प्रचण्डलाई पुनः प्रचण्ड बनाउन नेवा राज्यमा नेवा खल उत्रनु पर्ने रे !

द्वारा प्रकाशित गरिएको हो |
January 19th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । रोजीरोटीको कुनै पनि प्रवाह नगरी, हजारौहजार कर्मचारी देखि लिएर, के बुढाबुढी, के बालबालिका समेतले लोकतन्त्र स्थापना गर्नमा आफ्ना–पराया केही नठानी यसको उसको नेतृत्व नभनिकन मेरो काम बित्यो या मेरो समय बर्बाद भयो नभनिकन गणतान्त्रिक बहालिको लागि यूद्धस्तरमा रहे । सबैको यसप्रकारको सामूहिक योगदान स्वरुप यूगान्तकारी परिवर्तन भयो । तर आम जनताले गणतन्त्र आएको आभाष सम्म पाउन सकेका छैनन् मुठ्ठिभर व्यक्तिहरुले तर् मार्न पाए शिवाय । राष्ट्रवादी सचेत नेपालीहरु, पत्रकार समाजसेवी, बौद्धिक समुदाय, नागरिक समाज, कस्तो गणतन्त्र ल्याइएछ भनेर पुर्पुरोमा हात राखेर सोच्न बाध्य भएका छन् । र गणतन्त्रको नाममा जेमन्त गरिएकोमा दुर्भाग्य ठानेका छन् । हुन पनि गणतन्त्र बहाली पश्चात मुलुकमा राजनैतिक दलहरुको खाँडो जागेको छ भने, आम जनतामा नैराश्यता पैदा हुनेक्रम
छ ।
विगतलाई छोडी अहिलेको परिस्थितिलाई हेरौ गणतन्त्रको नाममा यहाँ के मात्र भएको छैन ? नेकपा विवाद चरम उत्कर्षमा पुगेको छ । त्यो विवाद नीति र सिद्धान्तको नभई भागशान्ति, जय नेपालको विवाद भएको सर्वविदितै छ । एकथरीले बहुमतको सरकार छदाछदै प्रतिनिधि सभा विघटन गराएको छ भने अर्काे समुह प्रतिनिधि सभा पुर्नस्थापित गर्नको लागि कुनै पनि कसरत बाँकी नराख्ने, प्रतिनिधि सभा पुर्नस्थापित गराउने मुद्दामा कांग्रेसले साथ दिए शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बनाउनेसम्मको प्रतिबद्धता जाहेर गरेर प्रचण्ड समुहले सौताको रिसले लोग्नेको काखमा पिसाब फेरेको कुरालाई चरितार्थ गरेका छन् । हालैमात्र देउवासँगको भेटमा प्रचण्ड एण्ड कम्पनीले प्रतिनिधि सभा पुनःस्थापना गराउने सवालमा संयुक्त संघर्षदेखि सत्ता सहकार्यसम्मको प्रस्ताव अगाडि सारेका छन् । प्रचण्ड नेपालको कुरा सुनिसकेपछि कांग्रेस सभापति देउवाले हाम्रो पहिलो प्राथमिकता प्रतिनिधि सभा पुर्नस्थापना नै हो तर संसद पुर्नस्थापना हुने नहुने यसै भन्ने अवस्था छैन । यही कारण चुनावको तयारी तर्फ पनि लागौ भन्ने सोच बनाएको हुँ । नेकपा भित्रको बखेडाको कारण अब नेकपा एक्लैले सरकार निर्माण गर्न सक्ने परिस्थिति छैन । सरकार बनाउन कांग्रेसको साथ अनिवार्य हुन आउँछ । कदमकदाचित प्रतिनिधि सभा पुर्नस्थापित भए पनि देउवानै शक्ति सन्तुलनको केन्द्रबिन्दुमा पुग्ने
देखिन्छ ।
गणतन्त्र पश्चात पनि मुलुक अत्यन्तै कठिन परिस्थितिबाट गुज्रि रहेको छ । राजनैतिक दलहरुले जनता र राज्यको पक्षमा जिम्मेवार र उत्तरदायित्व बहन गर्न नसक्नु नै मुलुकमा यस्तो अवस्था सिर्जना भएको हो । यस्तो अवस्थामा पनि दलहरु राष्ट्र र जनताको पक्षमा एकजुट भई समस्याको समाधान खोज्नुको अलावा कुर्सी र सत्ताको होडबाजीमा देखिन्छन् । नेताहरुको यस्तो रवैयाको कारण जनताहरु निराश र अलमलमा परि कुहिराको कागझै बनेका छन् । नेताहरु यसरी एकआपसमा घात प्रतिघात गर्दै स्वार्थी पूर्ण फोहोरी खेलमा उत्रदा भष्मासुरलाई महादेवले बरदान दिएको झै अनुभूति जनताले गर्न थालेका छन् । दश वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको लक्ष्य र संकल्पलाई संस्थागत गर्ने पक्षमा दलहरु एक ढिक्का नहुँदा सहिदहरुको बलिदानबाट प्राप्त गणतन्त्र बोकाको मुखमा कुभिण्डोझै हुन पुगेको छ । एकात्मक शासन प्रणालीको अन्त्यसँगसँगै जनताहरुले युगान्तकारी परिर्वतको आशा गरेका थिए तर ती आशाहरु निराशामा परिणत भए ।
नीति र सिद्धान्तलाई तिलाञ्जली दिँदै भागबण्डा, जय नेपाल, नातावाद, कृपावादका अतिरिक्त कुर्सी छिनाझम्टीलाई प्रमुखताकासाथ लिई अगाडि बढ्ने कथित लोकतान्त्रिक नेताहरुका कारण जनताहरुको आशा यसरी निराशामा परिवर्तन भएका हुन् । दलका नेता तथा कार्यकर्ताहरुले जनविरोधी शैलीलाई सच्याएर जनतासँग नङ र मासुको जस्तो होइन धर्ती र आकाश जस्तो सम्बन्ध राख्दै जाने हो भने देशले गणतन्त्र आएको अनुभूति कहिल्यै गर्ने
छैनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार