जनयुद्धताकाको बाचा खै?

द्वारा प्रकाशित गरिएको हो |
January 10th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । जनजाति आन्दोलनका मार्गदर्शक डा.हर्क गुरुङले नेपाललाई २५ जिल्लामा विभाजन गर्नुपर्ने अवधारणा अगाडि सारेका थिए । तत्कालिन समयमा नेकपा माओवादीले पनि आफ्नो पहिलो चुनावी घोषणा पत्रमा नयाँ नेपालको प्रारुप भनेर ११ वटा स्वायत्त गणराज्य र विभिन्न उप–स्वायत्त राज्य एवं इकाइहरुसहितको स्वाधिन र जनमुखि संघीय लोकतान्त्रिक गणतन्त्र प्रस्ताव गरेको
थियो । विभिन्न जनजातीय संघसंस्था र राजनीतिक पार्टीहरुले भने नेपाललाई १३ वटा राज्यमा विभाजन गर्नुपर्ने र दर्जनभन्दा बढी स्वायत्त क्षेत्रहरु हुनुपर्ने बताएका
थिए । यसका अतिरिक्त बहुसांस्कृतिक, बहुधार्मिक र भौगोलिक विविधताको कारण राज्यमा स्वशासन र आत्मनिर्णयको अधिकार सुनिश्चित गर्नुपर्ने तर्फ प्राय सबै जसो राजनैतिक दलहरुले ऐक्यबद्धता जाहेर गरेका थिए । साथै सीमा सुरक्षा, सैन्य, वैदेशिक सम्बन्ध, राष्ट्रिय अखण्डताको विषय बाहेक बाँकी अधिकारहरु संघीय राज्य र स्वायत्त क्षेत्रहरुलाई दिइनुपर्नेमा पनि सबैले सहमति जनाएका थिए ।
माओवादीले लिम्बुवान, किरात, ताम्सालिङ, नेवा, तमुवान, थारुवान, मगरात, कोचिला, मधेस, सेती–महाकाली र भेरी कर्णाली संघीय राज्यको प्रस्ताव राख्नुको अतिरिक्त यी सबैलाई स्वायत्तता प्रदान गरिने बताएको थियो । त्यसबेला विभिन्न जातीय संघसंस्था र संघीय पार्टीका मोचाहरु माओवादी अध्यक्ष प्रचण्ड लगायतका सबै साना ठूला राजनैतिक पार्टीहरुका विश्वासमा परेका थिए । तर अहिले थाहाभयो अन्य यथास्थितिदलहरुले झै क. प्रचण्डले पनि माओवादीको नाममा चुनावताका भोट तान्ने नियतले मात्र स्वशासन र आत्मनिर्णयका अवधारणा उठाएका रहेछन् । अहिले जातीय मोर्चाहरु सँगसँगै माओवादी पार्टीले उठाएका संघीय राज्यहरु लिम्बुवान, खम्बुवान, कोचिला, ताम्सालिङ, मैथिल, भोजपुरी, तमुवान, अवधी, थारुवान, मगरात, नेवा, खसान आदि रद्दिको टोकरीमा फालिएका छन् । यतिमात्र कहाँ हो र माओवादी र जातीय मोर्चाहरुले त भोट तान्न, त्यसबेला लेप्चा, याम्फुवान, धिमाल जस्ता स्थानीय स्वायत्त क्षेत्रहरुको अवधारणा राखेका थिए भोट बैंकको लागि । नेकपा माओवादी यिनै मागहरुलाई बोकेर जनयुद्धमा होमियो र यीनै मागको सहारामा बहुमतको सरकार गठन गर्न पनि सफल भयो । तर सरकारमा पुगेपछि मरेको मानिसलाई जुम्रोले
छोडेझै ती मागहरुलाई तिलाञ्जली दिदै माओवादी नेताहरु निहित स्वार्थका खातिर मरेको आत्माझै कहिले यता, कहिले उता भौतारिरहेका छन् । बाबुरामहरु एकातर्फ, प्रचण्डहरु अर्कातर्फ भड्कालोमा
फसिरहेका छन् । पुनः यिनीहरु सोझा सिधा जनताहहरु, खासगरी भूमिपुत्र समुदायलाई फसाउन खोज्दैछन् । यस विषयमा अब आम नेपाली चनाखो रहनुको विकल्प
छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार