हिमवत खण्ड साहित्यको नाममा किरात धर्म, साहित्य सिध्याउने खेल

द्वारा प्रकाशित गरिएको हो |
November 29th, 2020
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

देवेन्द्र सुर्केली

धर्म भनेको धारण गर्नु हो । यो स्वेच्छिक हुन्छ । अर्थात बालक जुन कुल÷वंश या धार्मिक समुदायमा जन्मिन्छ, पछि उसले बुझ्ने भएपछि यो धर्म ग्रहण गर्छु भन्ने स्वतन्त्रता पाउनु नै धर्मनिरपेक्षता हो । नेपाल धर्मनिरपेक्ष मुलुक पनि हो ।
समाज चलाउन समाजले बनाएको थीति धर्म बनेका छन् भने कुनै प्रतापी व्यक्तिको प्रभावमा परेर बनेको चलन धर्मको रूपमा आए । त्यसलाई व्याख्खा गर्नेहरू वृहत बनाएका हुन् । व्याख्खा गर्नेक्रममा कतै खुम्चिएर गए भने कतै फैलिए । कतै झुण्डैझुण्ड बने । त्यसैले विश्वभर धेरै धर्मदर्शन छन् भनेर पढ्न पाइन्छ । तर विश्वका सम्पूर्ण समाजलाई मुख्यतया ५ दर्शनले पथप्रदर्शन गरेको छ ।
ति हुन्–
मानिसको मृत्युपश्चात स्वर्ग पुगिने दर्शन
यो इसाई धर्मावलम्बीहरूको मुख्य दर्शन हो । मानिसले प्रभुलाई चिन्नुपर्छ, चिनेपछि प्रभुले आफ्नो सन्तान मान्नुहुन्छ र मृत्युपश्चात स्वर्गमा स्थान दिनुहुन्छ भनेर यसले मानिसहरूलाई लोभ्याउँछ । यसमा विभिन्न विचारहरू छन् । ति विचारको झुण्डले कसैले क्याथोलिक बनाउँछ, कसैले यल शद्धाई त कसैले कोरियामा जन्मिएकी स्वघोषित परमेश्वरको पुत्री । तर सारतत्व चाही स्वर्गकै कुरा हो । यस दर्शनले संसारलाई निल्नको लागि विभिन्न रणनीति अपनाएको छ, जस्तैः तिमी आफ्नो कुलपुजा पनि गर, देवताहरू पनि पुज, तर जन्मदा, विवाह हुँदा र मृत्यु हुँदा चर्चमा आउ ।
भगवान हुनुहुन्छ, उहाँले भनेका अक्षरस् पालना गर्नैपर्छ नभए जे पनि हुने दर्शन
यो कट्टरपन्थी मुस्लिमहरूको दर्शन हो । यो संसारकै कट्टरपन्थी पनि मानिन्छ । यसले अन्यलाई आफ्नो पन्थमा प्रवेश गराउनमा उति चासो लिँदैन र उक्त कुलमा जन्मिसकेपछि अन्यमा जान पनि दिँदैन । बरु सकेसम्म आफ्नै वंश बढाउन बढि सन्तान जन्माउछन् । उनीहरूमा शिया र सुन्नी सम्प्रदाय छन् । यसले उनीहरूमा फाटो ल्याउने पनि ल्याउने गर्दछ । उनीहरूमा एउटै मिल्ने कुरा चाही धर्मविरुद्ध गए तुरुन्तै मृत्युदण्ड दिने ताकत छ । जसलाई कानुनले पनि केही गर्न सक्दैन ।
मानिसको जन्मपछि उसले बाँच्नको लागि विभिन्न नीति अपनाउने दर्शन
यो हिन्दू दर्शनअन्तर्गत पर्दछ । संसारलाई राजनीतिक सिकाउने चाणक्य नीति होस् या जीवन दर्शन दिने गीतालगायतका खुराक यही दर्शनमा छन् । कट्टरपन्थ पनि हुनसक्ने, नरमपन्थ पनि हुनसक्ने गुणहरू यसमा छन् । जुन समुदाय जुन संस्कार संस्कृतिमा बाँचेको छ, त्यसैलाई नियम बनाएर धर्मको रूप भिराइदिने ताकत पनि यसले राख्दछ । रूपधारण गरेर व्यभिचर गर्ने, अर्काको श्रीमती भोग्ने कथाहरू यसका ग्रन्थमा पाइन्छन् । यसका सबैभन्दा बढि शाखा, प्रशाखाहरू छन् । जैन, शिख, शैव, शाक्तदेखि व्यक्तिले चलाएका ठूलठूला समूह पनि यसका शाखाहरू हुन् । जस्तै ओशोले चलाएको समूह, रामदेवले चलाएको समूहदेखि फाल्गुनन्दले चलाएको सत्यहाङ्मा पन्थ (अहिले किरात भनेर पनि अगाडि सारेको) पनि यसैका शाखा हुन् । ओमकार पन्थ, कविर पन्थलगायत अनगिन्ति झुण्डहरू छन् ।
मानिसले जन्म लिएपछि पृथ्वीमा सबै जीवजन्तुलाई गर्नुपर्छ, शान्ति हुनुपर्छ भन्ने दर्शन
यो विशेषगरी बौद्ध धर्मदर्शनको सार हो । सद्विश्वास, सद्वचन, सदिश्चय, सत्कर्म, सद्जिविका, सत्प्रयास, सद्विचार, सद्ध्यान यी आठ उपदेशलाई बौद्धदर्शनले मुलमन्त्र ठान्छ भने ‘कारण छ, कारणको पनि कारण हुन्छ, कारणको निदान हुन्छ’ भन्ने मन्त्रलाई विशेष आत्मसात गर्छ । नरमपन्थबाट अगाडि आएको यस दर्शनले सबैको मनमा सजिलै पस्ने, भेद्भावजन्य कुराहरू नगर्ने भएकोले चलचित्रहरूमा पनि युद्धसकिएपछि बौद्ध दर्शनसँग आस्था राख्ने गेरुवस्त्रको नजिक पुगेको सांकेतिक दृश्य देखाइने गरिन्छ ।
मातृसत्ता दर्शन
मोदनाथ प्रश्रितको ‘देवासुर सङ्ग्राम’ पुस्तक पढ्दा थाहा हुन्छ, यो लडाइँ हुनुपूर्व सम्पूर्ण सत्ता महिलामा निहित थियो । महिलाले चाहेको पुरुषबाट सन्तान जन्माउने, सन्तान महिलामै निहित हुने र सम्पूर्ण पुरुषलाई आफ्नै वशमा राख्ने । तर जब लडाइँ हुने स्थिति आयो, महिलाहरू शारीरिक रूपले केही केही पछि हुनुपर्ने अवस्था आएपछि केही समयको लागि सत्ता पुरुषको हातमा सुम्पिए । तर त्यसपछि लिएको सत्ता पुरुषले महिलालाई नसुम्पिएको त्यस पुस्तकबाट थाहा हुन्छ ।
विश्वका आदिवासीहरूमा मातृसत्ता मुख्य देखिन्छ । नेपालकै उत्तरतिर रहने जातिको जात थर नहुने तर पछि नेपालको काुननअनुसार नागरिकता लिनको जात थर हुनैपर्ने भएकोले शेर्पा, तामाङ भएको इतिहास जिउँदो नै छ । मातृसत्तालाई लिम्बूहरूले युमाको रूपमा अगाडि सारेका छन् । यो सकरात्मक पक्ष हो । किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा, किरात सुनुवार सेवा समाजले अगाडि सारेको ‘किरात धर्म’को सार पनि युमाइज्म अर्थात मातृसत्ता नै हो । तर त्यसमा जसमुनी पन्थसँग नजिक रहेका किरातको सर्वेसर्वा हुनुले नै अहिले लिम्बू समाजमा धार्मिक फाटो ल्याएको बुझिन्छ ।
दर्शनले धेरै खालका समुदाय र सम्प्रदायलाई गोलबद्ध गरेर लैजान्छ । र, गोलवद्ध भएपछि धर्म बन्छ । त्यस्तै मातृसत्ता मान्ने दर्शनसँग नजिक रहनेहरू नेपालका सम्पूर्ण आदिवासीबीच एउटा समन्वय गरेर धर्मदर्शनको रूप बन्न सक्छ (मातृसत्ता ।
मातृसत्ता अन्य दर्शनभन्दा फरक छ अन्य दर्शनका पादरी, पाष्टर, मौलाना, पुजारी देखि बुद्धदर्शनसँग सम्बन्धित रिम्पोछे, भन्तेहरू पुरुषहरूमात्र हुने गर्दछ । अपवादको रूपमा केही ठाउँमा महिला हुनु मुम्बईकी राधे माँजस्तै मात्र हो ।
खासमा संसारका आदिवासीहरूको खास धर्म हुन्न । उनीहरूले आफ्नो
संस्कार संस्कृतिमा आश्रित भएर अगाडि बढेका हुन् । उनीहरूलाई त्यो
संस्कार संस्कृतिभन्दा प्यारो अन्य हुन्न । त्यही बुझेर क्रिश्चियनले तिमी आफ्नो संस्कार संस्कृति नत्याग, तर न्वारान, विवाह र
मृत्युको समयमा चर्च आउ भनेको
हो ।
संस्कार र संस्कृतिसँग नजिक रहने तर धार्मिक कुरामा नरम हुने भएकोले संसारका आदिवासीलाई आफूनजिक बनाउन सकेको हो ।
यहि बुझेर मोहन वैद्य किरणले हिमाली दर्शन पुस्तक निकाले, अहिले वर्तमान प्रधानमन्त्रीले बाराम्बर हिमवत् खण्ड साहित्यको पछि लागिरहनुको अन्तिम लक्ष्य हिन्दूदर्शनभित्र सबैलाई गाभ्नु नै हो । तसर्थ मातृसत्तावादलाई जगाउन आफ्नैसँग पनि लडिरहनुपरेको छ परायासँग पनि ।
मुलुकका आदिवासीहरूमध्ये नेवार र मगर आधा हिन्दू आधा बुद्धसँग नजिक भए, थारु हिन्दू भए, तामाङ, गुरुङ, शेर्पालगायत बुद्धिष्ट भए । बाँकी रहेका राई, लिम्बू, याक्खा, सुनुवारलगायतहरू स्पष्टसँग मातृसत्तात्मक दर्शनसँग नजिक हुनेहरू आफ्नै दर्शनको झुण्ड बनाउने कि हिन्दूले ओमकारभित्र पर्ने किरातहरू भनेजस्तै हुने भन्ने कुरामा स्पष्ट हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार