प्रजातन्त्रमा जनादेशनै सबैभन्दा बलियो हतियार होः पवन चाम्लिङ

द्वारा प्रकाशित गरिएको हो |
November 9th, 2020
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

सिक्किमे दाजुभाई तथा दिदीबहिनीहरुद्वारा मप्रति सहानुभूति दर्शाउँ

दै वर्तमान सिक्किम सरकारबारे मेरो

धारणा माग्नु भएको हुँदा उहाँहरुको जिज्ञासालाई समाधान गर्नु मैले मेरो कर्तव्य ठा

नेको छु । जो यस प्रकार छ ।
वर्तमान सिक्किम सरकारबारे म यति नै भन्न चाहन्छु कि यस सरकारलाई सिक्किमे जनताको जनमत प्राप्त छ

। त्यसैले जनादेशको आधारमा यो सरकारलाई पुरै अवधीसम्म सरकार सञ्चालन गर्ने उनीहरूलाई नैतिक अधिकार पनि छ । प्रजातन्त्रमा जनादेश सबैभन्दा ठूलो आदेश हो, सर्वोच्च शक्ति हो ।’ तथापि केही विडम्बना पनि छन् । चुनावमा हामी दुई आसनले गर्दा अल्पमतमा प¥यौं । यद्यपि चुनावमा सबैभन्दा बढ़ी मत प्रतिशत हाम्रो पार्टीलाई नै मिलेको थियो । तर आसनको कारण आज हामी विपक्षमा छौं । प्रजातन्त्रमा विपक्षको अत्यन्त गहन भूमिका हुनेहुँदा आज हामी त्यही गहन भूमिकालाई रचनात्मक ढङ्गले निर्वाह गर्ने इमान्दार प्रयास गरिरहेका छौं । सरकारका हरेक गल्ती, कमजोरी, गलत निर्णय वा कदमहरूलाई जनताको पक्षमा औंल्याउने, सच्याउने र खबरदारी गर्ने काम हाम्रो नैतिक कर्तव्य पनि हो । हामीले त्यही गर्ने प्रयास गरिरहेका छौं । किनभने हामी आज पनि जनताकै पक्षमा छौं । जनताकै सपना, आकांक्षा र अभिलाषाहरूलाई फुलाउने, फक्राउने, जोगाउने जिम्मेवारी पूरा गर्ने प्रयास गरिरहेका छौं । सिक्किमे जनतालाई न्याय, अधिकार, सुख, शान्ति र समृद्धि दिलाउने पवित्र क्रान्तिलाई आज पनि हाम्रो पार्टीले जारी राखेको छ । सिक्किमे जनताको खुशी, सफलतासँगै उनीहरूको मर्यादालाई सुरक्षा गर्ने काम विपक्षीको रूपमा पनि हामीले जारी नै राखेका छौं, र राखिराख्नेछौं।

हामीले नयाँ सरकारका कार्यहरूलाई गम्भीरता पूर्वक हेरिरहेका छौं । निसन्देहः उनीहरूले आफ्ना चुनावी वाचाहरूलाई उपेक्षा गरेका छन् । राज्यका ठूलाठूला राजनैतिक मागहरूदेखि लिएर रोजगारी सिर्जना गर्ने, बेरोजगारी भत्ता दिने, चाड़पर्व भत्ता दिनेजस्ता उनीहरूका आफ्नै वाचाहरूसमेत अहिलेसम्म एउटै पनि पूरा गरिएका छैनन् । त्यसको साथमा गम्भीर प्रशासनिक त्रुटीहरू गरिएका छन्, जनताका गुनासाहरूलाई रत्तिभर पनि सुनुवाइ गरिएका छैनन् । तैपनि हामी धैर्यतापूर्वक प्रतिक्षा गरिरहेका छौं । सरकारले आफ्ना वाचाहरू पूरा गर्ला, जनताका समस्याहरूलाई सम्बोधन गर्ला, जनताका मागहरूलाई पूरा गर्ला भन्ने अपेक्षा अझै पनि हामीले गरिरहेका छौ ं। सरकारले जनताप्रति जवाफदेहीता बहन गर्न सकेको छैन । हामी जागृत रहेर जनताका पीर मर्का, कठिनाइँ र रोदन क्रन्दनहरूलाई सुनिरहेका छौं, हेरिरहेका छौं, बुझिरहेका छौं । राज्यको वर्तमान अवस्थाप्रति हामी अति नै चिन्तित छौं ।
यहाँनेर सिक्किमे जनताले पनि हर परिस्थितिमा आफ्नो प्रजातान्त्रिक हक–अधिकारसँग सम्झौता नगर्नहुन म अपील गर्नचाहन्छु । आफ्ना अधिकारहरूलाई लिएर गर्वसाथ बाँच्नुहोस् र आफ्नो कर्तव्य अनि जिम्मेवारीलाई अनुपालन पनि गर्नुहोस् । त्यसरी मात्र हामी प्रजातन्त्रले दिएको अधिकार, शक्ति, स्वतन्त्रता र आत्मसम्मानको मूल्यलाई रक्षा गर्नसक्नेछौं, र जनताको जीवनमा यी मूल्यहरूलाई उमार्न र उतार्नसक्नेछौं । जय सिक्किमेली जनता, जय एसडिएफ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार