तथ्यले भन्छ ऋग्वेदभन्दा जेठो किरात सभ्यता हो

द्वारा प्रकाशित गरिएको हो |
January 5th, 2021
अनुमानित पढ्ने समय : 5 मिनेट
फाईल तस्विर

ज्ञानशेर दिलुुङ्छा
सृष्टि हुन अघि नै मानिसहरुलाई बाच्नको लागि चाहिने आवश्यक वस्तुहरु हावा, पानी, रुख, बिरुवा, जीवजन्तू, झारपात, किरा फटेङग्रा आदिहरु सबैको सृष्टि भईसकेको थियो भन्ने कुरा यो पृथ्वीको बनावट र विशेषताले नै बर्णन गरी सकेको
छ । उक्त प्राकृतिक वस्तुहरु एकै पटक, एउटै समयमा र एकै क्षणमा हुन सक्ने सम्भवना हुदैन त्यसैले यी सबै कुरा बन्न र हुर्किन पुस्तौं
लाग्दछ । लगभग दुई करोड वर्ष पहिलेको बाँदर समुहबाट क्रमिक रुपमा विकास हुँदै होमोसेपियन्स (क्रो–म्याग्नम) मानवको रुपमा करीब बीस हजार वर्ष पहिला यस पृथ्वीमा देखा परेको मानवशास्त्रिहरुको विश्वास छ । बेग्ला बेग्लै भूभागमा बसोबास गर्नेहरुको वंशाणुको बनावट त्यहाको हावापानीको आधारमा अलग्गै रहेको पाइन्छ । यस अर्थमा मानवशास्त्रिहरुले मानव समुदायको शारिरीक बनावट र रङ्गको आधारमा निम्न जातीय–वर्गमा बर्गिकृत गरेका छन् । जस्तैः– ज्ञ। ऋबगअबकयष्म, द्द। ल्भनचयष्म, घ। ःयलनययिष्म, हुन् । रगतमा भएको वंशाणु मिश्रण र चक्रको कारण शारीरिक वनावटमा आएको फरक आधारलाई बिश्लेषण गरेर समाजशास्त्रि भ्। ब्मबmकयल ज्यभदभ िले अध्ययन अनुसन्धानको लागि उपयुक्त हुने गरी पाच जातिमा विभाजित गरेका छन । ती ज्ञ। ऋबगअबकयष्म, द्द। ल्भनचयष्म, घ। ःयलनययिष्म, द्ध। ब्mभचष्अब क्ष्लमष्बल, छ। ब्गकतचबयिष्म हुन् । मानवशास्त्रिहरुको निरन्तर अनुसन्धान र परिणामको कारणले जातिहरुको परिभाषामापनि परिमार्जन हुदै आएको छ । एउटा भू–भागमा लामो समयसम्म बसोबास गरेको समुह र अर्को भू–भागीय समुहसंग त्यहाको भुगोल, हावापानीको प्रभावले बेग्लै वंशानुविक वनावटको विकास भैसकेको हुन्छ, त्यसैको आधारमा विभाजनको अन्यमान्यतापनि प्रस्तुत भएको छ । ज्ञ। भ्गचयउभबल, द्द। क्ष्लमष्बल, घ। ब्कष्बल, द्ध। ःष्अचयलभकष्बल, छ। ःबबिलभकष्बल, ट। एयष्लिभकष्बल, ठ। ब्mभचष्अबल, ड। बचष्अबल, ढ। ब्गकतचबष्बिल यीनीहरुभित्र पनि उपजाति९ीयअब िच्बअभ०हरु
हुन्छन् ।
जस्तैः– ब्कष्ब च्बअभ का ःयलनययिष्म वर्गका मानिसहरु साइवेरीया, मंगोलीया, कोरीया, जापान, उत्तर चीन, मंचुरीया, पश्चिमचीन, तुर्किस्तान, तिब्बत, दक्षिण चीन, नेपाल, थाइल्याण्ड, बर्मा, मलेसिया, फिलीपीन्स, इण्डोनेसियाआदि देशहरुमाबसोबास गर्दछन् । उत्तर अमेरीका र ग्रीनल्याण्डका भ्कपष्mय हरु र उत्तर ध्र्रुवीय स्केन्डेनेभीया र फिन्ल्याण्ड बस्ने ीबउउ हरु पनि यहीःयलनययिष्मवर्गमा नै पर्दछन् ९ब्लतजचयउययिनथ, भ्।ब्। ज्यभदभ०ि । यही बिषयको बिश्लेषण गर्दा नेपालका किरातीहरु पनि यही वर्गमा
पर्दछन् । चीनको चौकोतियन क्षेत्रमापाइएको मानव ँयककष् िमानव अवशेषलाई बैज्ञानिकहरुले ज्यmय भ्चगअतगक एभपष्लभलकष्क भनेका छन् जसको शाररीक बिषेशता मंगोलाइडसंग मिल्दो जुल्दो भएकोले यो ज्यmय क्बउष्भलक क्बउष्भलक (बाट २०,००० वर्ष अगाडी अर्धविकसितमानिस यस पृथ्विमा देखा परीसके पछि ःयलनययिष्म न्भलभ भएको जातिको रुपमा विशाल हिमाल पर्वतमालाको आसपासमा ब्कष्बल च्बअभ को मानव समुदायको विकास भएको अनुमान गर्न सकिन्छ । यही समुदाय नै विस्तारै हिमालयको उत्तर, दक्षिण, पूर्ब र पश्चिमतर्फ फैलदै गएको भन्ने अनुमान गरीएको छ । जनसंख्याको मिश्रण, वंशानुविक म्चषत (कुल टुक्रदै टुक्रदै गएर आफ्नो वंशमात्र सिमित अलग्गै बसोबास गर्ने प्रकृया) वंशाणु परिवर्तनको प्रकृया साथै अन्य धार्मिक तथा सामाजिक जस्ता विषमताको कारण यी मंगोलाइड किरातहरु छिन्नभिन्न भइ विभिन्न साना ठुला समुदायमा विभाजित भइ विभिन्न नामाकरण गरी अस्तित्वमा रहेका छन् । प्रागैतिहासिककालमा वर्तमान पाकिस्तानदेखि पूर्ब आसामसम्म र हिमालदेखि दक्षिण तर्फ विन्ध्याचल पर्वतको दक्षिणसम्मको भूभाग ओगटेर बस्ने जातिहरुलाई किरात भनिन्थ्यो । अग्नि पुराण अनुसार पश्चिमभागमायवन (युनानी)(हरु मध्यभागमा ब्राहृमण र पूर्ब भागमा किरातहरु बसोबास भएको उल्लेख छ । विचार गर्दा यी क्षेत्रहरुमा पूर्ब भन्नाले वर्तमान काश्मिरदेखि पूर्ब बर्मा समेत हुनु पर्ने अनुमान गर्न सकिन्छ (प्राचीन किरात इतिहास, (डा. स्वामीप्रपन्नचार्य) ।
ई.सं.को सुरुतिर वर्णाश्रमधर्मि वैष्णवपन्थी लिच्छवी समुदायको नौलो स्वकथित क्षेत्रीयहिन्दू धर्मावलम्वि वृजिहरुद्वारा साँगा भञ्ज्याङ्गबाट पूर्ब लखेटिएका यलाखोमका राजवंशी किरातहरु अनेकौं षडयन्त्र र संकटको चपेटाहरु पार गर्दै आएका छन् । त्यहीयुगदेखि अर्थात करिब २,५०० वर्षदेखि विरानो धार्मिक, सांस्कृतिक तथा सामाजिक एवं राजनैतिक थिचोमिचो सहदै आएको प्रष्ट छ । यस्तो धेरै खाले परिस्थिति सहदै पनि आदिम अवस्थाकै रुपमा रहदै भए पनि यी किरात जनहरुले किरात सभ्यताका केहि अंशहरु (धर्म, संस्कृति, संस्कार र भाषा) अहिले सम्म पनि बचाएर राख्न सफल भएका छन् । वर्तमान युगको किरात जनहरु आफ्नो समुदायको राज्यसत्ता वा सभ्यतालाई नै उखेल्न सफल समृद्ध लिच्छवीहरु आफ्नो गौरवशाली जातीय पहिचानबाट विलाए जस्तो हुनु पर्ला भन्ने पिरले आफ्नो अस्तित्वको संरक्षण र विकास गर्न सचेत देखिन्थे भने त्यही किरात सभ्यताका केही समुदायहरु आफूलाई पद र पैसाको लागि पहिचान मात्र होइन आफैलाई बेचेर आफैलाई हेर्न सकिरहेका छैनन् ।
पूर्बीय संस्कृतिको सबभन्दा पुरानो ग्रन्थ ऋग्वेद हो भनिन्छ, त्यहि ऋग्वेद भन्दा जेठो किरात सभ्यता हो भन्ने बिषयमा कुनै वादविवाद गरीरहन पर्दैन किनकी त्यही ऋग्वेदको छैंटौं मण्डलको ४७औं सुक्तको दोश्रो श्लोकः–
अयं स्वादुरिह मदिष्ठ आस यस्येन्द्रो वृत्रहत्ये ममाद ।
पुरुणि यश्च्यौत्नाशम्वरस्य विनवतिं नव च देह्यो३ हन् ।।२।।
(सोम हर्षित गर्ने खालको छ । यहीपिएर इन्द्रदेवले वृत्रासुरको नाश गरे र शम्बरका अनेकौ किल्लाध्वस्त गरे ।)
२१औं श्लोकः–
दिवेदिवे सदृशीरन्यमधं कृष्णा असेधदप सद्यनो जाः ।
अहन्दासा वृषभो वस्नयन्तोदव्रजे वचिनं शम्बरं च ।।२१।।
(इन्द्रदेव सूर्यरुपमा प्रकट भएर अन्धकार समाप्तपार्दछन । उनले शम्बर र वर्चिजस्ता असुरलाई आफ्ना तेजले समाप्तपारेका थिए ।)
२२औंश्लाकः–
प्रस्तोकइन्नु राधसस्त इन्द्र दश कोशयीर्दश वाजिनोऽदात ।
दिवोदासादतिथिग्वस्य राधःशाम्बरं वसु प्रत्यग्रभीष्म ।।२२।।
(हे इन्द्रदेव ! राम्रो स्तोत्र गाउने स्तोताले सुनकाखजाना र दश वटा घोडा प्रदान गरे । शम्बरको धनअगिथिग्वले जिते र उहीधन दिवोदासबाट हामीले पायौं ।)
दोश्रो मण्डलको १४औं सूक्त, पाचोैं श्लोकः–
अध्वर्यवो यः स्वश्नं जघान यः शुष्णमशुषं यो व्यंसम् ।
यःपिप्रुं नमुचिं यो रुधिक्रां तस्मा इन्द्रायान्धसो जुहोत ।।५।।
(इन्द्रदेवले अश्न, शोषण गर्ने शुष्ण, विनाभुजाको अहि, पिप्रु, नमुचि र रुधिक्रानामका असुरहरुको वध गरे, तीइन्द्रदेवलाइविभिन्नहविष्यान्नको आहुति समर्पित गर ।)
छैंटौ श्लोकः–
अध्वर्यवो यःशतं शम्बरस्य पुरो बिभेदाश्मेव पूर्वी ।
यो वर्चिनःशतमिन्द्रः सहस्रमपावपभ्दरता सोममस्मै ।।६।।
(हे अध्वर्युहरु हो ! शम्बर राक्षसका सय वटा पुराना सहर जुनइन्द्रदेवले शक्तिशालीवज्रले हानेर ध्वंस गराए, वर्चिककाहजार छोराहरुलाई धराशायीपारे, तीइन्द्रदेवकानिम्ति सोम प्रदान गर ।)
ऋग्वेदको उल्लेखित श्लोकहरुको अध्ययनले के बुझाउछ भने आर्यहरुले आफु भन्दा धेरै शक्तिशाली शम्बरहरुलाई हराउन धेरै कठिन भएको हुदा राक्षस, असुर, दैत्य, दानव, आदि घृणास्पद नामले सम्बोधन गरे, हुनत यो सुर र असुर बीचभएको त्यो युद्ध चालीस वर्ष लडिएको युद्ध थियो । र यो आर्य र गैरआर्यहरुको बीचभएको ऋग्वेदकालिन यो युद्ध निकै प्रख्यात छ । ऋग्वेदमा किरातको नाम नआएपनि शम्बरको नाम बारंबार ऋग्वेदमा आउछ, र शम्बर नै किरातहरुको पुर्खा थिए भन्ने कुरामा कुनै शंका छैन । माथि उल्लेखित नाम बाहेकका अरु धेरै किराती सम्राट, राजा, महाराजाहरु यस युद्धमा मारीएकाथिए । आर्य र गैर आर्य बीचभएको यो युद्धलाई देवता र राक्षसको बीचभएको युद्धको रुपमा बर्णन गरी आर्यहरुले किरातीहरुलाई घृणास्पद पदवी भिराएकाहुन । अन्यचुमुरी, पिपु्र, नमुचि, शुष्ण, वर्चिन राजाहरु पनिइन्द्रकाशत्रुहरु थिए । किरातहरुलाई मनुले शुद्र वर्ण
(पानीचल÷मतुवाली) बनाएर राख्ननिकै प्रयास गरेका थिए तर किरातीहरुले नत वर्ण ब्यबस्था मान्न तयार भए नत मान्न चाहान्थे त्यसैले यी किरातीहरु भेदभाव रहित आफ्नै समानतावादी किरात–संस्कारमा प्रकृति र पितृको उपासना गर्दै आएका छन् र यही संस्कारमा रमाउदै जाने पनि छन् । किरातीहरुले त्यस्तो भेदभावपूर्ण सामाजिक संस्कार पहिलादेखि नमानेका भएर पनि पछि मनुले बनाएको संस्कार मान्न अस्विकार गर्दै आएका थिए । किरातीहरु जातीय भेदभावको कट्टर विरोधी हुन त्यसैले आर्यहरुले नबुझ्ने भाषा बोल्ने र वैदिक कार्य नगर्ने हुनाले किरातीहरुलाई राक्षस, दानव, म्लेच्छ, दैत्य आदि जस्ता शब्दले सम्बोधन गर्ने गरेका थिए ।
ऋग्वेदको पहिलो मण्डलको ३३औ सूक्तं
श्लोक १२औं
न्याविध्यदिलीबिशस्यदृढहा वि शृङ्गिणमभिनच्छुष्णमिन्द्र ।
यावत्तरो मघवन्यावदोजो वज्रेण शत्रुमवधीः पृतन्युम ।।१२।।
(गुफारुपीकिल्लामा सुतेका वृत्राकाकिल्लाहरु इन्द्रदेवले ध्वस्त
गरे । लामा सिङ भएकात्यो शोषक वृत्रलाई उनले क्षतविक्षत गराए । हे ऐश्वर्यशालीइन्द्रदेव ! तिमीले सम्पुर्ण वेग र बलले शत्रुसेनाको विनाश गरेका थियौ ।)
श्लोक १३औं
अभिसिध्मो अजिगादस्यश त्रुन्वितिग्मेन वृषभेणा पुरोऽभेत् ।
संवज्रेणासृजद्हत्रमिन्द्रः प्र स्वां मतिमतिरच्छाशदानः ।।१३।।
(इन्द्रदेवको धारिलो र शक्तिशालीवज्रले लक्ष्यबनाएर प्रहार गरेका शत्रुकाकिल्लाहरु सबै ध्वस्तभए । शत्रुलाई वज्रले मारेर इन्द्रदेव स्वयं ज्यादै उत्साहितभए ।)
ऋग्वेदकालिन सुर र असुर बीचभएको यो युद्धबाट सुरु भएको किरातीहरुको करीब ई.सं.९५० मा भएको कुरुक्षेत्रको महाभारत युद्धसम्म लगातार तिब्रगतिमापतनभइ रह््यो । सुनितिकुमार च्याटर्जि, एन.के.सिद्धान्त, स्रोडर होल्जम्यानका अनुसार यो महाभारतको युद्ध पनिआर्य र गैरआर्यहरु बीचको युद्ध थियो । किनकी कौरवहरु आर्य थिए तर पाण्डवहरु गैरआर्य
थिए ।
ऋग्वेदको उल्लेखित मन्त्रहरुको अध्ययनबाट ईसापूर्ब बाह्रौं शताब्दि भन्दा पहिले काँगडा उपत्यकामा किरात जातिको निवास थियो र यिनका उनान्सय किल्ला आर्यहरुले लुटेर लिए भन्ने कुरा प्रमाणित हुन्छ । ईसाको एघारौं शताब्दिसम्म काँगडा उपत्यकाको वैजनाथलाई ‘किरग्राम’ भनिन्थ्यो भन्ने कुरा त्यहाको एउटा शिलालेखले बताउछ । किर शब्दले मूल अर्थमा सुगुरलाई बुझाउछ, किर अर्थात सुगुरको पछि लाग्ने, सिकार खेल्ने, पाल्ने अथवा त्यसको सिकार गरेर जीविका चलाउनेलाई संस्कृति वाङ्मयमा किरात भनिन्छ । सुरुदेखि नै किरातहरु आर्यहरुको बिरोधी भएको हुदा सिकारी, बहशी, आर्यहरुको कुरा नबुझ्ने, नबुझिने भाषा बोल्ने, जङ्गली, पुड्का, घोड सवार, अश्वपाल आदि अनेक अर्थमा प्रयोग हुने घृणाष्पद शब्दले सम्बोधन गर्दै आएका हुन (हाम्रो समाज एक अध्ययन, पेज ३१५, जनकलाल शर्मा) ।
ईसापूर्ब बाह्रौं शताब्दिमा आर्यहरुको संघर्ष किरातहरु सित
भयो । किरातहरुको नेताशम्बर आफ्नो भूमिबाट एक अंगुल पनि पछि हट्न तयार थिएन । त्यस समय किरातहरुका एक सय अश्ममयी किल्लाहरु थिए । चालीस वर्षसम्म किरात र आर्यहरुको संघर्ष चल्यो भनाइको तात्पर्य हो यतिलामो समयसम्म किरातहरुले आर्यहरुलाई किरातीहरुको भूमिमा छिर्न दिएनन् । दिवोदास र इन्द्रका पुरोहित भारद्वाज निराश भइसकेका थिए । तर अन्त्यमा छलकपट गरेर शम्बरलाई राती सुतेको ठाउमा इन्द्र्र्र्र्र्र्रले
मारिदिए । यो युद्ध हारे पछि किला काँगडा आर्यहरुको हातमा आयो । किरातहरु त्यहाबाट सतलजउपत्यकामा आएर बसे पछि त्यहाबाट पनि पूर्ब लागे पछि सतलजलाई जालन्धर भनियो
(हाम्रो समाज एक अध्ययन, पेज ३१५, जनकलालशर्मा) ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार