राजदूत शेर्पाले राजीनामा दिने सरकारको विश्वास

द्वारा प्रकाशित गरिएको हो |
January 10th, 2019
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

२६ पुस, काठमाडौं । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले बर्खास्त नगरिएको स्पष्टीकरण दिएको छ । तर, शेर्पाले छिट्टै राजीनामा दिने विश्वास लिइएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

मन्त्री बास्कोटाले भने, ‘उहाँ कूटनीतिक व्यक्ति मात्र होइन राजनीतिक आवद्धता पनि भएकाले प्रधानमन्त्री र नेकपाका अर्का अध्यक्षले पनि गम्भीर रुपमा लिनु भएको छ र निकास दिन भनिएको छ । उहाँले एकदुई दिनमै काम गर्नुहुन्छ होला ।’

यसअघि शेर्पालाई बस्र्खात गरिएको खबर आएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार