भ्रष्ट माफियाहरु राई विरुद्ध खनिए

द्वारा प्रकाशित गरिएको हो |
December 27th, 2020
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । मुलुकलाई चरम भ्रष्टाचारले गाँजेको बेला सदाचारी प्रशासक र स्वच्छ छविको रुपमा चिरपरिचित व्यक्ति पूर्व गृह सचिव प्रेमकुमार राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा आउने छनक पाएपछि चोरबाटोबाट अथाह सम्पत्ति आर्जन गर्ने, गराउने भ्रष्टहरुमा औडाहा चल्न थालेको छ । यसैले भ्रष्ट दलाल र तिनका मतियारहरुले राईलाई अख्तियार प्रमुख हुन नदिन न्वारान देखिको बल झिकेर नियोजित ढंगले पेपरबाजी देखि लिएर नक्कली ट्वीटर(फेक आईडी)समेतको साहारा लिन थालेका छन् । आफ्नो नामबाट खोलिएको नक्कली ट्वीटर एकाउन्टमा गरिएको पोष्टप्रति आपत्ति जनाउँदै पूर्वगृहसचिव तथा अख्तियारको नवनियुक्त प्रमुख आयुक्त राई भन्नुहुन्छ( ‘अहिलेसम्म आफुले ट्वीटर एकाउन्टनै नखोलेको र निकृष्ट किसिमले त्यस्तो सोच आफुमा कहिल्यै नआएको कुरो पोष्ट गरेर भ्रम फैलाउन खोजेको बताउँनुहुँदै मेरो फोटो राखेर निकृष्ट किसिमले मेरो सोचमा पनि कहिल्यै नआउने कुराहरु राखेर मेरो बद्नाम गर्न खोजेको कुरा प्रशासन सिंहदरबार विशेष ब्यूरोसँग कुरा गर्दै राईले भन्नुभयो– ‘त्यसमा लेखिएका कुराहरु सबै झुट हुन्, नकारात्मक सोच भएका व्यक्तिहरुले भ्रम पार्न मेरो नामको नक्कली आईडी बनाएर जथाभावी पोष्ट गरेको बताउँनुहुँदै नक्कली आईडी बनाएर यसरी जथाभावी पोष्ट गर्नेलाई कानूनको कठघरा भित्र राख्नपर्ने बताउनु भयो ।’
साथै उहाँले आफ्नो फेसबुक समेत सञ्चालनमा नरहेको, फेसबुक एकाउन्ट त खोलेको थिए त्यो पनि उहिल्यै बन्द भैसकेको जानकारी दिनुभयो ।
स्मरण रहोस् राईलाई आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको समाचार बाहिरिएसँगै उहाँको नामबाट तीन वटा ट्वीट भएको पाइन्छ । जुन आईडीले एकजनालाई मात्र फलो गरेको छ । उक्त आईडीमा सुरुमा जुनसुकै क्षेत्रका जोसुकै भ्रष्टाचारी भए पनि कार्वाही प्रक्रिया बढाएर सजायको भागीदार बनाउन म खुट्टा कमाउदीन भन्दै प्रम ओलीलाई धन्यवाद दिएको सो ट्वीटमा उल्लेख छ ।
त्यसपछि दोस्रो ट्वीटमा भनिएको छ, ‘मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचारको फाइल र ललिता निवास जग्गाको फाइल खोज्ने हुनेछ ।’
यसरी राईविरुद्ध छापामाध्यमहरुमा मात्र नभएर भ्रष्ट र माफिया सञ्जालहरुले नक्कली ट्वीटर एकाउन्टको समेत साहारा लिएर स्वच्छ छवि, कुशल प्रशासक, निडर र निष्पक्ष व्यक्तित्व माथि धावा बोलेर आम नेपालीको भावनामाथि आँच पुर्याउने असफल प्रयास गर्ने जो सुकै होस् उनीहरु कानूनी कठघरामा पर्नुपर्ने आम धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार