार्न थालियो । यसै महाधिवेशनबाट पार्टीले शान्तिपूर्ण आन्दोलन गर्ने र संवैधानिक राजतन्त्रलाई मान्ने भन्दै लिखित निवेदन पनि दिएको थियो । यसरी पार्टी दक्षिणपन्थि संशोधनवादी मार्गमा प्रभावित भयो । १९५६ मा सोभियत संघ पार्टीको २० औ महाधिवेशनमा खुस्चेवी संशोधनवादको विजयले नेपालमा पनि दक्षिणपन्थी संशोधनलाई मलजल दिने काम गर्यो । मनमोहन अधिकारी र डा.केशरजंग रायमाझीले नेपाल कम्युनिष्ट पार्टीलाई राजावादी र दक्षिणपन्थी संशोधनवादी मार्गमा लैजान महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।
यद्यपी, पार्टी नेतृत्वमा राजावादी र दक्षिणपन्थी संशोधनवादीको प्रभाव भएता पनि पार्टीका कार्यकर्ताहरुमा र पार्टीका केही नेतामा क्रान्तिकारी सिद्धान्त र विचारको बाहुल्यता भएको पाइन्छ ।
त्यसैको आधारमा नेपालमा राजावादी र दक्षिणपन्थी संशोधनवादीका विरुद्ध विद्रोह गरेर क्रान्तिकारी सिद्धान्त र विचारमा आधारित पार्टी गठन नभएका पनि होइनन् । तर, तिनै क्रान्तिकारी सिद्धान्त राजनीति भएको पार्टी नेतृत्व(महासचिव अध्यक्ष)को गैर जनवादी कार्यशैरी र संकीर्णतावादी कार्य पद्दती र नेतृत्वदायी कौशलका अभावका कारण पनि पार्टीका आन्तरिक अन्तरविरोधलाई हल गर्न नसक्दा पनि नेपालका कम्युनिष्ट पार्टीहरुमा विभाजन हुँदै आएको हो ।
त्यसैगरी संयुक्त मोर्चाबारे देखिएका बाम संकीर्णतावाद पनि नेपालको कम्युनिष्ट आन्दोलनमा कम हानिकारक रहेको छैन । केही पार्टीसँग स्थानीय तहमा मात्रै संयुक्त मोर्चा गर्ने तर राष्ट्रिय तहमा त्यसैसँग संयुक्त मोर्चा हुन नसक्ने संकीर्णतावादी सोचले पनि नेपालको कम्युनिष्ट आन्दोलनमा मात्र नभई समग्र आन्दोलन र परिवर्तनलाई लामो समयसम्म नकारात्मक असर पगर्न गयो । नेपाली कांग्रेसप्रतिको सम्झौतावादी धार र वा नेपालको राष्ट्रियता र जनतन्त्रको सवालमा देखिएका केही कमी कमजोरीमाथि मैत्रीपूर्ण आलोचना र बहस नचलाई कसैलाई गद्दार, सिआईडी आदिको ििवशेषण दिने संकीर्णवादी सोचले पार्टी एकता प्रक्रियामा प्रभाव मात्र परेन, पार्टी विभाजनको कारण पनि बनेका छन् । पार्टी नेतृत्वको सिद्धान्त निष्ट संघर्षको बाटो अख्तियार गर्न नसक्नु र अन्य समुहसँग सैद्धान्तिक वादविाद नचलाईकनै अससम्भावित सम्बनध विकसित गर्ने प्रवृत्ति अहिलेसम्म पनि नेपाली कम्युनिष्ट आन्दोलनको एकतामा बाध देखिएको छ । जनवादी केन्द्रीयताको नाममा केन्द्रीयतालाई मात्रै सँधैभरि गलत रुपमा उपयोेग गर्दै पार्टीलाई एउटा साँघुरो घेरामा नै सिमित राख्ने पार्टी नेतृत्वको कार्यशैली र व्यवहार अझै विद्यमान छ ।
पार्टी नेतृत्वले मनोमानित रुपमा चयन र विस्थापन गर्ने कार्यशैली अंगिकार गर्ने प्रवृत्ति नेपालका कम्युनिष्ट पार्टीहरुमा अझै छन् । पार्टी नेतृत्वले पार्टीको विकास र विस्तारलाई भन्दा आफ्नो व्यक्तिगत राजनीतिक अस्तित्वलाइृ अनावश्यक रुपमा बढ्ता महत्व दिएर काम गर्ने प्रवृत्तिको विकास अहिलेको आम प्रवृत्ति भएको छ । पार्टीमा फरक मतको अस्तित्वलाई इज्जत साथ स्वीकार मात्र हैन, त्यसलाई प्रश्रय दिने र पार्टी नेतृत्वले पार्टी सदस्यले उठाएका सवाललाई पार्टी बैठकमा छलफल र अन्तरक्रियाको प्रशस्त मौका नदिने र पार्टी बैठकमा पार्टी नेतृत्वले आफ्नो भनाईलाई जे जसरी भए पनि पास गराएर छाड्ने प्रवृत्तिले पार्टी विभाजनलाई नै मद्दत गर्दै आएको छ । कति पय अवस्थामा पार्टीका हित भन्दा व्यक्तिगत स्वार्थ र महत्वकांक्षाको पक्षमा पार्टीका नीति गलत दिशामा मोड्ने प्रयत्न गरेको पाइन्छ भने कुनै बेला दुश्मन र विरोधीले पार्टीलाई योजनाबद्ध र सुनियोजित रुपमा गैर क्रान्तिकारी दिशामा लैजाने प्रत्यन् गर्दछन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार