आदिवासीहरु भकुण्डो नबनौं

द्वारा प्रकाशित गरिएको हो |
December 13th, 2020
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौ । छसस । हामीले बुझ्नु पर्ने कुरा के भने, कुनै एक जना व्यक्तिमन्त्रि या कुनै संस्थानको प्रमुख हुँदैमा आदिवासीको उत्थान हुदैन । प्रत्येक आदिवासी भूमिपुत्र समुदायको जातीय संस्था खडा हुँदैमा पनि भाषा, धर्म, कला र संस्कार संस्कृतिको उत्थान र जगेर्णा हुन्छ भनि सोच्नु पनि केवल मुर्खता मात्र हुन्छ । र जातीय हक, हितकै खातिर राजनैतिक पार्टी खोल्दैमा पनि भूमिपुत्र, आदिवासी समुदायले स्वशासन र आत्मनिर्णयको अधिकार स्वतह पाउँछन् भन्नु झनै हुँदै हुँदैन ।
बुझ्नुपर्छ तमाम जातीय हकहितको निमित्त लड्नेहरुले एकजना आदिवासी विकास समितिको उपाध्यक्ष, निर्देशक बन्दैमा र एकदुई मन्त्री सांसद हुँदैमा समग्र आदिवासीहरुको विकास हुन सक्दैन । प्रत्येक आदिवासीहरुले आआफ्नो जातीय संस्था स्थापित हुँदैमा भाषा, धर्म, कला र संस्कृति बाँच्छ भनेर सोच्नु पनि मूर्खताबाहेक अरु कुन सक्दैन र जातीय हकहितकै बखान गरेर पार्टी खोल्दैमा पनि हामी आदिवासीहरुको उन्नति, प्रगति हुन्छ भन्नु पनि बुद्धिमत्ता कुरा होइन । यदि हामीहरुबीच आफ्नो बरु सबै आदिवासीबीच ऊ सानो म ठूलो भन्ने भावना हटाई कला, संस्कृतिको आदानप्रदान गर्ने आपसमा सहयोगी भावनाको अभिवृद्धि गरी वर्तमान राजनीतिक फोहोरी खेलको भकुण्डो हुनबाट अलग रहेर आआफ्नो भाषा, धर्म, कला, संस्कृति जगेर्ना र राजनैतिक हक प्राप्तिको लागि लाग्नु पर्दछ ।
जनजाति राजनीतिक पार्टीहरु र विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको मागी खाने भाँडो भएको छ । झुटो आश्वासन र केही चिचीपापा देखाएर आआफ्नो स्वार्थपूर्ति गर्न तम्सेका छन् धेरै व्यक्तिहरु संघसंस्था र राजनीतिक पार्टीहरु । आदिवासी भूमिपुत्रहरुलाई कुनै आश्वासन, भाषण र राजनीतिक पद चाहिएका होइन, उनीहरुलाई त शिक्षा, रोजगार, जाति, भाषा, धर्म र राजनैतिक अवसर चाहिएको छ भन्ने कुरा बुझ्नुपर्दछ देश चलाउने ठेकेदारहरुले । यदि आदिवासीहरुलाई सँधै रणाभुल्लमा पारियो र वास्तविकताभन्दा टाढा राखियो भने प्रत्युत्पादन हुनसक्छ र राष्ट्रलाई नै क्षति हुनसक्दछ भने प्रत्येक बुद्धिजीविहरुले सोच्नु पर्दछ । यो खबरदारी त्यसको लागि पनि हो यदि हामी देश बाँचोस् भन्ने चाहान्छौं, शान्तिका अग्रदूत बुद्धको देश सँधै शान्तिप्रिय होस् भन्ने चाहाछौ भने स्वतन्त्र नेपाली भएर बाँच्न चाहान्छौ भने, क्षेत्री, बाहुन, आदिवासी, हिमाली, पहाडी, मधेसी एक वर्गले एक मात्र होइन समग्रले कसैको लहैलहैमा नलागी व्यक्तिगत स्वार्थभन्दा एक इन्चमाथि उठेर आफ्नै बुद्धि, विवेक, श्रम, स्रोत र साधनले आफ्नो देशको आर्थिक, सामाजिक, सांस्कृतिक तथा प्रविधिलाई उठान गर्न सक्नुपर्दछ । आफ्नो कमजोरी देखाएर कुनै पनि जातजातिलाई मागी खाने भाँडोको रुपमा प्रयोग गरिनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार