एयरलाइन्सको लापर्वाही

द्वारा प्रकाशित गरिएको हो |
January 4th, 2021
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । सरकारी ध्वजाबाहक नेपाल एयरलाइन्सको कारण नेपालले कोभिड १९को जोखिम मोल्न पर्ने भएको छ । जानाजान नेपाल एयरलाइन्सको उडानबाट कोरोना पोजिटिभ भएका यात्रुलाई मलेसियाबाट नेपाल भित्र्याए पछि मुलुकले यसरी जोखिम मोल्नु परेको हो ।
जहाज चढ्नु ७२ घण्टापूर्व कोरोना परिक्षण गरे नेगेटिभ आएको यात्रुलाई मात्र जहाजमा चढाउनुपर्ने अन्तर्राष्ट्रिय मान्यता अनुसार विदेशबाट नेपाल आउने सबै यात्रुलाई अनिवार्य पीसीआर गर्नुपर्ने हुन्छ र रिपोर्ट नेगेटिभ भएकालाई मात्रै जहाज चढाउनु पर्नेमा नेपाल एयरलाइन्सको आरए–४१६ जहाजले १५ गते मलेसियाबाट पीसीआर रिपोर्ट पोजिटिभ भएको यात्रुलाई समेत नेपाल ल्याएको छ । हाल ती यात्री टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको
छ ।
यसरी हेलचेक्राई गर्ने जहाजका स्टाफहरुलाई आवश्यक कानूनी उपचार नगरे आउदो दिनमा झनै यिनीहरुको लापर्वाही पराकाष्ठमा पुग्ने छ । जनताहरुको जिन्दगीमा खेलबाड गर्ने यस्ता जनघाती कर्मचारीहरुलाई कानूनी कठघरामा ल्याइनुपर्छ भन्ने आम जनधारणा रहेको छ ।
त्यसैगरी बेलायतमा फेला परेको नयाँ प्रजातिको कोरोना भाइरस ७० प्रतिशत बढी शक्तिशाली भएको कुरा पुष्टि भएको छ । यस्तै रवैया रहिरहने हो भने भारतमा समेत आइसकेको यो शक्तिशाली कोरोना नेपालीहरुकै लापरवाहीको कारण नेपाल नछिर्ला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार