बमजनमाथि अनुसन्धान गर्न एक जना नियन्त्रणमा

द्वारा प्रकाशित गरिएको हो |
January 10th, 2019
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

२६ पुस, काठमाडौं । तपश्वीको भेषमा अनुयायीलाई बेपत्ता र हत्या गरेको आरोप लागेका रामबहादुर बमजनमाथि अनुसन्धानका क्रममा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले अनुसन्धानका क्रममा कमलामाई–८ का इन्द्रबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएको हो । उनी बमजनको सिन्धुलीस्थित आश्रममा बस्छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका एसपी रामेश्वर यादवले उनीमाथि अनुसन्धान भइरहेको पुष्टि गरे । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘अनुसन्धानका क्रममा सोधपुछका लागि ल्याएका हौं । विस्तृतमा बुझ्ने काम भइरहेको छ ।’

उनीसँगै गोपाल योञ्जन पनि आश्रमबाट प्रहरी कार्यालयमा आएका छन् ।

प्रहरीले यसअघि सिन्धुपाल्चोकमा रहेको बमजनको आश्रममा छापा मारेको थियो । त्यहाँ अस्वाभाविक गतिविधि देखिएको दाबी गरिएको थियो ।

हाल बमजन सिन्धुलीकै आश्रममा रहेको बताइँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार