जातीय मुक्ति मोर्चाहरु दुलोभित्र किन पसे

द्वारा प्रकाशित गरिएको हो |
October 5th, 2020
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

तीर्थ कुमार नेपाली
काठमाडौं । छसस । नेकपा माओवादीले उत्पीडित सुमदायलाई जनयुद्धको आधार मान्दै जनयुद्धको थालनी गरेको थियो । आर्य, खस, उच्चजातिवादी तत्वको भण्डाफोर गर्दै सामान्तवादी सरकार ढाल्ने नाममा आदिवासी भूमिपुत्र, सिमान्तकृत समुदायहरुलाई उकासेको कुरा सर्वविदितै छ । जुन कुरालाई तत्कालिन समयमा डा.बाबुराम भट्टराईले काठमाडौंबाट प्रकाशित हुने एक सन्ध्याकालिन पत्रिकामा नेवा सम्बन्धि लेख लेखी उक्त आशय व्यक्त गरेका थिए । डा.भट्टराईले सो लेखमा भीमसेन थापाको पालादेखि अहिलेसम्म दर्जनौ प्रधानसेनापति हुँदा पनि नेवार जनजातिबाट एकपटकसम्म प्रधानसेनापतिको अवसर नपाएको उल्लेख गरेका थिए । सो लेखमा डा.भट्टराईले नेवार जातिले माओवादी जनयुद्धमा नलागे नेवार जातीय मुक्ति नहुने समेत ठोकुवा गरेका थिए ।
जातीय पहिचान र स्वायत्तता खोज्ने प्राय सबैखाले मुक्तिमोर्चाहरु बेलाबखत चर्काचर्का नारा र भाषण फलाक्दै हिडेका पाइएता पनि माओवादीले जनयुद्ध सुरु गरे पश्चात यस प्रकारका मोर्चाहरु अहिले ओझेलमा परेका टिप्पणी त्यसैबेला पनि परिवेक्षयहरुद्वारा हुने गरेका थियो । त्यस्ता जातीय मोर्चाहरुमा लिम्बुवान मुक्ति मोर्चा, मगराज मुक्ति मोर्चा, कर्णाली मुक्ति मोर्चा, नेवा मुक्ति मोर्चा, ताम्सालिङ मुक्ति मोर्चा आदि पर्दछन् भने खम्बुवान मुक्ति मोर्चा चाहि त्यसैबेला बिनासर्त माओवादीमा बिलय भएको थियो । यसबाट ती जातीय मुक्ति मोर्चाहरु भावना लहर र फेसनको रुपममा आएका रहेछन् भन्ने बुझिन्छ । यदि यसो होइन भने जातीय मुक्तिका लागि सबैखाले मुक्ति मोर्चाहरु अहिले मुसोको दूलोभित्र पस्दैनन् थिए । जातिय मुक्ति मोर्चाको भावनालाई समेटी जनयुद्धको थालनी भएको भए जनयुद्धको समाप्तीपछि जातीय मुक्ति मोर्चाहरुद्वारा उठाइएका जातीय स्वशासन र आत्मनिर्णयको अधिकार यतिबेला बिलखबन्धनमा पर्ने थिएन भन्ने आम धारणा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार