वंशावली पुर्नअभिलेखन गरिने

द्वारा प्रकाशित गरिएको हो |
November 29th, 2020
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

भुपेन्द्र थुमरोस्…………………………………..
नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ केन्द्रीय समिति सुनसरीले कुलुङ वंशावली २०५४ पुर्नअभिलेखन गर्ने योजना बनाएको सूचना सामाजिक सञ्जालमा आएको छ । यो सूचना सम्बन्धित समुदायको लागि खुसीको समाचार हो । कुलुङ वंशावली २०५४ मा सोत्तो, पिल्मो, कुलुचिम् सूक्तूम् उल्लेख गरिएको छ । पुनरअभिलेखनको सूचनामा वंशावलीको तस्बिरको पूर्णभाग नदेखाएर अग्रभाग मात्र देखाइएको छ । पुस्तकको पूर्णभाग देखाउदा समस्या थपिने भएर त्यसरी रहस्यमय बनाइएको हो ? वंशावली संकलक तथा सम्पादकको नाम पनि उल्लेख गरिएको छैन । संकलक र सम्पादकको परिश्रमविहीन संस्था स्वयंले वंशावली संकलन र सम्पादन गरेनन् होला ?
कुलुङ वंशावली २०५४ को प्रकाशक कुलुङ राई भाषा तथा संस्कृति उत्थान संघ काठमाडौं र नेपाल पुस्तकमा उल्लेख
छ । पुर्नअभिलेखन भनेको आफूले गरेको कार्य दोहोर्याउनु हो । राई संघले प्रकाशन गरेको पुस्तक कुलुङ संघले पुर्नअभिलेखन गर्न पाउने क्षेत्राधिकार भित्र पर्छ कि पर्दैन, त्यो कानूनी बहसको विषय हो । संकलक तथा सम्पादकले प्रतिलिपि अधिकार लिखित रूपमा प्रकाशक संस्थालाई दिए नदिएको पनि सूचनामा उल्लेख गरिएको छैन । लेखकले आफ्नो कीर्ति पुर्नप्रकाशन गर्न कसैलाई अनुमति नदिएको अवस्थामा प्रतिलिपि अधिकार लेखक स्वयंमा
रहन्छ ।
एउटा संस्थाले प्रकाशन गरेको पुस्तक अर्को संस्थाले पुर्नअभिलेखन गर्न खोजेर प्रचलित कानुनलाई ठाडो चुनौती दिएको हो कि ? नैतिकवान लेखक र प्रतिष्ठित संघसंस्थाले लेखक र प्रकाशकको अधिकारमाथि हस्तक्षेप गरेर कानुन विपरीत पाइला चलाउदैन ।
कसैले लेखेको लेखमा देखिएको गल्ती औल्याएर आलोचना गर्न जोकोहीलाई पूर्ण छुट हुन्छ । लेखकको पुस्तकमा देखिएको त्रुटि केलाएर सठीक आलोचना गर्नु सम्मानित कार्य पनि हो । प्रकाशकको अधिकार मिच्ने र कसैको लेख चोरेर अमर्यादित कार्यमा संलग्न हुने व्यक्तिलाई नेपालको प्रतिलिपि सम्बन्धी कानुनले छुट दिएको देखिदैन । नैतिकवान र योग्य व्यक्तिलाई अर्काको लेख चोरेर लेखक बन्न आवश्यक पनि पर्दैन ।
पुस्तकमा आपतिजनक सामग्री उल्लेख हुन गएको अवस्थामा प्रकाशकले होइन लेखकले त्यसको पूर्ण जिम्मेवारी वहन गर्नु पर्दछ । कुलङ वंशाावली २०५४ पुर्नअभिलेखन गर्न आवश्यक भएमा संकलक तथा सम्पादकले गर्दछ । अरू कसैलाई थप अध्ययन र अनुसन्धान गर्न इच्छा भएमा नयाँ ढङ्गले लेख्न पाउने स्वतन्त्रता छँदैछ । अरूको पुस्तकबाट लेख तथा रचना चोर्नु कानुनले निषेधित गरेको कुरा हो । लेखकले आफ्नो रचना संघसंस्थालाई प्रकाशन गर्न दिनु नदिनु लेखकको स्वेच्छामा आधारित विषय हो ।
नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ सुनसरीले किन अरूको प्रकाशनमाथि हस्तक्षेप गरेर कलंकित बन्न खोज्दैछ ? वंशावलीमा देखिएको कमीकमजोरीलाई आलोचना गरेर किन नैतिक जिम्मेवारी निभाउन अग्रसर हुँदैन ? अर्काको कीर्ति चोर्नु भन्दा त्यसभित्र उल्लेखित गल्ती औल्याउदा अत्यन्त सम्मानति र समाजलाई दिशानिर्देश हुन्छ । संंयोजकको अनुमति नलिई पुर्नअभिलेखन गरिएमा संकलक तथा सम्पादकले कानुनी उपचारको लागि न्यायलयको दैलो ढकढकाउन पाउने अधिकार पूर्णरूपमा सुरक्षित रहेको छ ।
लेखक सुप्तुम मासिक पत्रिकाका सम्पादक
हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार