खस आन्दोलनको औचित्य र आबश्यकता

द्वारा प्रकाशित गरिएको हो |
January 10th, 2021
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

–इन्द्र बहादुर बराल
जनआन्दोलन २०४६ को राजनीतिक परिवर्तनसङ्गै विभिन्न कालखण्डमा गुम्सिएर रहेका अनेक पीडा र कुण्ठा बोकेका केही सामाजिक समूह हरु बिशेष गरेर आदिबासी र जनजाति, मधेशी, दलितलगायतका सामाजिक समुहहरुमा संगठित जागरण देखा प¥यो । त्यो जागरण गणतन्त्र नेपालसम्म आइपुग्दा सशक्त ढङ्गले आफ्नो उपस्थिति जनायो । तर खस जातिमा भने कुनै जागरण र चेतनाले काम गरे जस्तो देखिदैन्थ्यो । जब आदिवासी र जनजातिलगायतका सामाजिक समूहहरुले खस जातिबिरुद्ध संगठित तर अभद्र तरिकाले सडकमा देखिन थाले । त्यसबाट खस जातिका अगुवाहरु सचेत र जागरुक देखिए । तिनै सचेत र जागरुक खसहरुले संगठित हुन आबश्यक ठानेर पुर्बमा खस क्षत्री समाज गठन गरे । त्यही संगठनको माध्यमबाट खस जागरणको आरम्भ भएको पाइन्छ । त्यही समयको हाराहारीमा पोखरामा पनि क्षत्री समाज नामको अर्को संगठन पनि गोलबन्द हुँदै गरेको थियो । यद्यपि ती दुई संगठन खस क्षत्री समाज र क्षत्री समाज नेपालका उद्देश्यहरुमा ठूलो भिन्नता थियो । शुरुका समयमा क्षत्री समाजले खस पहिचान स्विकार गरेको थिएन भने खस क्षत्री समाज निर्भिकताका साथ खस पहिचानलाई उच्च प्राथमिकताकासाथ मुल मुद्दा बनाएको थियो । यसरी समाज नेपाल र खस क्षत्री समाज बिचको मतान्तरले खस क्षत्रीहरुको आन्दोलनलाई केही अन्यौल र अलमल बनाएको थियो । पछि क्षत्री कुनै खास जाति हो कि ब्यबसायिक समूह हो भन्ने बारेलाई पनि बहसको बिषय बनाइयो । यसै सन्दर्भमा प्रा.डा.कृष्ण बहादुर थापाले “खस आवाज” मा भनेका छन खस जाती एउटा प्राचीन जाती हो र उनीहरुको पेशागत थर “क्षत्री” हो । प्रा.डा.गोपाल शिवाकोटीले झनै जोडदार ढङ्गले भनेका छन् आफ्नो पुस्तक “खस जाति स्वत्वको लडाइमा क्षत्री जाति नभई पेशाकर्मी समूह हो । यस्ता धेरै विद्वानहरु क्षत्री जात नभई व्यावसायिक समूह हो भन्नेमा एक मत देखिन् थाले । अब खस र क्षत्रीका बारेमा धेरै बहस र बिबादको बिषय बनाउन पर्ने देखिदैन । प्रशिद्ध मानवशास्त्री डोर बहादुर बिष्टले त झनै सशक्त आवाज उठाउने पहिलो व्यक्ति नै हो खस जातिका सम्बन्धमा । आदिवासी र जनजाति चर्चित बिद्वानहरु डा.जगमान गुरुङ र डा.केशबमान शाक्यले क्षत्रीहरुको जातिय उत्पत्ति खसलाई नै मानेका छन् । यसबाट के प्रष्ट हुन्छ भने “खस” नेपालको सबैभन्दा प्राचीन जाति हो । डा.शाक्य थप्नु हुँदै भन्नु हुन्छ खसहरुको उद्गम थलोको बारेमा बिचार राख्नेहरु पश्चिम इरानको खशिस्तान, ककेसस पर्बत, काश्पियन सागर, अफगानिस्तानको खस पृष्ठभुमि ,खस नदि, बाल्हिक प्रदेशको वडा खसान, हिन्दुकुश पर्बत, काशगर, काश्मिर, कुमाउ गडवालको खसमण्डल हुँदै नेपालको पश्चिममा कर्णाली प्रसबण क्षेत्र मा रहेको “खस साम्राज्य”सम्म देखाएका छन् । नेपालको ईतिहासको सन्दर्भमा नेपाली खसहरुको ऐतिहासिक थातथलो कर्णाली प्रदेश हो ।
माथि उल्लेखित प्रशङ्गलाई ध्यानमा राख्दै खस आन्दोलन र त्यसको औचित्य र आबश्यकता किन भन्ने प्रश्नको निरुपण तिर लागौ अब । जनआन्दोलन ०६२÷६३ ताका देखि नै नेपालमा जातीय आन्दोलनले राजनितिक, सैद्धान्तिक र बैचारिकतालाई ओझेलमा पार्यो । राजनितिक र सैद्धान्तिक चर्चा परिचर्चा कम हुन थाल्यो । लगभग जताततै जातीयताका बारेमा मात्र बहस र छलफल हुन थाले । अझ भर्खरै हत्या हिंसाको राजनीतिलाई परित्याग गरि शान्ति प्रकृयामा आएको नेकपा माओबादी आफ्ना राजनितिक आदर्श र सिद्धान्तलाई परित्याग गर्दै जातिबादी चिन्तनलाई आफ्नो मुल मुद्दा बनायो । जस्का कारणले अन्य सामाजिक समुहहरु मध्य खस क्षत्रीहरु पनि संगठित र जगरुक हुन बाध्य बनायो । तर ब्राह्मणहरु धेरै समयसम्म अलमल परे र पर्ख र हेरको नीतिलाई पछ्याएको देखियो । किन कि उनीहरु धेरै चतुर सामाजिक समूहमा पर्दछन् । पहिचानको राजनितीको शिर्ष नेतृत्वमा पनि ब्राह्मण नै भएकाले हुनसक्छ उनीहरु ढिलो गरेर खस आन्दोलनमा सामेल भएका थिए । मुलुकमा संघीय संरचनालाई जातीय आधारको बिरोध गर्दै खस क्षत्रीहरुको नेतृत्वमा २०६९ जेष्ठ १४ गते मध्य रातसम्म ब्राह्मणहरु साथमा रहे । यद्यपि खस क्षत्री समाज भने जातिय पहिचानको आधारमा प्रदेश निर्माण गर्ने हो भने खसान प्रदेश हुनु पर्ने पहिले शर्त अघि सारेको थियो । पहिचानको सबाल क्रमशः कमजोर हुँदै गएपछि परिस्थिति सामान्य हुँदै गएको थियो । यद्यपि पहिचानको झिनो आवाज भने सुनिदैछ । पहिलो संबिधान सभाको अबसानसँगै जातिय द्वान्दको पनि अन्त्य जस्तै भएको थियो ।
खस क्षत्रीको आन्दोलनले तय गरेका महत्वपूर्ण मुद्दाहरु अध्याबधी बाकि छन जुन राज्यले अझै संबोधन गर्न आनाकानी गरि रहेको छ । माथी त केबल बिषय प्रबेशको शिलसिलामा आन्दोलनको चर्चा गरिएको मात्र हो । मुल मुद्दाहरू त्यसै थाती रहेका छन् । क्षत्री समाज नेपाल ले उठाएका सबालहरुको औचित्य सकिए पनि खस क्षत्री समाजले उठाएका मुद्दाहरू अझै अलपत्रै
छन् । अब को आन्दोलन ती अलपत्र रहेका मुद्दाहरू लाई स्थापित गराउन शसक्त रुप मा खस क्षत्री हरु संगठित हुनु को बिकल्प देखिदैन।जब सम्म क्रमशः यी तीन मुद्दाहरू राज्य ले संबोधन गर्दैन तब सम्म खस क्षत्री हरु ले विश्राम लिनु हुदैन।कुनै न कुनै रुप ले राज्य लाई दबाब दिई राख्नु पर्ने हुन्छ । नेपाल को संबिधान मा खस लाई आर्य सङ्ग जोडेर राखिए को छ । त्यसै पहिलो काम खस लाई आर्य बाट अलग गराइ गौरबशाली खस जाती को स्वतन्त्र अस्तित्व कायम गराउनु पर्ने छ । दोस्रो हो राज्यको संपुर्ण तह र तप्का मा जातिय जनसंख्या को आधार मा समानुपातिक समाबेशी प्रतिनिधित्व र तेस्रो हो खस क्षत्री लाई मौजुदा आदिबासीरजनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २९५८ अन्तरगत आदिबासी जातिमा सुचिकृत गर्ने । तसर्थ जबसम्म माथी उल्लेखित मुद्दाहरु राज्यले संबोधन गर्दैन तब सम्म खस क्षत्रीको आन्दोलनको औचित्य र अबश्यकता रहि रहन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार